पेट्रोल पाइपलाइन सम्झौतामा हस्ताक्षर
०८ भदौ २०७२
•
९ मिनेट पाठ
पेट्रोल पाइपलाइन सम्झौतामा हस्ताक्षर
काठमाडौं- लामो प्रतीक्षापछि नेपाल र भारतबीच रक्सौल–आमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता भएको छ। सोमबार नेपाल सरकारका तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे।

हस्ताक्षर समारोहमा बोल्दै दुवै देशका मन्त्रीले यसलाई 'ऐतिहासिक क्षण' भने। पाइपलाइन निर्माणबारे छलफल सुरु भएको २० वर्षपछि सपना पूरा भएको भन्दै समयअगावै निर्माण कार्य सक्ने दुवै देशले प्रतिबद्धता जनाएका छन्। सम्झौतापत्रमा ३० महिनाभित्र रक्सौल–आमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सक्ने प्रतिबद्धता छ।

'२० वर्षदेखिको सपनाले वास्तविक रुप लिँदैछ, यो हाम्रो लागि ऐतिहासिक दिन हो,' मन्त्री थापाले भने, 'तोकिएको समयअघि नै निर्माण कार्य पूरा हुनेछ।' पेट्रोलियम पदार्थमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको भन्दै उनले भूकम्पपछिको संकटकालमा गरेको सहयोगका लागि पनि धन्यवाद दिए। पाइपलाइन परियोजना तोकिएको समयअघि नै सक्ने भारत सरकारको प्रतिबद्धताको उनले सराहना गरे।

भारतका पेट्रोलियम मन्त्री प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला व्यक्त गरेको प्रतिबद्धता पूरा गर्दै नेपाल सरकारसँग ऐतिहासिक सम्झौता गरेको बताए। '२० वर्षदेखिको योजना पूरा गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले जनाउनुभएको प्रतिबद्धता आज पूरा भएको छ,' मन्त्री प्रधानले भने, 'कति खर्च होला भन्ने ठूलो कुरा होइन। यो नेपाल र भारतको हितको लागि हुनुपर्योा।' उनले ३० महिनाभित्रै निर्माण सम्पन्न गर्ने बताए।

दुई देशबीचको सम्झौतापछि नेपाल आयल निगमले पाइपलाइन निर्माण भएको १५ वर्षसम्म भारतसँग मात्रै पेट्रोलियम पदार्थ किन्नुपर्नेछ।

नेपाल आयल निगमका अनुसार भारतको रक्सौलस्थित पेट्रोलियम डिपोदेखि नेपाली डिपो अमलेखगन्जसम्म ४१ किलोमिटर पाइपलाइन निर्माण हुनेछ। उक्त पाइपलाइनको ३९ किलोमिटर भाग नेपालमा र बाँकी २ किलोमिटर भारतीय भूमिमा पर्छ।

२०७१ साउनमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त पाइपलाइन इन्डियन आयल निगमले अनुदानमा बनाइदिने घोषणा गरेका थिए। दुई दशकसम्म चर्चामा सीमित परियोजनाले मोदीको उक्त घोषणापछि गति लिएको थियो। त्यसयता आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पार्ने काम इन्डियन आयल निगम र नेपाल आयल निगमका अधिकारी सम्मिलित संयुक्त कार्यदलले गरेको थियो।

अध्ययन प्रतिवेदनले यो आयोजना पूरा गर्न करिब ४ अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ। यसमध्ये ३ अर्ब २० करोड रुपैयाँ भारतीय आयल निगमले अनुदानमा दिने र १ अर्ब २० करोड रुपैयाँ नेपाल आयल निगमका तर्फबाट नेपाल सरकारले लगानी गर्ने सहमति भएको छ। नेपाल सरकारले आयोजनाका लागि प्रदान गर्ने १ अर्ब २० करोड रुपैयाँ अमलेखगन्जस्थित पेट्रोलिमय डिपोको सुधार र स्तरोन्नतिमा खर्च हुनेछ।

पाइपलाइन बनेपछि पेट्रोलियम ढुवानी लागत सस्तो हुने, चोरी, चुहावट र मिसावट, तेल ट्यांकर हिँड्दाको ट्राफिक जाम जस्ता समस्या हल हुनेलगायत लाभ नेपालले पाउने आयल निगमको विश्वास छ।

दुई देशबीच पाइपलाइन निर्माण गर्ने सम्झौतापछि यो योजनालाई कार्यान्वयनमा ल्याउन थप तीनवटा सम्झौता गरिने निगमले जनाएको छ। निगमका अनुसार नेपाल आयल निगम र भारतीय आयल निगमबीच सप्लाई, इन्जिनियरिङ र तेस्रो पक्ष सम्झौता हुनेछ। यी सम्झौतापछि काम सुरु हुनेछ।

आयल निगमका अनुसार पाइपलाइन अन्तर्राष्ट्रिय स्तरको र सुरक्षित हुनेछ। पाइपबाट एकपटकमा ३ हजार किलोलिटर इन्धन आउँछ। यसबाट पेट्रोल, डिजेल र मट्टितेल छुट्टाछुट्टै समयमा आउनेछ। एक प्रकारको इन्धन आएपछि पाइप सफा गरेर अर्को इन्धन ल्याइनेछ। पाइपलाइन बनेपछि बनेपछि ८० प्रतिशत पेट्रोल र डिजेल तथा ९५ प्रतिशत हवाई इन्धन र मट्टितेल आउनेछ। पाइपलाइन बनेपछि अमलेखगन्ज नेपालको लागि पेट्रोलियम हब बन्न सक्छ। अमलेखगन्ज मानव बस्तीबाट टाढा र सुरक्षित ठाउँ भएकाले वितरणका उपयुक्त मानिएको छ।

पाइपलाइन बनेपछि ढुवानी खर्चसमेत घट्नेछ। पाइपलाइनले वार्षिक ७० करोड रुपैयाँ ढुवानी खर्च बचाउने अनुमान छ। बन्द–हडतालबाट इन्धन ओसारपसार प्रभावित नहुने विश्वास छ।

पहिलो चरणमा रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण पूरा भएपछि निजगढ–काठमाडौं द्रुत मार्ग (फास्ट–ट्र्याक) को किनारै–किनार रक्सौलबाट काठमाडौंसम्म पाइपलाइन निर्माण गर्ने अवधारणा नेपाल आयल निगमले अघि सारेको छ। पहिलो चरणमा रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण सकेपछि दोस्रो चरणमा रक्सौल–काठमाडौं निर्माण गर्ने सोच रहेको निगमले जनाएको छ।

अमलेखगन्जसम्म ल्याउन लागिएको पाइपलाइन नै काठमाडौंसम्म विस्तार गर्नुभन्दा रक्सौलबाट काठमाडौं सिधै पाइपलाइन निर्माण गर्नु सहज हुने जनाएको छ। काठमाडौं निजगढ सय किलोमिटर र चितवन, धादिङ, पोखरा, भैरहवा, बुटवलसम्म ८० देखि सय किलोमिटरसम्मको पाइपलाइन विस्तार गर्न सकिने हस्ताक्षर समारोहमा बताइयो।

भारतीय पेट्रोलियम मन्त्री प्रधानले पेट्रोल, डिजेल, मट्टितेलको व्यवसायमा मात्र सीमित नरहेर खाना पकाउने ग्यासमा पनि काम गर्न सकिने बताए। भारतमा एलपी ग्यास आपूर्ति सुगम बनाउन योजना तय गरेको भन्दै नेपाल सरकारले चाहन्छ भने नेपालको दुर्गम क्षेत्रमा पनि एलपिजी ग्यासको सुविधा पुर्यारउन सहयोग गर्ने प्रस्ताव गरे।

मन्त्री थापाले पाइपलाइन निर्माणमा भारत सरकार अग्रणी रहेको भन्दै पहिलो पाइपलाइन १९६४ मा गौहाटीदेखि सिलगुडीसम्म निर्माण भएको बताए। 'त्यो बेलादेखि भारतको आयल निगम पाइपलाइन प्रविधि र इन्जिनियरमा अगाडि छ,' मन्त्री थापाले भने। चार दशकमा ११ हजार किलोमिटर पाइपलाइन बनाउन सफल भारतीय आयल निगम पूर्वाधार, सामर्थ्य, प्रविधि र अनुभवले परिपूर्ण भएको मन्त्री थापाले बताए। पाइपलाइन निर्माणपछि ठूलो मात्रामा खर्च बचत हुने र वातावरणमैत्री समेत हुने उनको भनाइ छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस