काठमाडौं–नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुर्राकाले नयाँ बाणिज्य नीति कार्यान्वयनमा शंका रहेको बताएका छन्। उनले बाणिज्य तथा आपूर्ति मन्त्रालयले ल्याएको नीति कार्यान्वयनतर्फ जोड दिने आग्रह गरे।बाणिज्य तथा आपूर्ति मन्त्रालयले 'बाणिज्य नीति २०७२'को ब्याख्या गर्नुभन्दा पनि कार्यान्वयन गर्नुपर्ने बताए। मन्त्रालयले नयाँ नीतिका लागि आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुर्राकाले नीति नियम प्रशस्तै बनेपनि कार्यान्वयन थोरै मात्रै हुने बताए।
'यसअघि पनि धेरै नीति बने, तर कार्यान्वयन नहुँदै दराजमा थन्किएर बसे,' कार्यक्रममा उनले भने, 'तर, बाणिज्य नीति त्यस्तो नहोस्, ।' छलफल कार्यक्रममा मुर्राकाले नीति कार्यान्वयनमा आए सोचेअनुरुप काम गर्न सक्ने बताए ।
कार्यक्रममा बाणिज्य मन्त्री सुनीलबहादुर थापाले उद्योगीलाई सहयोग पुग्ने नीति ल्याएका कार्यान्वयनमा शंका नगर्न आग्रह गरे । 'नीति कार्यान्वयन नहुनेमा कुनै शंका छैन,' उनले भने, 'यो उद्योगी व्यवसायीलाई सहयोग गर्ने खालको छ।'
निर्यातलाई बढवा तथा उत्पादन वृद्धि गर्ने गरी नीति ल्याइएको मन्त्रालयमा सचिव ङइन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । 'उत्पादन, उत्पादकत्व र बैदेशिक लगानी भिœयाउने गरी नीति ल्याइएको छ,' उनले भने, 'व्यापार घाटा न्यूनीकरण गर्न रोजगारी सृजना गर्ने गरी नीति पु¥याइएको छ, ।'
चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषनाथ गौतमले नेपालमा उत्पादित कफीको माग बढेपनि उत्पादन न्यून रहेको बताए । 'नेपाली कफीको माग ६ हजार टन बार्षिक छ,' उनले भने, 'तर, उत्पादन भने बार्षिक ३ सय टनबाट माथि बढ्न सकेको छैन्, ।'
बाणिज्य नीति २०६५ले अहिले भएको व्यापार घाटालाई कम गर्न नसकेपछि सरकारले नयाँ नीति ल्याइएको बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बताए । 'व्यापार घाटा कम गर्न, उत्पादन बढाउन र निर्यात वृद्धि अहिलेको नीतिले पहल गर्छ,' उनले नागरिकसँग भने, 'संसोधन भएको नीतिको मुख्य उद्देश्य भनेको निर्यात बढाउने र उत्पादन वृद्धि गर्नेमा केन्द्रित छ ।'
उनका अनुसार गत हप्ता बसेको मन्त्री परिषद्ले बाणिज्य नीति २०७२ लाई स्वीकृत गरेको हो । केही बुँदा संसोधन सहित मन्त्रीपरिषद्बाट स्वीकृत भएको हो । उत्पादन र निर्यात एकसाथ बढाउने उद्देश्य राखेर वाणिज्य नीति २०६५ संशोधन भएको हो । यसअघिको नीतिले व्यापार घाटा कम गर्न नसकेपछि संशोधन गरेको हो ।
नेपालमा उत्पादन सम्भावना भएकै वस्तु आयात गर्नुपर्ने बिडम्बनापूर्ण स्थिति हटाउन औद्योगिक र कृषिजन्य वस्तुको उत्पादकत्व बढाउने गरी नीति संशोधन गरिएको मन्त्री थापाले बताए । संशोधित नीतिमा योजना अवधिको अन्तिम वर्षमा कुल गार्हस्थ उत्पादनसँग वस्तु निकासीको अनुपात ६ प्रतिशत, वस्तु तथा सेवा निकासीको अनुपात १२ प्रतिशत र व्यापार घाटा २० प्रतिशतमा झार्ने उल्लेख छ ।
उत्पादित वस्तु र सेवालाई सजिलै बजार पु¥याउन यातायात रं पूर्वाधार विकासमा जोड दिइने छ । प्रशोधन नगरी बिदेसिइरहेका प्राथमिक वस्तु मूल्य अभिवृद्धि गरी निकासी गर्न प्रोत्साहित गर्ने र त्यसैका आधारमा सुविधा दिने नीति छ । निर्यातमा सेवा शुल्कबाहेक भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धिकर नलगाइने संशोधित नीतिमा उल्लेख छ । निर्यातजन्य वस्तुको उत्पादन क्षमता र गुणस्तर बढाउन आवश्यक सीप, पुँजी र प्रविधिमा सरकारले सहयोग गर्ने छ ।
'काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सलाई व्यवस्थित र अन्य मुलुकका कार्गो विमानको उडान बढाउन पहल गरिनेछ,' सचिव उपाध्यायले भने, 'आवश्यकता र सम्भावनाका आधारमा विभिन्न स्थानमा सुक्खा बन्दरगाह निर्माण गर्ने व्यवस्था मिलाइने छ।' सुक्खा बन्दरगाह, शीत भन्डार, कन्टेनर फ्रेट स्टेसन, सडक लगायत भौतिक पूर्वाधार निर्माणलाई अन्तराष्ट्रिय मापदण्डअनुरूप बनाइने पनि नीतिमा उल्लेख छ ।