काठमाडौं- भारतीय पर्यटकले नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य हिस्सा ओगट्दै आएका छन्। एक वर्षमा जति पर्यटक नेपाल घुम्न आउँछन्, तीमध्ये झन्डै एक चौथाइ भारतीय हुने गरेका छन्।भारतीय पर्यटक आगमनबाट 'सन्तोष' मान्ने ठाउँ देखिए पनि अझै आक्रमक तरिकाले बजार प्रवर्द्धनका काम गर्न सके पर्यटन क्षेत्रमा अपेक्षित सफलता हात लाग्ने छ। त्यसैगरी भारतीय पर्यटक बढीभन्दा बढी ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जहाज थप्दै भारतका विभिन्न सहरमा उडान गर्नसके थप फाइदा हुने छ।
ध्वजावाहकमात्र होइन, अन्तर्राष्ट्रिय उडान अनुमति पाएका आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पनि भारतीय सहरमा उडान गरे पर्यटन क्षेत्रले फड्को मार्ने छ। हाल यतीले भारतीय गन्तव्यमा उडान नगरे पनि बुद्धले भने धार्मिक सहर बनारस उडान गरिरहेको छ। त्यसबाट पनि पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ।
नेपाल भ्रमण गर्न आउने भारतीय पर्यटक पछिल्ला चार वर्ष लगातार वृद्धि भए पनि पाँचौं वर्षबाट घटिरहेका छन्। सन् २००९ बाट २०१२ सम्म क्रमशः १.९, १८.२, २२.१ र ९.१ प्रतिशतले भारतीय पर्यटक बढे पनि २०१३ बाट घट्न थालेका थिए। उक्त वर्ष ०.७ प्रतिशतले घटेर १ लाख ८० हजार ९ सय ७४ भारतीय नेपाल घुम्न आएका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको सन् २०१४ को तथ्यांकअनुसार स्थल र हवाई मार्ग दुवै गरी ७ लाख ७ लाख ९० हजार १ सय १८ पर्यटक नेपाल आइपुगेका थिए। यसमा भारतबाहेक तेस्रो देशबाट ६ लाख ५४ हजार ७ सय ७५ आएका थिए भने भारतबाट १ लाख ३५ हजार ३ सय ४३ आएका थिए। यसमा स्थलमार्गबाट ११ हजार ५ सय ७३ तथा हवाई मार्गबाट १ लाख २३ हजार ७ सय ७० जना आएका थिए।
पर्यटन उद्योगमा पर्यटक आगमनको प्रमुख याम (हाइ सिजन) का रूपमा अक्टोबर आधा महिना, नोभेम्बर, फेब्रुअरी, मार्च र अप्रिललाई लिइन्छ। त्यसै गरी डिसेम्बर, जनवरी र सेस्टेम्बरको पहिलो दुई सातासम्मलाई लो सिजन तथा मे, जुन, जुलाई र अगस्टलाई अफ सिजन मानिन्छ। भारतीय पर्यटकका लागि नेपाल जुनसुकै याममा पनि भ्रमणयोग्य मानिन्छ।
अन्तर्राष्ट्रिय पर्यटन बजारमा मुलुकको पर्यटन प्रवर्द्धन गर्ने जिम्मेवारी बोकेको नेपाल पर्यटन बोर्डले भारतीय बजारमा प्रवर्द्धनका काम गरिरहे पनि त्यसलाई अझै प्रभावकारी बनाउनुपर्छ। अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाउनु प्रवर्द्धनको एउटा पाटो भए पनि त्यसबाहेक अन्य विभिन्न माध्यमबाट पनि पर्यटन प्रवर्द्धनका काम गरिनुपर्छ। यसमा भारतीय ठूला सञ्चारमाध्यममा प्रचार–प्रसारदेखि त्यहाँका सञ्चारकर्मी, टुर तथा ट्राभल व्यवसायीलगायतलाई सद्भावना भ्रमण (फाम टि्रप) मा बढीभन्दा बढी ल्याउनसक्नुपर्छ।
भारतीय पर्यटक आकर्षित गर्न पछिल्लो पटक वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाँडे 'बुद्धिस्ट सर्किट' अभियानका साथ अगाडि आएका छन्। उनले भगवान बुद्धसम्बद्ध जन्मस्थल, ध्यान गरेको ठाउँ, ज्ञान प्राप्त गरेको ठाउँदेखि महापरिनिर्वाण गरेका स्थल समेटेर बुद्धिस्ट सर्किट तयार पारेका छन्।
पाँडेले बुद्ध जन्मस्थल लुम्बिनीलाई भारतसहित संसारभर प्रवर्द्धन गर्न दुई रुट तयार पारेका छन्। पहिलो रुट लुम्बिनीबाट सुरु भएर त्यहीँ आएर सकिन्छ भने अर्को रुट लुम्बिनीबाट सुरु भई भारत हुँदै काठमाडौं आएर समाप्त हुने गरी बनाइएको छ।
पहिलो रुटअन्तर्गत लुम्बिनीबाट सुरु भई भारतका वैशाली, बोधगया, सारनाथ र कुशीनगर हुँदै पुन : लुम्बिनी आएर टुंगिन्छ। दोस्रो रुट लुम्बिनीबाट कुशीनगर, बोधगया, सारनाथ हुँदै वाराणसी जाने र त्यहाँबाट निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरको जहाबाट काठमाडौं फर्कने गरी बनाइएको छ।
बुद्धिस्ट सर्किटका अनुसार यो सर्किट नेपाल र भारतसहित विश्वभरका ५५ करोडभन्दा बढी बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण मार्ग हो। यसले बुद्ध जन्मस्थल लुम्बिनीलगायत बुद्धत्व प्राप्त गरेको स्थल बोधगया, पहिलो प्रवचन दिएको सारनाथ र महापरिनिर्वाणस्थल कुशीनगरलाई समेटेको छ। सर्किटले भारतीय पर्यटकलाई नेपाल ल्याउन महत्वपूर्ण योगदान पुर्यारउने उनको भनाइ छ।
पर्यटन मन्त्रालयले पछिल्लो २१ वर्षका तथ्यांक राखेर तयार पारेको भारतीय पर्यटकको नेपाल आगमन संख्या हेर्दा उतारचढावपूर्ण देखिन्छ। सन् १९९३ मा ८३ हजार ३ सय ६२ भारतीयले नेपाल घुमेका थिए। त्यसपछि अर्को वर्ष ह्वात्तै बढेर १ लाख २ हजार ५ सय ४०, त्यसपछि क्रमशः १ लाख १७ हजार २ सय ६०, १ लाख २२ हजार ५ सय १२, १ लाख ३३ हजार ४ सय ३८, १ लाख ४३ हजार २ सय २९ पुगेको थियो।
त्यसपछि १९९९ बाट विस्तारै घट्न थालेको थियो। त्यो वर्ष १ लाख ४० हजार ६ सय ६१ भारतीय आएका थिए। त्यसपछि २००० मा ५.७ प्रतिशतले घटेर एकैचोटि ९५ हजार ९ सय १५ मा ओर्लेको थियो। फेरि अर्को वर्ष ६४ हजार ३ सय २० मा झरेको थियो। त्यसपछि २१ वर्षकै सबैभन्दा कम २००२ मा ६६ हजार ७ सय ७७ मा अडेको तथ्यांक रेकर्ड गरिएको थियो।
मन्त्रालयका अनुसार २००३ बाट विस्तारै भारतीय पर्यटक आगमनले गति लिन थालेको थियो। त्यस वर्ष ८६ हजार ३ सय ६३ हुँदै क्रमशः ९० हजार ३ सय २६, ९६ हजार ४ सय ३४, ९३ हजार ७ सय २२, ९६ हजार १०, ९१ हजार १ सय ७७, ९३ हजार ८ सय ८४ पुगेको थियो।
सन् २०१० बाट भने भारतीय पर्यटक आगमनले लाख नाघेको थियो। उक्त वर्ष १ लाख २० हजार ८ सय ९८ र २०११ मा १ लाख ४९ हजार ५ सय ४ आएका थिए। सन् २०११ लाई मुलुकले 'नेपाल पर्यटन वर्ष' अभियानका रूपमा मनाउँदै भारतबाट ३ लाखभन्दा बढी पर्यटक ल्याउने घोषणा गरेको थियो। तर, त्यसमा सोचेजति सफलता भने हात लाग्न सकेन। झन्डै आधामा चित्त बुझाउनुपरेको थियो।
त्यसपछि १ लाख ६५ हजार ८ सय १५ आएका थिए। गएका २१ वर्षमा भारतबाट सबैभन्दा बढी पर्यटक आएको तथ्यांक २०१३ मा रेकर्ड गरिएको थियो। त्यसबेला १ लाख ८० हजार ९ सय ७४ भारतीयले नेपाल भ्रमण गरेका थिए।
यता राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले झन्डै तीन वर्ष भारतको राजधानी नयाँदिल्ली उडान स्थगन गरेपछि पर्यटक आगमनमा केही प्रभाव परेको थियो। तर, पछिल्लो पटक दिल्ली उडानमात्र नभई भारतका थप दुई सहरमा पनि उडान गर्न थालेपछि भने पर्यटन क्षेत्रमा केही आशा पलाएका छन्।
निगमले बैंगलोर र मुम्बई उडान सुरु गरेपछि भारतीय पर्यटक संख्या केही हदसम्म बढ्ने निश्चित छ। यी दुबै गन्तव्यमा निगमले एक दशकअघिसम्म उडान सञ्चालन गरेको थियो। निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग हालै खरिद गरेको १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजको जहाजबाट दुबै गन्तव्यमा पुनः उडान सुरु गरेको हो।
निगमका अनुसार बैंगलोरबाट दिल्ली र मुम्बई हुँदै ठूलो संख्यामा पर्यटक काठमाडौं आइरहेको तथा त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थी पनि धेरै रहेका कारण बैंगलोर छनोट गरिएको हो। त्यसमाथि अहिले बैंगलोर र काठमाडौंबीच सिधा उडान गर्ने वायुसेवा नभएका बेला यसबाट राम्रो आम्दानी गर्न सकिने छ। यी उडानबाट भारतीय पर्यटक बढीभन्दा बढी ल्याउन सकिने सम्भावना उच्च छ।
निगमले बैंगलोरका लागि प्रतियात्रु करसहित प्रवर्द्धनात्मक भाडा दर काठमाडौंबाट एकतर्फी करसहित १० हजार ९२ रुपैयाँ तोकेको छ। दुईतर्फी भने करिब २१ हजार रुपैयाँ लाग्छ। डेढ महिनासम्म यही भाडा दरमा उडान गरिने छ। त्यसैगरी मुम्बईका लागि करसहित एकतर्फी ११ हजार १ सय ९ रुपैयाँ तथा दुईतर्फी २२ हजार ४९ रुपैयाँ तोकिएको छ। दुईतर्फी टिकट खरिद गर्दा दुबै गन्तव्यमा अर्को एकथान सिँत्तैमा उपलब्ध गराइरहेको छ।
यसअघि निगमले अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादित 'बि७५७–२००' सिरिजको जहाजबाट सन् २००५ सम्म मुम्बई उडान गरेको थियो। तालिका अद्यावधिक गर्न नसकेर तथा जहाजमा प्राविधिक समस्या बढेपछि उडान बन्द गरेको थियो।