काठमाडौं- नेपाल आयल निगमले डिजेलको मूल्य पुन घटाएको छ। निगमले सरकारको आग्रहमा डिजेलको मूल्यमा प्रति लिटर १ रुपैयाँ घटाएको हो। यस अघि निगमले मंगलबार पनि पेट्रोलिय पदार्थको मूल्य समायोजन गरेको थियो।घटेको मूल्य आज राती १२ बजेबाट लागु हुने निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए।
सार्वजनिक सवारी भाडामा सर्वसाधारणलाई मर्का परेको भन्दै सरकारले निगमलाई मूल्य घटाउन आग्रह गरेको थियो। पेट्रोलीयम पदार्थको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा दर भने समायोजन हुन सकेको छैन।
सार्वजनिक सवारी भाडामा सर्वसाधारणलाई मर्का परेको भन्दै सरकारले निगमलाई मूल्य घटाउन आग्रह गरेको थियो। पेट्रोलीयम पदार्थको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा दर भने समायोजन हुन सकेको छैन।