काठमाडौं–भुटानको थिम्पुमा शुक्रबारदेखि हुन लागेको छैठौ अन्तराष्ट्रिय मेलाको तयारी पूरा भएको छ । चार दिनसम्म चल्ने मेलामा नेपालसहित ६ देशको सहभागिता रहेको छ । भुटान चेम्बर अफ कमर्शको आयोजनामा हुन लागेको मेलामा भुटान, नेपाल, भारत, बंगलादेश, ताइवान, भियतनाम र थाईल्यान्डको सहभागिता रहेको छ।मेलामा भारतपछि सबैभन्दा बढी ६९ स्टल नेपालको रहने आयोजकले बताएका छन् । भुटान चेम्बर अफ कमर्श र ललितपुर उद्योग वाणिज्य संंघद्धारा संयुक्त रुपमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो।
मेलामा नेपालको तर्फबाट हस्तकला, तयारी पोसाक, पश्मिना, ज्वेलरी, ट्रान्सफरर्मर, विजुलीको पोल, औषधी लगायतको वस्तु प्रदर्शनीमा राखिने ललितपुर चेम्बर अफ कमर्शले जनाएको छ। भुटान चेम्बर अफ कमर्शका महासचिव फुब छिरिङले भुटान नेपालका लागि सबैभन्दा ठूलो बजार भएको बताए। 'भुटानमा ९५ प्रतिशत वस्तु आयात हुन्छ । आयातमा आधारित अर्थतन्त्र भएको मुलुक भएकोले नेपालका लागि यहाँ धेरै अवसरहरु छन्,' उनले भने, 'भुटानमा वस्तु मात्रै होइन सेवा पनि आयात हुन्छ।
नेपालको ट्रान्सफरर्मर मात्रै होइन निर्माण कम्पनी समेत आएर काम गरिरहेका छन् । नेपालका एजुकेशन कन्सल्ट्यान्सीले समेत यहाँ आएर काम गरिरहेका छन् ।' नेपालको तुन्दी कन्स्ट्रक्सनले सडक र पुल निर्माण गरेको छ।
छिरिङले यातायात सञ्जाल सहज नभएकोले दुई देशवीच व्यापार प्रवद्र्धन हुन नसकेको बताउँदै सार्क मुलुकवीच भएको सार्क यातायात सम्झौंताले व्यापार प्रवद्र्धनको बाटो खोल्ने दाबी गरे । गत वर्ष नेपाल र भुटानबीच झन्डै ५२ करोडको व्यापार भएको थियो।
नेपालबाट १२ करोडका सामान भुटान निकासी भएका थिए भने भुटानबाट ४० करोडको सामान नेपालमा आयात भएको थियो। भुटानबाट जिप्सम, कोइला, आयुर्वेदिक औषधी लगायतका वस्तु निकासी हुन्छ भने नेपालबाट ट्रान्सफरर्मर, विजुलीको पोल, हस्तकलाका सामाग्री, गहना, तयारी पोसाक लगायतका वस्तु निकासी हुन्छ।
उनले नेपाल र भुटानवीच द्धिपक्षीय व्यापार सम्झौंता भएपछि सहुलियत पूर्ण व्यापारको बाटो खोल्ने बताउँदै सम्झौंताले व्यापार अभिवृद्धिमा ठूलो सहयोग गर्ने अपेक्षा गरे। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशक तेजसिंह विष्टले भुटानसँग व्यापार घाटा बढ्नु चिन्ताको विषय भएको बताउँदै द्विपक्षीय व्यापार सन्धी अगाडी बढेमा निकासी प्रवद्र्धनमा सघाउ पुग्ने बताए।
उनले दुई देशबीचको व्यापार प्रवद्र्धनमा रहेका गैरभन्सार अवरोध हटाउन पहल गरिने बताउँदै मेलामा आएको प्रतिक्रियालाई समेटेर निकासी बढाउने नीति बनाउने बताए।