उकालो लाग्दै सफ्टवेयर निर्माण व्यवसाय
१९ भदौ २०७२
•
१० मिनेट पाठ
उकालो लाग्दै सफ्टवेयर निर्माण व्यवसाय
काठमाडौं- निकेट थापा साढे दुई वर्षदेखि सफ्टवेयर निर्माणमा व्यस्त छन्। राम्रो सफ्टवेयर डेभलपरका रुपमा स्थापित हुने 'प्यासन'सहित यस क्षेत्रमा छिरेका थापा छोटो समयमै 'सिनियर डेभलपर' बने।

'मेहनत र लगावले यहाँसम्म आइपुगेको छु,' र्याापिड वेब सलुसनमा कार्यरत थापाले आफ्नै कार्यालयमा भने, 'सफ्टवेयर निर्माण व्यवसाय फस्टाउँदै गएको छ।' र्यायपिडमा उनी जस्तै ५० जना युवा सफ्टवेयर निर्माणमा तल्लिन थिए। कोही भर्खर करिअर सुरु गर्दै, कोही अनुभवी।

व्यवसाय विस्तारै प्रविधियुक्त हुँदै गर्दा सफ्टवेयर, एप्स, वेबसाइट निर्माण व्यवसायले उद्योगको रुप लिँदैछ। नयाँ क्षेत्र, आकर्षक तलब, सहज समय र विदेश जाने अवसर भएकाले यसमा युवाको आकर्षण बढ्दै गएको सफ्टवेयर व्यवसायी बताउँछन्।

'झन्डै १० वर्षको अन्तरालमा सफ्टवेयर निर्माणले व्यवसायको रुप लिएको छ,' र्यावपिडका प्रबन्ध निर्देशक तथा कप्युटर एसोसिएसन नेपाल महासंघका सदस्य अभिजित गुप्ता भन्छन्, 'अहिले बजारमा यो व्यवसाय प्रतिस्पर्धी बन्दैछ।'

महासंघका अनुसार सफ्टवेयर डेभलपरका रुपमा दर्ता भएका कम्पनी ३ सय हाराहारी छन्। अधिकांश उपत्यकाकेन्द्रित छन्। केहीले विराटनगरलगायत मोफसलमा पनि काम सुरु गरेका छन्।

दर्ता भएकामध्ये झन्डै ७० वटा कम्पनीले उपत्यकामा प्रतिस्पर्धा गरिरहेको व्यवसायी बताउँछन्। यी कम्पनीमा १०–१५ देखि ३ सय जनासम्मले काम पाएका छन्। एक कम्पनीमा औसत ३० जनाका दरले हिसाब गर्ने हो भने ७० कम्पनीमा २ हजार १ सय सफ्टवेयर निर्माताले काम गरिरहेको मान्न सकिन्छ। केही कम्पनीले ३ सय ५० भन्दा धेरैलाई काम दिएका छन्।

धेरैजसो कम्पनीले बिजनेस प्रोसेस आउटसोर्सिङ (बिपिओ)को काम गरिरहेका छन्। विदेशबाट आउने यस्ता कामले गर्दा सफ्टवेयर, वेबसाइट र एप्स निर्माण व्यवसाय मौलाउँदै गएको व्यवसायी बताउँछन्। अहिले खासगरी अमेरिका, अस्ट्रेलिया, युरोप र अरेबियन देशबाट काम आउने गरेको छ। 'नेपाली कम्पनीले विदेशका कम्पनीसँग सिधा सम्पर्क गरेर काम ल्याउँछन्,' गुप्ताले भने, 'विदेशबाट आउने त्यही कामले नेपालमा सफ्टवेयर व्यवसायले प्रगति गरिरहेको छ।'

एघार वर्षदेखि सफ्टवेयर, एप्स र वेबसाइट निर्माण गरिरहेको एफवान सफ्ट इन्टरनेसनलका विश्वास ढकाल पनि यो व्यवसाय उकालो लाग्दै गएको बताउँछन्। 'बजारमा माग बढिरहेको छ, अवसर असीमित छ,' ढकालले भने, 'अहिले त्यो माग पूरा गर्न सके पुग्छ।'

नेपाली कम्पनीले व्यावसायिकतासँगै ब्रान्डिङमा ध्यान दिने हो भने यस क्षेत्रले राम्रो गर्न सक्ने उनको आंकलन छ।

नेपालले सूचना प्रविधिमा विस्तारै विकास गरिरहेकोले सफ्टवेयर युवाको लागि नयाँ क्षेत्र हो। यो नयाँ काम गर्न रुचाउने, सिर्जनशीलतामा रमाउने युवाको लागि आकर्षक क्षेत्र बनेको छ। 'युवाको लागि यो आकर्षक क्षेत्र हो,' दुई वर्षदेखि सफ्टवेयर निर्माण गरिरहेका राजु गुरुङ भन्छन्, 'प्रविधिमा रुचि भएकाले यसमा आएको हुँ।'

यसमा लागेका कतिपय युवा विषयगत अध्ययन गरेर आएका छन् भने कतिपय तालिम र आफ्नै मेहनतबाट स्थापित भएका छन्। 'रुचि वा अध्ययन जसरी लागे पनि प्राविधिक क्षेत्र भएकाले मेहनत र लगाव अनिवार्य छ,' गुरुङ भन्छन्, 'यस क्षेत्रमा छिरेपछि संघर्ष धेरै गर्नुपर्छ।' उनले आफू पनि बिबिएस अध्ययन गरेर यस क्षेत्रमा छिरेको बताए।

आकर्षक तलब भएकाले यसमा युवाहरू बढ्दै छन्। 'नयाँ आइडियामा मेहनत गर्नेका लागि राम्रो आम्दानीको स्रोत पनि हो,' र्याुपिडका थापा भन्छन्, 'मैले महिनामा कर तिरेर २ लाख २० हजार रुपैयाँसम्म कमाएको छु।' कम्तीमा मासिक ८० हजार कमाइ भइरहेको उनको अनुभव छ।

महासंघमा सफ्टवेयर तथा बिपिओ कमिटी सभापति रहेका गुप्ता नेपालमा चलेका अधिकांश सफ्टवेयर कम्पनीले राम्रो तलब दिइरहेको बताउँछन्। उनका अनुसार राम्रो कम्पनीले औसत साढे ९ हजारदेखि ५५ हजारसम्म तलब दिइरहेका छन्। उनका अनुसार भर्खर प्रवेश गरेका प्रशिक्षार्थीले ९ हजार ५ सय, जुनियर तहमा १५ हजारदेखि २५ हजारसम्म, जुनियर प्लसमा २५ देखि ४० हजार र सिनियर तहका सफ्टवेयर डेभलपरले ४० देखि ५५ हजार रुपैयाँसम्म पाउँछन्।

ढकाल पनि राम्रो तलबलाई यस क्षेत्रको एक प्रमुख आकर्षण मान्छन्। सुरुमै २५–३० हजार रुपैयाँ हुने र पछि आफूले काम गर्न सके आम्दानी बढ्दै जाने उनले बताए। एक्लै वा समूहमा मिलेर पनि काम गर्न सकिने भएर युवाहरू यो क्षेत्र रुचाउँछन्। एक्लै एकान्तमा बसेर नयाँ सिर्जना गर्न रुचाउनेको लागि यो रमाइलो पेसा हो। आफूले गरेको काम सबैले देख्ने, धेरै ठाउँबाट प्रतिक्रिया आउने भएकाले पनि उनीहरू यसमा रमाइलो हुने बताउँछन्।

धेरै समय खट्ने, मेहनत गर्नेले अतिरिक्त समयमा थप कमाइ गरिरहेका छन्। कतिपयले 'फ्रिल्यान्सर'का रुपमा काम गरिरहेका छन्। उनीहरूले स्वदेश र विदेशका काम पाइरहेका छन्। सक्षम फ्रिल्यान्सरले मासिक ३ सयदेखि ५ सय डलरसम्म कमाइरहेको उनको अनुभव छ।

सफ्टवेयर निर्माणमा युवाको आकर्षण रहनुमा विदेशमा पाइने राम्रो सुविधा पनि हो भन्छन्, सम्बन्धित युवा। नेपालमा २–३ वर्षको अनुभवपछि विदेशमा राम्रो काम पाइने भएकाले केही युवालाई तानेको छ। यस्ता अधिकांश विद्यार्थी भिसामा विदेश जान्छन्। थोरै मात्र विदेशी कम्पनीको सम्पर्कमा काम गर्न जान्छन्।

भर्खर स्थापना हुँदै गरेको यो व्यवसायमा चुनौती पनि प्रशस्त छन्। स्थानीय बजारमा प्रतिस्पर्धा धेरै भएको व्यवसायी बताउँछन्। सानो लगानीदेखि ठूलो स्तरका सफ्टवेयर बनाउन चर्को प्रतिस्पर्धा छ। अझ प्रयोगकर्ता सचेत नहुँदा सस्तो र गुणस्तरहीन सफ्टवेयर निर्माण भइरहेका छन्। तिनीहरूसँग गुणस्तरीय महँगा सफ्टवेयरले प्रतिस्पर्धा गर्न गाह्रो हुने उनीहरूको भनाइ छ। सस्तोमा पाइन्छ भने महँगो किन तिर्ने भन्ने सोच प्रयोगकर्तामा हुँदा गुणस्तरीय सफ्टवेयर निर्माण चुनौती बनेको छ।

नेपाली कम्पनीहरू आफैं सक्षम नहुँदा ठूला बजेटका स्वदेशी काम लिन सकेका छैनन्। 'कर्पोरेट हाउस, सरकारी कार्यालयका ठूला बजेटका सफ्टवेयर निर्माण गर्न हाम्रोमा अझै चुनौती छ,' गुप्ताले भने, 'नेपाली कम्पनीले गर्न नसक्दा त्यस्ता काम विदेश जान्छ।'

नेपाली कम्पनी सक्षम नभएर ठूला बजेटका काम अन्तै जाने भनाइप्रति ढकाल भने असहमति जाउँछन्। 'नेपाली कम्पनी ठूला स्तरका सफ्टवेयर बनाउन पनि सक्षम छन्,' ढकालले भने, 'ठूलो स्तरको सफ्टवेयर बनाउने टेन्डर गर्दा नै विदेशीलाई टार्गेट गरेर सर्त राखिन्छ, अनि स्वदेशीले प्रतिस्पर्धै गर्न पाउँदैनन्।'

अनुभव, विद्युत र प्रयोगात्मक शिक्षाको अभावले गर्दा नेपाली कम्पनीलाई सक्षम हुन चुनौती छ। 'आइटी कलेजले वर्षौैं लगाएर पढाएका विद्यार्थी कम्पनीमा आउँदाबित्तिकै आधारभूत तहबाटै तालिम दिनुपर्ने अवस्था छ,' गुरुङले भने, 'कलेजमा प्रयोगात्मक शिक्षाको कमी छ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस