समर्थन उर्लँदो
१६ भदौ २०७२
•
८ मिनेट पाठ
समर्थन उर्लँदो
काठमाडौं- आमरण अनशनको दसौं दिनसम्म सरकार माग पूरा गर्न गम्भीर नबनेको भन्दै डा. गोविन्द केसीको समर्थनमा आम सर्वसाधारण एवं चिकित्सा शिक्षाका विभिन्न विधाका विद्यार्थी सडकमा ओर्लिएका छन्।

डा. केसीको मागमा ऐक्यबद्धता जनाउन 'सेभ गोविन्द केसी, सेभ आइओएम' अभियानले बुधबार आह्वान गरेको र्याथलीमा ठूलो संख्यामा विद्यार्थीदेखि सर्वसाधारण सडकमा आएका हुन्।

राजधानीको माइतीघरमण्डलामा जम्मा भएर विभिन्न नारासहित निकालिएको र्याकली बानेश्वरस्थित निषेधित क्षेत्रनजिक पुगेपछि प्रहरीले रोकेको थियो। डा. केसीको तस्बिरअंकित टिसर्ट लगाएका विद्यार्थीले 'एक, दुई, तीन, चार–बन्द गर भ्रष्टाचार', 'माफियाको एउटै मिसन, सिटामोलमा पनि कमिसन' जस्ता नारा लगाएका थिए। उनीहरुले 'हामी डा. केसीसँगै छौं' लेखिएका प्लेकार्ड बोकेका थिए भने टाउको र हातमा कालोपट्टी बाँधेका थिए।

अभियानले आइतबारदेखि नै त्रिवि शिक्षण अस्पताल परिसरमा नाटक प्रदर्शन, प्रधानमन्त्री कार्यालय अगाडि धर्ना दिइरहेको छ। उनीहरुले प्रत्येक दिन साँझ मैनबत्ती बालेर ऐक्यबद्धता जनाइरहेका छन्।

अनशन तोड्न अस्वीकार

स्वास्थ्य अवस्था कमजोर र जोखिमपूर्ण बने पनि डा. गोविन्द केसीले आमरण अनशन तोड्न सरकारले दोस्रोपटक गरेको आग्रह पनि अस्वीकार गरेका छन्।

माथेमा प्रतिवेदन हुबहु कार्यान्वयन गर्नुपर्ने मागसहित अनशनरत डा. केसीले प्रमुख माग नै पन्छाइएको भन्दै अनशन तोड्न इन्कार गरेका हुन्। सरकारका मुख्य सचिव सोमलाल सुवेदीले बुधबार अनशनस्थल पुगेर मंगलबारको निर्णयबाट माथेमा प्रतिवेदन पूरै कार्यान्वयनमा गइसकेको र केसीका माग पनि पूरा भइसकेको भन्दै उनलाई अनशन तोड्न आग्रह गरेका थिए।

यसअघि, बुधबारै सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता उत्तमकुमार खत्रीले पनि विज्ञप्ति जारी गर्दै प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइसकिएको भन्दै अनशन तोड्न आग्रह गरेका थिए।

सुवेदीले सरकारका प्रयास र निर्णय सुनाउनासाथ डा. केसीले माथेमा प्रतिवेदन हुबहु कार्यान्वयनसहित अन्य मागको समेत कार्यान्वयन गरेपछि मात्रै आफू ओछ्यानबाट उठ्ने जवाफ दिएका थिए।

सरकारले माथेमा प्रतिवेदनको मर्ममै प्रहार गरेको भन्दै डा. केसीले ३ करोड नेपालीको स्वास्थ्य सुधार गर्ने यो प्रतिवेदन चुनौती र अवसर भएको बताए। 'तपार्इंले सिरियस्ली गर्नुभयो भने तपार्इंको कार्यकाल पनि सफल हुन्छ,' डा. केसीले सुवेदीलाई भने। डा. केसीले हालसम्म सरकारले नीति बनाउनेबारे कुरै नगरेको असन्तुष्टि पनि पोखे।

आफूलाई सरकारले पटकपटक थाङ्नामा सुताउन प्रयास गरेको भन्दै यसपटक कुनै पनि सर्तमा कार्यान्वयनबिना नउठ्ने बताएका थिए।

डा. केसीको असन्तुष्टिपछि सुवेदी केही समय डा. केसीको वार्ता टोलीका सदस्यसँग बसेका थिए। त्यस क्रममा मुख्य सचिवले प्रशासनिक तहबाट कार्यान्वयन प्रतिबद्धता भए पनि मन्त्रीहरुलाई मनाउन कठिन भएको बताएका थिए।

डा. केसीले आफूलाई सरकारले फेरि पनि पंगु बनाएर माफियाको अनुकूलको निर्णयलाई वैधता दिन खोजेको बताए। 'सरकार माफियाहरुको सेवक भएको छ,' उनले भने, 'त्यति विज्ञले देश र जनताका लागि भनेर बनाएको प्रतिवेदन पनि माफिया अनुकूल हुनेगरी कार्यान्वयन गर्न खोज्यो।' आफू एक थोपा रगत र एकमुठी श्वास छउन्जेल मुलुकमा चिकित्सा शिक्षाको विकृतिविरुद्ध लडिरहने डा. केसीले अडान राखेका थिए।

स्वास्थ्य अवस्थाबारे जिज्ञासामा डा. केसीले स्वाभाविक रुपमा पीडा थपिइरहेको भन्दै त्यसभन्दा ठूलो पीडा सरकारको रवैयाले दिएको बताए। 'त्यति इमानदार भनिएका, निजी सम्पत्ति नभएका भनिएका प्रम अहिले आएर देशको हितमा निर्णय गर्न किन डराइरहेका छन् भन्ने कुराले बढी पीडाबोध हुन्छ,' उनले भने।

डा. केसीको स्वास्थ्य झन् गम्भीर

अनशनको दसौं दिन स्वास्थ्य अवस्था गम्भीर बनेपछि सहकर्मी चिकित्सकले अनशनस्थल सारेर आइसियुनजिक पर्ने गरी अस्पताल भवनमै सार्ने तयारी गरेका छन्। डा. केसीको रगतमा सेता रक्तकोषिकाको मात्रा घट्नुका साथै छिटोछिटो उतारचढाव देखिन थालेपछि सहकर्मी र चिकित्सक टोली उनको स्वास्थ्यलाई लिएर निकै चिन्तित छन्। 'उहाँको आत्मबलले जस्तो शरीरले साथ दिने अवस्था छैन,' उपचारमा संलग्न डा. दिव्यासिंह शाहले भनिन्।

अस्पताल आन्दोलनमय

अनशनको दसौं दिनसम्म सरकारले माग पूरा गर्न गम्भीर तत्परता नदेखाएको भन्दै सहकर्मी चिकित्सकले आन्दोलन चर्काउने भएका छन्। सोमबारदेखि ओपिडी छाडेका रेजिडेन्ट चिकित्सकले बिहीबारदेखि इन्डोर र शल्यक्रियामा समेत सहभागी नहुने घोषणा गरेका छन्।

त्यसबाहेक वरिष्ठ चिकित्सकहरु पनि बुधबारदेखि ओपिडी सेवामा सहभागी नभएपछि अस्पताल पुगेका ठूलो संख्याका बिरामी सास्ती बेहोर्नुपरेको छ। डा. केसीको मागलाई बेवास्ता गर्दै गएमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र चिकित्सकका विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीरलगायतका राजधानीका विभिन्न अस्पतालका रेजिडेन्टले समेत काम छाड्ने धम्की दिएका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस