उत्पादनमुखी अर्थतन्त्रको आकांक्षा
०३ असोज २०७२
•
११ मिनेट पाठ
उत्पादनमुखी अर्थतन्त्रको आकांक्षा
काठमाडौं- देशलाई आर्थिक रुपमा सम्पन्न हुन राज्यले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ। उद्योगधन्दा,कलकारखाना स्थापना गर्न वैदेशिक तथा स्वदेशी लगानी बढाउनेखालको नीति बनाएर उत्प्रेणा जगाउन आवश्यक छ। आइतबार नयाँ संविधान जारी भएपछि आर्थिक समुदायमा यस्तै आवाज सुनिन थालेको छ।सविधान जारी भएपछि राजनीतिक अस्थितरताको अन्त्य भएको छ। संविधान जारीभए सँगै अब आर्थिक उन्नतितर्फ देश अगाडि बढ्ने व्यवसायी बताउँछन्। राजनीतिक नेतृत्वलेसविधान निर्माणका गरेको १६ बुँदे गरेजस्तै आर्थिक क्षेत्रको विकासका लागि पनि त्यस्तै महत्वपूर्ण सहमति गर्न जरुरी छ। ताकि, राजनीतिक परिवर्तन हुँदा आर्थिक क्षेत्रमा कुनै असर नपरोस्।




आर्थिक विकासमा उद्यमशीलताको ठूलो भूमिका हुन्छ। मानवीय पुँजीहरूमध्ये उद्यमशीलता प्रमुख तत्व हो, जसले विकासलाई गति प्रदान गर्छ। विकसित देशहरूले उद्यमशीलताका कारणले नै आर्थिक विकास हासिल गरिरहेका छन्। नेपालमा भने उद्यमशीलता विकासमा पर्याप्त ध्यान पुगेकै छैन।

नयाँ सविधानले आयातमुखी अर्थतन्त्रलाइ भन्दा पनि उत्पादनमुखीअर्थतन्त्रलाई बढी जोड दिनुपर्ने निजीक्षेत्रको भनाइ छ। ऊर्जाशील युवाजनशक्तिलाई विदेश पठाएर देशको उन्नति नहुने नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माबताउँछन।

धेरै लामो संघर्ष पछि नेपालले नयाँ सविधान पाएको हो। ६५ वर्षपछि जनताले आफ्नो अधिकार आफैलेसुरक्षित गरेका छन्। यो युगान्तकारी परिवर्तनले राजनीतिक मुद्दालाई टुंगोमा पुर्याउएको छ। अब आर्थिक मुद्दालाई केन्द्रमा राखेर राजनीतिक नेतृत्वले पहिलो चरणमा ५ वर्ष, दोस्रो चरणमा १० वर्ष र तेस्रंो चरणमा २० वर्षे योजना बनाएर अघि बढ्नशर्माले सुझाए।

आजको युग औद्योगिक युग हो। कुनै पनि देशको औद्योगिक तथा आर्थिक विकासमा उद्यमशीलताले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको हुन्छ। खासगरी उद्यमशीलताले नयाँ–नयाँ उद्योग–व्यवसायलाई जन्म दिन्छ। 'अमेरिका, एसिया, जापान, जर्मनीजस्ता विकसित देशहरूको विकासको कारण नै उद्यमशीलता बनेको छ,'उनले भने।

उद्योगीहरुश्रम, पुँजी, प्रविधि तथा प्राकृतिक साधनस्रोतको उपयोग गर्न मद्दत पुर्याभउँछन्। विकास भन्ने कुरा त्यसै आँगनमा आउँदैन। त्यसलाई विकासको संवाहक चाहिन्छ। त्यस्तो संवाहक नै उद्यमी हो। उद्यमीले सधैं अवसरहरूको खोजी गरिरहन्छ। त्यसपछि त्यस्ता अवसरहरूलाई मुनाफामा परिणत गर्ने प्रयत्न उसले गर्छ। सबैभन्दा ठूलो कुरा त उसले उत्पादन वा सिर्जना गर्छ। नयाँ उद्यमीको प्रवेशबाट उत्पादन वृद्धि हुने, उत्पादन वृद्धिबाट सम्पूर्ण आर्थिक गतिविधि बढ्ने र यसबाट उद्योग–व्यवसायको बचत वृद्धि हुने र सो बचत पुनःलगानी भईकन उत्पादन वृद्धिको प्रक्रिया अझ तीव्र हुन्छ।

साउथ एसियावाच अन ट्रेड इकोनोमिक्स एन्ड एनभाइरोमेन्टका कार्यकारी अध्यक्ष पोषराज पाण्डेले भष्ट्रचार निर्मूल नपारेसम्म देश विकास सम्भव नहुनेबताए। देशलाई आर्थिक रुपमा सफल बनाउन सुशासन, स्थानीय निकायको निर्वाचन हुन अत्यन्तै आवश्यक भएको उनको भनाइ छ।

आज नेपालको व्यापार घाटा झन्डै साढे ७ खर्ब जति पुगेको छ। झन्डै–झन्डै नेपालको बजेट बराबरी व्यापार घाटा पुगेको छ। यस्तो अवस्थामा अझैपनि राजनीतिक दलहरु आर्थिक मुद्दामा केन्द्रित नहुने हो भने देश अझै थल्लिने उनको भनाईछ।

राजनीतिक दलहरूबीच राजनीतिक र आर्थिक मुद्दामा मतभिन्नता देखिए पनि संविधान निर्माण भएसँगै आर्थिक समृद्धि हासिल गर्ने विषयमा भने सहमत भएको भनाइ छ। राजनीतिक दलका नेताहरूले आर्थिक विकास, सामाजिक रूपान्तरण, समृद्धि तथा सामाजिक न्यायका विषयमा एकरूपता देखिएका हुन्। कृषि, जलस्रोत, उद्योग, व्यापार, पूर्वाधार विकासमा लगानीबाट अर्थतन्त्र रूपान्तरण गर्न सकिने उनीहरूले बताएका छन्।

नेपालको विकासका लागि ५, १०, २० र ४० वर्षको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकासको ठोस कार्ययोजना बनाएर अगाडि बढनु अहिलेको अवश्यकता भएको पाण्डेको भनाइ छ। कृषि, पर्यटन, पूर्वाधार र उत्पादनशील उद्योगको विकास गरी दुई अङको आर्थिक वृद्धिदर हासिल गर्ने कार्ययोजना बनाएर जानुपर्ने पाण्डेले बताए।

सोहीबमोजिम पहिले ५ वर्षमा आर्थिक उडानको तयारीका रूपमा कुल ७ दशमलव ९ प्रतिशतको वृद्धि हासिल गर्ने लक्ष्य राख्नु पर्छ। त्यसपछिको १०, २० र ४० वर्षम क्रमशः ११, १२ दशमलव ४, १२ दशमलव २ प्रतिशतको वृद्धिले औसत ११ दशमलव ९ प्रतिशत वृद्धि हासिल गरिने गरी योजना अहिलेको अवश्यकता भएको निजीक्षेत्रले बताएको छ।

अबको एक वर्षमा लगानीको वातावरण सिर्जना गरी ८ देखि १० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित राज्यले काम गर्न पर्नु हुन्छ। मधेशमा कृषि र औद्योगीकरण, पहाडमा विद्युत् र हिमालमा पर्यटनको विकास गर्नुपर्ने हुन्छ।

अहिले नेपालसहितका अल्पविकसित देशहरू बेरोजगारीको ठूलो समस्याबाट पीडित छन्। बेरोजगारी नै अस्थिरताको जड पनि हो। तर, उद्यमशीलताको विकास सही ढंगले हुने हो भने त्यसबाट रोजगारी सिर्जना हुन्छ। उद्यमीहरूले नयाँ व्यवसाय प्रारम्भ गरेर रोजगारीका अवसरहरू सिर्जना गर्छन्। रोजगारी वृद्धिसँगै औसत मानिसको आम्दानी एवं जीवनस्तर बढ्छ। त्यसले अर्थतन्त्रको विस्तारमै योगदान पुर्याजइरहेको हुन्छ। उद्यमशीलता विकासका लागि सरकारका घरेलु तथा साना उद्योग विभाग, युवा स्वरोजगार कोष, सीटीईभीटीजस्ता निकायले तालिम तथा अन्य स्रोत उपलब्ध गराउने गरेका छन्।

आयातमुखी अर्थतन्त्रबाट देश गुजि्रएको अवस्था छ। देश सञ्चालन गर्न आयातमुखी अर्थतन्त्र दरिलो माध्यम नहुने शर्माले बताए। देशमा उद्योगधन्दानखुल्दासम्म रोजगारी सृजना हुन सक्दैन। रेमिट्यान्सर आयातमुखी अर्थतन्त्र जुनसुकै बेलापनि ढल्न सक्ने उद्योगीको भनाइ छ।

साधन एवं स्रोतको उपलब्धताका आधारमा देशका विभिन्न भागमा व्यवसायहरू सञ्चालन गर्ने हो भने देशको विभिन्न क्षेत्रमा समानुपातिक ढंगले औद्योगिक एवं आर्थिक विकासमा मद्दत पुग्छ। सरकारले पनि पिछडिएका क्षेत्रहरूमा लगानी गरी उद्योगको स्थापना गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्नु अति आवश्यक छ। देशका पिछडिएका क्षेत्रहरूका आर्थिक विकास गरी सन्तुलित क्षेत्रीय विकासमा विशेष गरी निजी क्षेत्रले नै अग्रसरता लिनुपर्छ। साँच्चै भन्ने हो भने निजी क्षेत्रले देशमा धन, आम्दानी तथा राजनीतिक शक्तिको न्यायोचित वितरण गर्न सघाउ पुर्याचउन सक्छ।

देश संघीयतामा गएको अहिलेको अवस्थामा हरेक गाउँठाउँ, क्षेत्रमा धेरै उद्यमी भए भने सम्पत्तिको स्वामित्व बाँडिन्छ। त्यस्ता क्षेत्रमा रोजगारी वृद्धि हुन्छ। यसबाट आय पनि बाँडिन्छ। देशको राजनीतिक शक्ति पनि ठूला–ठूला पुँजीपति, उद्योगपति वा व्यापारीहरूबाट मात्र प्रभावित हुन पाउँदैन, उद्यमीहरू छरिएर रहँदा देशभर यस्तो राजनीतिक शक्ति पनि बाँडिन्छ। कृषिमा मात्र निर्भर अत्यधिक जनसंख्यालाई गैरकृषिक्षेत्रतिर स्थानान्तरण गर्नका लागि पनि उद्यमशीलताको विकास अपरिहार्य भइसकेको छ। यसले कृषिक्षेत्रमै केन्द्रीत रहेको गरिबी कम गर्न मद्दत पुग्छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस