कोरियाः कडा परिश्रम, राम्रो कमाइ
०२ भदौ २०७२
•
१२ मिनेट पाठ
कोरियाः कडा परिश्रम, राम्रो कमाइ
काठमाडौं– घर, कार र करिअर मध्यम वर्गीय नेपाली युवाको एउटा जबर्जस्त सपना हो। त्यही सपना पछ्याउँदै कोही अमेरिका पुगेका छन् त कोही युरोप। दक्षिण कोरिया नेपाली युवाका लागि एउटा यस्तो गन्तव्य हो जहाँ पुग्न धेरै पैसा खर्च हुँदैन। पढाइमा अब्बल भइरहनु पर्दैन। र नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी एजेन्सीमा काम गर्नेहरुले जतिकै कमाउन सकिन्छ— मासिक लाख रुपैयाँभन्दा बढी।नेपाल कमर्श क्याम्पस मीनभवनबाट एमबीएसको पढाइ सकेका पर्वतका जीवन पोखरेल यतिबेला रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको तयारीमा छन्। कोरिया जान पाए मासिक डेढ लाख रुपैयाँसम्म कमाउन सकिन्थ्यो भन्ने सपना सम्झेर उनी कोरियाली भाषाको तयारी गर्दैछन्। 'हाम्रो स्तरको पढाइले नेपालमा त्यति कमाउने गरी जागिरै पाइँदैन', उनी भन्छन्, 'सोर्सफोर्स बिना त काम पाउनै गाह्रो छ।'




इपिएसमार्फत् कोरिया लाने कामदार छनौटका लागि कोरियाली भाषा परीक्षा आगामी असोज २ र ३ गते हुँदैछ। जीवन सो परीक्षामा सहभागी हुँदैछन्। उनीसँगै ५० हजार नेपाली युवाले कोरियाली भाषाको जाँच दिन फारम भरेका छन्। 'सरकारी समन्वयमा थोरै पैसा तिरेर राम्रो कमाइ गर्न सकिने हुनाले युवामा कोरिया आकर्षण बढ्दो छ', इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोला भन्छन्, 'करिब ५० हजार युवाले आवेदन फारम दर्ता गराएका छन्।' यस अघि पाँचौं पटकको परीक्षामा करिब ६० हजार परीक्षार्थी सहभागी थिए।

रोजगार अनुमति प्रणालीअनुसार कोरिया पठाउन थालिए (२००८)देखि हालसम्म यस्तै सपना देख्ने ३२ हजार ५ सय युवा कोरिया गइसकेका छन्। यस मध्ये ८० प्रतिशत नेपाली युवा औद्यागिक क्षेत्रमा र २० प्रतिशत युवा कृषि, पशुपालन तथा मस्यपालन क्षेत्रमा कामदारको रुपमा कार्यत छन्। 'आउँदो असोज २ र ३ गते हुन लागेको परीक्षा छैटौं हो,' शाखाका निर्देशक डिल्लीराम बास्तोलाले भने, 'सरकारी समन्वयमा न्यून लागतमा उच्च प्रतिफल पाइने हुनाले कोरिया रोजगारप्रति आकर्षण बढेको देखिन्छ।'

सम्झौता हुनुअघि आफ्नै तरिकाले करिब १ हजार कामदार कोरिया गएको तथ्यांक शाखासँग छ। कोरियामा कामदार पठाउने सातौं मुलुकको रुपमा सन् २००७ मा सम्झौता गरेको नेपाल हाल कोरियाली कम्पनीहरुको कामदार छनोटको दोस्रो उत्कृष्ट मुलुक बनेको छ।

कोरियामा कार्यरत नेपाली युवा कामदारले कार्यस्थलमा देखाएको लगनशीलता, इमानदारिता, धैर्य र अनुशासनका कारण नै नेपाल कोरियाका लागि नेपाली कामदार कम्बोडियापछिको दोस्रो प्राथमिकतामा परेको हो।

कसरी पुगिन्छ कोरिया?
कोरिया सरकारको सरकारी मानव संसाधन विकास विभागले प्रत्येक वर्ष रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जान चाहने युवा कामदारहरुका निम्ति भाषा परीक्षामा सहभागी हुन आवेदन माग गर्छ। आवेदनकै बेलामा आफू कोरियाको औद्योगिक क्षेत्र वा कृषि, पशुपालन तथा मत्यस्यपालन गरी दुई क्षेत्र मध्ये कुन क्षेत्रमा काम गर्न इच्छुक हो सो विषय परीक्षा फारममै उल्लेख गर्नुपर्छ।

आफूले भरेको विषयगत समुह मध्येबाट उत्कृष्टताको आधारमा नेपालका लागि छुट्टयाइएको कोटा मध्येबाट नेपाली कामदारको छनोट गरिन्छ। भाषा परीक्षामा उत्कृष्ट अंक ल्याउने कोटा बमोजिमको परीक्षार्थी नामावलीलाई इपिएर शाखाले आफ्नो रोष्टरमा चढाउने गरेको छ। रोष्टरमा नाम भएका मध्येबाट स्वास्थय परीक्षण उत्तीण भई रोजगार दाताको छनोटमा परेका कामदारहरुले कोरिया जान पाउने व्यवस्था छ। तर, रोष्टरमा नाम भएको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरेका नेपाली युवाको नाम स्वतः रोष्टरबाट हट्ने प्रावधान छ।

परीक्षा आवेदनका लागि २६ डलर अर्थात् करिब २ हजार ६ सय नेपाली रुपैयाँ लाग्छ। यसबाहेक राहदानी बनाउँदादेखि प्लेन टिकटलगायत सबै लागत जोड्दा एक कामदारले करिब ९५ हजार रुपैयाँ लगानी गर्नु पर्ने हुन्छ।

बढ्दैछ तलब
कोरियामा काम गर्ने नेपालसहित अन्य देशका आप्रवासी कामदारले मासिक करिब १ लाख १० हजार(११ लख ८८ हजार दोन)रुपैयाँ न्यूनतम तलब पाउने व्यवस्था छ। कम्पनीको नियमअनुसार थप सेवा सुविधा र ओभर टाइम ड्युटीको सुविधा पनि कामदारले पाउँदै आएका छन्। कुनै पनि आप्रवासी कामदालरालाई सरकारले तोकेको न्यूनतम तलबमा नघटाइ पारिश्रमिक दिनु पर्ने व्यवस्था छ।

कोरियाको मानव संसाधन विकास सेवा(एचआरडी–कोरिया)ले आउँदो २०१६ बाट आप्रवासी कामदारको न्यूनतम तलबमा ८ प्रतिशतले वृद्धि गर्ने तयारी गरिरहेको इपिएर कोरिया शाखा नेपालले जनाएको छ। नेपाली कामदारले औद्योगिक कृषि, पशुपालन तथा मत्स्यपालन जुनसुकै क्षेत्रमा कामका लागि गए पनि मासिक रु. १ लाख १० हजार तलब पाउँछन्। आउँदो २०१६ बाट मानव स्रोत विभाग कोरियाले ८ प्रतिशतका दरले आप्रवासी कामदारका लागि तलब वृद्धि गर्ने तयारी गरिरहेको इपीएस कोरिया शाखाले जनाएको छ।

यस हिसाबले नेपाली कामदारको न्यूनतम पारिश्रमिक २०११ बाट १ लाख १८ हजार ८ सय रुपैयाँ पुग्ने देखिएको छ। 'हामीले गरेको एक अध्ययनले कोरियामा अहिले नेपाली कामदारले औषत मासिक डेढ लाख रुपैयाँ कमाउँछन्,' निर्देशक बास्तोलाले भने, 'पासपोर्ट बनाउनेदेखि कोरिया पुग्दासम्म करिब ९५ हजार रुपैयाँ नेपाली कामदारको लागत लाग्ने गरेको छ।'

korea

कार फ्याक्ट्रीमा काम गर्दै नेपाली कामदार।

डेन्जर, डर्टी र डिफिकल्ट
इपिएस शाखाले २०१४ मा लिएको भाषा परीक्षामा सहभागी हुन ६० हजारभन्दा बढी युवाले परीक्षा आवेदन दिएका थिए। '२०१५ को परीक्षाका लागि ५० हजारभन्दा बढी युवाले फारम भरेका छन्,' निर्देशक बास्तोलाले भने, 'कामका लागि कोरिया जाने आकांक्षी कामदारहरुको संख्या निकै बढी छ। नेपालका लागि वार्षिक करिब ६ हजारको मात्र कोटा छ।'

न्यून लागतमा विस्वासिलो र भरपर्दो तरिकाले राम्रो कमाइ गर्न सकिने भएकाले नेपालमा औषत राम्रै कमाइ गरिरहेकाहरु पनि कोरिया जान चाहिरहेका उनले बताए। 'कोरियन भाषा पढाउने शिक्षक र कतिपय सरकारी सेवाका कर्मचारीसमेत जागिर छोडेर कोरिया गएको र जाने तयारी गरेको पाइएको छ,' उनले भने, 'राम्रो कमाइ देखेर नै डेन्जर, डर्टी र डिफिकल्टी(थ्री–डी)कामका युवा आकर्षण बढेको हो।' कोरियाप्रतिको बढ्दो आकर्षण र नेपालप्रतिको विकर्षण घटाउनु पनि सरकारका लागि चुनौतीको विषय बनेको उनको भनाइ छ।

सोचे जस्तो सहज छैन कोरिया
मकवानपुर पालुङ घर भएका सचिन श्रेष्ठको शव गत असारको दोस्रो साता इन्छन स्थित कम्पनीमै झुन्डिएको अवस्थामा भेटियो। विवाह गरेकी श्रीमती छोडेर कोरिया पुगेको दुई महिना नपुग्दै उनले आत्महत्या गरेका थिए। ६ वर्षदेखि एउटै कम्पनीमा काम गर्दै आएका उनको आत्महत्याको कारण अझै रहस्यमय नै छ।

सिओल स्थित नेपाली दूतावासका अनुसार सुतेकै अवस्थामा मृत्यु हुने घटना पनि बारम्बार दोहोरिने गरेका छन्।

कोरियाको कठोर कार्यशैली र जोखिमपूर्ण काम नेपाली कामदारका लागि गाह्रो बन्ने गर्छ। नेपालमा पाउँदै आएको पदीय तथा सामाजिक सम्मान गुमाएको आवेग, नेपालमा चाहना गरे जति कामउन नसकेको पीडा अनि कडा अनुशासनमा कठोर जोखीमपूर्ण काम गर्नुपर्दा कतिपय कामदारले आत्महत्याको बाटो रोज्ने गरेको देखिएको छ।

'तलब स्केललाई मात्रै हेरेर यहाँको जागिर छोडेर जानेहरुमा प्रायः यस्तो तनाव वा खिन्नताको समस्या देखिएको छ,' इपिएस शाखाका निर्देशक बास्तोला भन्छन्।

कम्पनीको व्यवहार चित्त नबुझे उविरुद्ध उजुरी गर्ने वा कम्पनी परिर्वतन गर्ने अधिकार नेपाली कामदारलाई छैन। कम्पनी फेर्न काम गरिरहेको कम्पनीले स्वीकृति दिनुपर्ने व्यवस्था गरिएको छ। रोजगारदाताले सहमति नदिएको अवस्थामा पहिलो काम छोडेर अर्को कम्पनीमा काम गर्न नेपाली कामदारले पाउँदैनन्। यसले पनि नेपाली कामदारलाई आत्महत्यासम्म पुर्‍याइरहेको हो। कानुनी व्यवस्थामा रोजगारदाताको स्वीकृतिमा ३ वटासम्म रोजगारदाता परिवर्तन गर्न पाउने अधिकार नेपाली कामदारलाई छ तर व्यवहारिक रुपमा यसको अभ्यास सहज नरहेको कोरियामा काम गरिरहेका नेपाली बताउँछन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस