काठमाडौं– अर्थमन्त्री रामशरण महतले चालू आर्थिक वर्षमा विकास बजेटको खर्च (पूँजीगत खर्च) बढ्ने विश्वास व्यक्त गरेका छन्। चालू बजेट सार्वजनिक गरेलगत्तै साउन १ गते नै अर्थमन्त्रालयले सबै मन्त्रालयहरुलाई बजेटको अख्तियारी दिएको बताउँदै यस वर्ष बजेट कार्यान्वय गर्न समस्या नरहेको बताए।'मन्त्रालय तथा निकायहरुले पनि मातहतका निकायलाई स्थानीय स्तरसम्म बजेट अख्तियारी पठाइ दिए बजेट कार्यान्वयमा समस्या रहँदैन,' अर्थमन्त्री महतले भने, 'विगतको जस्तो बजेट कार्यान्वयका लागि कार्यक्रम स्वीकृत गर्न भन्दै योजना आयोग धाउनु पर्ने अवस्थाको पनि अन्त्य भएको छ। बजेटमा परेका सबै कार्यक्रम स्वीकृत गरिएको मानिने नीति आयोगले लिइसकेको छ।'
आर्थिक पत्रकार समाज नेपाल(सेजन)ले शुक्रबार राजधानीमा आयोजना गरेको 'विपत्तपछिको पुनर्निर्माणको गति' विषयक राष्ट्रिय बहस कार्यक्रममा उनले यस्तो बताएका हुन्। एक वर्षमा नसकिने बहुवर्षिय प्रकृतिका विकास आयोजनाहरुका लागि एकै पटक टेण्डर आह्वान गर्ने र वार्षिक रुपमा त्यस्ता आयोजनाहरुलाई बजेट विनियोजन गर्दै जाने मन्त्रालयको नीतिअनुरुप बहुवर्षिय आयोजनाहरुको कार्य प्रगति पनि राम्रो हुने उनले बताए। 'एक वर्षमा नसकिने आयोजनाहरुका लागि अब प्रत्येक साल टेण्डर गरिरहनु पर्दैन,' उनले भने, 'कार्यप्रगति राम्रो हुने आयोजनाका प्रमुखलाई परिवर्तन नगर्ने र पुरस्कृत गरिने नीति पनि ल्याएका छौं।'
विपत्तपछिको पुननिर्माणलाई छुट्टै संस्थागत रुपमा अघि बढाउन पुनर्निर्माण प्राधिकरण गठन गरिसकिएको भन्दै अब यसले काममा तीव्रता पाउने बताए। 'भूकम्पपछिको पुनर्निर्माणका लागि क्षतिको आँकलन प्रतिवेदन, दाता सम्मलेन, सहयोगको प्रतिबद्धता जुटाउने र पुनर्निर्माण प्राधिकरण गठन गर्नेसम्मका काम गरिसकेका छौं,' उनले भने, 'संस्थागत रुपमा प्राधिकरणले काम शुरु गरेको नभए पनि मन्त्रालयहरुले, विभिन्न स्वयंसेवी निकायहरुले पुननिर्माणको कामलाई जारी नै राखेका छन्।' दाता सम्मेलनमा जनाइएको प्रतिवद्धता अनुसारको रकम प्राप्त नभइसकेको बताउँदै उनले उक्त रकमका लागि पनि दाताहरुसँग समन्वय भइरहेको बताए।
पुनर्निर्माण र नव निर्माणका लागि देशका निर्माण उद्योग(कम्पनीहरु)को क्षमता वृद्धि हुनुपर्ने बताउँदै उनले सरकारले निर्माण कम्पनीहरुलाई सहयोग गर्ने बताए। 'निर्माण समाग्री, मेशिन तथा उपकरणहरुको खरिदमा भन्सार महशुलमा छूट दिनेलगायत सहयोगको घोषणा गरेका छौं,' उनले भने, 'निर्माण कम्पनीहरुले आफ्नो क्षमता विस्तार गर्नेतिर अग्रसर हुनुपर्छ।'
एउटा जिल्लाको प्रमुख जिल्ला अधिकारी १ वर्षमा ३ पटक फेर्ने र राजनीतिक प्रशासनिक संयन्त्रमा प्रमुखहरु परिवर्तन गरिरहने अस्थिर परिपाटीले विकासमा बाधा गर्ने उनले बताए।
जनशक्ति व्यवस्थापन, समन्वय र ऐन कानुन अनुकुल हुनु चुनाैती: प्राधिकरण सिइओ पोखरेल
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अघिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलले पुनर्निर्माण प्राधिकरणले यसै साता सचिव पाउने विश्वास व्यक्त गरेका छन्। 'शुक्रबार नै सचिव प्राप्त गर्छ भन्ने आशा थियो,' उनले भने, 'आज मन्त्रिपरिषद्को बैठक स्थगित भएको सुनेको छु।'
प्राधिकरणका लागि आवश्यक कर्मचारी तथा प्राविधिकहरुको नियुक्ति र व्यवस्थापन प्राधिकरणको पहिलो चुनौती भएको उनले बताए। प्राधिकरणलाई आवश्यक मानव संसाधनको व्यवस्थापन पछि सेवाग्राहीमा सेवा प्रवाह दोहोरिन नदिनु तथा स्वयंसेवी संस्था, स्थानीयबासी, निजी क्षेत्रलगायत सबैसँगको समन्वय पनि वर्तमानको चुनौती रहेको उनले बताए। राज्यका ऐन तथा कानूनी व्यवस्थाहरुअनुसार प्राधिकरणको काम कारवाहीलाई अघि बढाउनु पनि चुनौतीपूर्ण रहेको उनले बताए।
सिइओ तथा उपाध्यक्ष पोखरेलले भूकम्पपछिको पुनस्र्थापना र पुनर्निमाणका लागि सबै विषयमा अनुदान दिइने सोचले व्यक्ति र संस्थालाई झन परनिर्भरता तर्फ उन्मुख गराउने भन्दै त्यसप्रति सजग रहनु पर्ने बताए। उनले नयाँ तथा परिष्कृत विकास अवधारणाका साथ आउने नीति क्षेत्रसँग प्राधिकरणले सहकार्य गर्ने बताए।
राज्य संयन्त्र सक्रिय हुनुपर्छः योकोयोमा, नेपाल निर्देशक, एडिबी
एसियाली विकास बैंक(एडिबी)का नेपाल निर्देशक केनिचि योकोयोमाले भूकम्पपछिको पुननिर्माण भारको गुजरात र पाकिस्तानको जस्तो हुनु पर्ने बताएका छन्। 'राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रका नेतृत्वहरुको दह्रो इच्छाशक्ति र लगाब भए गुजरात र पाकिस्तानको जस्तो नवनिर्माणसहितको पुननिर्माण गर्न सकिन्छ,' उनले भने।
नेपालमा इतिहासकै ठूलो प्राकृतिक विपत्ती आएको र अहिलेको पुनर्निर्माण तथा नवनिर्माण इतिहासकै चुनौतीपूर्ण अवस्था भएको उनले बताए। यस्तो अवस्थामा अन्तरराष्ट्रिय समुदाय तथा दाता राष्ट्रहरुले नेपाललाई सहयोग गरिरहेको बताउँदै उनले पूँजीगत खर्च वृद्धि नेपालका लागि चुनौती पूर्ण रहेको बताए। यति हुँदाहुँदै पनि पूँजीगत खर्च वृद्धि गर्न सरकार लागि परेको उनले बताए।
हालै गठन भएको पुनर्निर्माण प्राधिकरणले एक राम्रो नेतृत्व पाएकोले नेपालको पुनर्निर्माण तथा नवनिर्माण उत्कृष्ट हुन सक्ने आशा उनले व्यक्त गरे। पुनर्निणलाई सफल बनाउन एडिबीले सहयोग गर्ने बताउँदै उनले यसका लागि आम नागिरक तथा राज्य संयन्त्र विशेष सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए।