एमआरपीमा जुहारी
३० भदौ २०७२
•
७ मिनेट पाठ
एमआरपीमा जुहारी
काठमाडौं- उपभोग्य सामग्रीको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोक्न लगाउने सरकारी तयारी उद्योगी, व्यवसायीको विरोधपछि रोकिने लगभग निश्चित भएको छ। सरकारले गत साउनबाट सम्पूर्ण उपभोग्य सामग्रीमा एमआरपी उल्लेख गर्ने प्रक्रिया अगाडि बढाए पनि व्यवसायी त्यसविरुद्ध थिए।विवादबीच सरकारले आगामी असोज ११ गतेबाट बिक्रीका लागि बजार पठाइने वस्तुमा एमआरपी उल्लेख गर्नुपर्ने भनपछि व्यवसायी थप चिढिएका छन्। अहिले सरकार एमआरपी लागू गराएरै छाडने र व्यवसायी लागू गर्नै नदिने अडानमा छन्।

'एमआरपी कुनै पनि हालतमा व्यवहारिक हुँदैन,' निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बुधबार नागरिकसँग भने, 'एमआरपी लागू भयो भने उपभोक्ता झन् ठगिन्छन्।'

उनका अनुसार उपभोग्य वस्तुको मूल्य बजारले नियन्त्रण गर्छ। यसमा सरकारले हस्तक्षेप गर्नु हुँदैन। एमआरपी सरकारले तोक्ने मान्यता विश्वभरि छैन। मूल्य नियन्त्रण बजार स्वयंले गर्छ।

'उपभोग्य वस्तुको मूल्य सरकारले तोक्ने होइन,' मुरारकाले भने, 'बजार अनुगमनलाई तीव्रता दिने र दोषीलाई कानुन अनुसार कारबाही गर्ने हो।' उपभोक्ताले गुणस्तर अनुसार मूल्य तिर्छन्। अहिले उपभोक्ता धेरै सचेत भएकाले गुणस्तरहीन सामानलाई महँगो मूल्य नतिर्ने उनी बताउँछन्।

'अन्तर्राष्ट्रिय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य घटबढ हुन्छ। बढेको बेला व्यापारीले तुरुन्तै बढाउँछन्। घटेको बेला आनाकानी गर्छन्। त्यसले गर्दा उपभोक्ता झन् ठगिने सम्भावाना हुन्छ,' मुरारकाले भने।

नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश अग्रवालले नेपालको भौगोलिक अवस्थाका कारण पनि एमआरपी तोक्न नमिल्ने बताए। 'नेपालको भौगोलिक अवस्था, ट्रान्जिट लागत, डलरको मूल्यमा हुने उतारचढावलाई हेर्दा मूल्य तोक्न मिल्दैन,' उनले नागरिकसँग भने, 'भन्सारमा एमआरपी तोक्दैमा त्यही मूल्यमा देशभर बिक्री गर्न कठिन हुन्छ।'

'भन्सारमा तोकिएको मूल्यमा व्यापारीले सामान बिक्री गर्न सक्दैनन्। हामीलाई सामान पठाउने भारतीय व्यापारीले एमआरपी उल्लेख गर्नै मान्दैनन्,' उनले भने, 'उनीहरुका लागि नेपाली बजार एकदमै सानो हो। उनीहरुले भने अनुसार मात्र हामीले नेपालमा सामान भिœयाउनु पर्ने बाध्यता छ।'

उनका अनुसार आपूर्तिकर्ताले नेपाल पठाउने सामानमा एमआरपी प्रिन्ट गर्न मान्दैनन्। 'उसले गर्ने निर्यातको १ प्रतिशत पनि नेपाल आउँदैन, अनि किन एमआरपी प्रिन्ट गर्न खर्च गर्छ,' उनले भने, 'फेरि नेपाली व्यवसायीले खुला र होलसेलबाट सामान ल्याउँछन्।'

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्बासे भने चोर, फटाहा व्यवसायीले मात्र एमआरपीको विरोध गरेको दाबी गर्छन्। 'जसले भन्सार छलेर नेपाल सामान भिœयाउँछ, ती व्यापारीले मात्रै विरोध गरेका हुन्,' उनले भने, 'स्वच्छ रुपमा व्यापार गर्नेले एमआरपीको विरोध गर्दैन।'

दैनिक उपभोग्य वस्तुको एमआरपी तोक्दा उपभोक्ता ठग्न नपाइने भएपछि विरोधमा उत्रिएको उनको भनाइ छ। 'जो उपभोक्ता ठग्न पल्किएका छन्, ती एमआरपीको विरोधमा खुलेर लागेका छन्,' उनले भने, 'तर सरकारले नीति बनाएर जसरी पनि कार्यान्वयन गर्छ।'

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा एमआरपी लागू गर्न सरकारसँग इमान, नैतिकता र क्षमता चाहिने बताउँछन्। 'हचुवाको भरमा एमआरपी तोक्न सकिँदैन,' उनले भने, 'कानुन बनाएर व्यवस्थित बनाए यो राम्रो कुरा हो।'

भारतले उपभोग्य वस्तुमा अनिवार्य एमआरपी उल्लेख गर्नुपर्ने नियम लगाएपछि त्यहाँ ३० प्रतिशत प्याकेजिङ उद्योग बढेको उदाहरण दिँदै उनले थपे, 'सरकारको नियम राम्रो हुनुपर्छ।' भारतमा मोबाइलदेखि गाडीसम्मको मूल्य तोकिएको छ।

'नेपालमा पनि एमआरपी तोकिँदा राम्रो हुन्छ। तर, हचुवाको भरमा मूल्य तोकिनु हुँदैन। मूल्य तोकिँदा सबैभन्दा ठूलो राहत उपभोक्तालाई हुन्छ,' उनले भने, 'विश्वका धेरै देशमा एमआरपी तोकिएको छ।'

एमआरपी तोकिँदा उद्योगलाई पनि सहयोग पुग्ने केही व्यवसायी बताउँछन्। वैदेशिक लगानी भिœयाउन, रोजगारी सिर्जना गर्न यसले ठूलो सहयोग पुग्ने उद्योगी, व्यवसायीले बताएका छन्। 'एमआरपी तोकिएपछि भारतमा धेरै प्याकेजिङ उद्योगमा वैदेशिक लगानी भित्रिएको हो,' एक व्यवसायीले भने, 'भन्सारमा एमआरपी तोकिँदा प्याकेजिङ उद्योग स्थापनामा विदेशी लगानी आउन सक्छ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस