औधोगिकीकरणको बाटो खुल्यो
०३ असोज २०७२
•
७ मिनेट पाठ
औधोगिकीकरणको बाटो खुल्यो
काठमाडौं- आर्थिक क्षेत्रको सन्दर्भमा आइतबार घोषणा भएको नेपालको संविधान २०७२ मा पहिलेभन्दा तात्विक भिन्नता खासै छैन। तैपनि व्यवसायीहरू नयाँ संविधान आएकामा उत्साही छन्। यसको कारण हो– अब देशमा स्थायित्व कायम हुनेछ, त्यसले देशलाई औद्योगिकीकरणतर्फ लैजान्छ।

व्यवसायीहरू आर्थिक सवालमा नयाँ संविधान पहिलाको भन्दा फरक नभएको बताउँछन्। 'आर्थिक दृष्टिकोणले नयाँ संविधान पनि पहिलेका भन्दा फरक छैन,' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भने, 'संविधान त एउटा किताब न हो, महत्वपूर्ण कुरा शान्ति, सुरक्षा र वातावरण हो। नयाँ संविधान आउँदैमा चमत्कार हुने होइन।'

अहिलेसम्म देशमा स्थायित्व नहुनु, बन्द, हडताल दोहोरिइरहनु र शान्ति सुरक्षा नहुनु नै उद्योग–धन्दाको प्रगतिका बाधक थिए। अहिलेसम्म संक्रमणकाल, संविधान छैन भन्ने बहानाले काम गरिरहेको थियो। संविधान आइसकेपछि यस्ता बहानाले काम नगर्ने मुरारकाले बताए। 'अहिलेसम्म हामीले संक्रमणकाललाई बहाना बनाएका थियौं,' मुरारकाले भने, 'संविधान आइसकेपछि त्यसले काम गर्दैन, उपयुक्त वातावरण आवश्यक छ।'

मुलुकको अर्थतन्त्रलाई तहसनहस गर्ने गरी संक्रमणकाल लम्बियो। संक्रमणको प्रत्यक्ष मार उद्योग, व्यवसायले भोग्नु पर्योक। संविधान जारी हुने दिनसम्म पनि उद्योगधन्दामा आक्रमण भइरहेकै छ। यसमा राजनीतिक अस्थिरता र देशमा संविधान नहुनुलाई दोष दिने गरिन्थ्यो।

के नयाँ संविधान आउँदैमा सबै कुरा समाधान हुन्छ त? नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ पनि मुरारकाको भनाइमा सहमत छन्। उनले पनि नयाँ संविधान आउँदैमा चमत्कार नहुने बताए। 'खास कुरा औद्योगिक वातावरण हो,' श्रेष्ठले भने, 'उद्योग, व्यवसाय चलाउने वतावरण बनाइन्छ कि बनाइँदैन, त्यो खास कुरा हो।'

उनले नयाँ संविधानले औद्योगिकीकरणको निम्ति नयाँ खासै केही नगरेको बताउँछन्। खास कुरा– नयाँ संविधानले स्थायित्व ल्याउँछ। यसले नै देशमा आर्थिक विकास गर्छ भन्ने विश्वास हो। उनले भने जस्तै प्रजातन्त्रपछिका कुनै पनि संविधान देशको आर्थिक विकासको निम्ति बाधक थिएनन्।

२०४७ सालको संविधान होस या २०६३ सालको अन्तरिम संविधान, देशको आर्थिक विकास, औद्योगिकीकण, व्यापार, व्यवसाय गर्न सहयोगी नै थिए। मात्र चाहिएको थियो– देशमा स्थायित्व र शान्ति। नयाँ संविधानले यही कुरा ल्याउनेमा व्यवसायी आशावादी छन्।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले संविधानपछि शान्ति स्थापना, सुशासन र स्थानीय जनप्रतिनिधि महŒवपूर्ण भएको बताए। 'संविधान आउनु महŒवपूर्ण कुरा हो तर यसपछिको महŒवपूर्ण कुरा शान्ति हो,' शर्माले भने, 'सुशासन र स्थानीय प्रतिनिधि हुनु अहिलेको आवश्यकता हो।'

उद्योग–धन्दामा शान्ति–सुरक्षाको अवस्था कमजोर छ। कहिले राजनीतिक आन्दोलनकारीले आक्रमण गर्छन् भने कहिले उद्योगभित्रैकै श्रमिकको आन्दोलनले व्यवसाय आजित छ। यस्तो बेला जारी भएको संविधानले व्यवसाय क्षेत्रलाई सुरक्षित बनाउन सक्नु महत्वपूर्ण कुरा भएका शर्माको भनाइ छ।

सुशासन टड्कारो आवश्यकता हो। कुनै पनि काम सजिलो, छिटोछरितो हुन सकेका छैनन्। स–साना काम सम्पन्न गर्न पनि महिनौं लाग्ने प्रवृत्ति मौलाएको छ। यस्तो प्रवृत्ति संविधानले हटाउने होइन यसको लागि सुशासनलाई संस्थागत गर्नु जरुरी छ।

सुशासन अहिलेको अवश्यकता रहेकोमा मुरारका पनि सहमत छन्। 'कुनै पनि आर्थिक काम गर्न लामो कानुनी प्रक्रिया झेल्नु पर्छ,' मुरारकाले भने, 'छिटो हुने कामलाई पनि अल्झाउँदै राख्ने प्रवृत्ति हटाउनु पर्छ।'

शर्मा शान्ति सुरक्षा, सुशासनसँग स्थानीय प्रतिनिधि हुनु जरुरी भएको बताउँछन्। स्थानीय प्रतिनिधि नहुँदा स्थानीयस्तरमा हुने काम प्रभावकारी हुन नसकेको उनको बुझाइ छ। ले स्थानीय प्रतिनिधी हुन अहिलेको आवश्यकता भएको उनले बताए।

देशको आर्थिक समृद्धिको लागि अब धेरै काम गर्नुपर्ने व्यवसायी बताउँछन्। आर्थिक वृद्धि, व्यवसायिक वातावरण बनाउन यस क्षेत्रसँग सम्बन्धित ऐन, कानुन, विधेयक बनाउनु जरुरी हुन्छ। संविधानले सबै कुरा समेटेको हुँदैन। 'वर्षौंदेखि पेन्डिङमा रहेका आर्थिक विधेयक, ऐन तुरुन्त पारित गर्नु/बनाउनु पर्छ,' मुरारकाले भने, 'संविधानपछि यो काम अति आवश्यक छ। आशा छ अब तुरुन्त हुनेछ।'

चेम्बरका श्रेष्ठ र परिसंघका शर्माले पनि संविधानपछि आर्थिक ऐन, विधेयकलाई प्रथमिकता दिनु पर्ने बताए। झन्डै दुई दर्जनभन्दा धेरै आर्थिक ऐन, कानुन बन्ने प्रक्रियामा छन्। ती ऐन, कानुन तुरुन्त बनाउनु अहिलेको आवश्यकता हो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस