काठमाडौं- जसरी भए पनि जारी गर्नुपर्ने भन्दै प्रमुख राजनीतिक दलहरूलाई नागरिकले नयाँ संविधानका लागि 'ग्रिन सिग्नल' दिएका छन्।
संविधानको प्रारम्भिक मस्यौदामाथिको छलफलकै क्रममा (साउन ५—१०, २०७२) मा नागरिक रिसर्च ब्युरो (एनआरबी) ले गरेको सर्वेक्षणमा एक चौथाइले मस्यौदाबाट आफूहरू सन्तुष्ट रहेको र एक तिहाइले खुसी हुन नसके पनि स्वीकार गर्न सकिने अभिव्यक्ति दिए।प्रमुख चार राजनीतिक दलबीचको सहमतिबमोजिम तयार मस्यौदाबाट अलिकति पनि खुसी नहुने ३२ प्रतिशत देखिए। 'संविधानको मस्यौदाबाट खुसी हुनुहुन्छ?' भन्ने प्रश्नमा ३५ प्रतिशतले खुसी छैन तर यसलाई स्वीकार गर्न सकिन्छ भनेका छन् भने २४ प्रतिशतले खुसी भएको बताएका छन्। मस्यौदाबाट अलिकति पनि खुसी छैन भन्नेहरू ३२ प्रतिशत र थाहा छैन भन्नेहरू ९ प्रतिशत छन्। सर्वेक्षणमा मुलुकमा २० जिल्लाका ७ सय २ नागरिक सहभागी थिए।

नागरिकको खुसी छु र खुसी छैन तर स्वीकार गर्न सकिन्छ भन्ने अभिव्यक्तिले राजनीतिक दलहरूलाई नागरिकबीच प्रस्तुत मस्यौदाका आधारमा संविधान जारी गर्ने सन्देश दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण खनाल खुसी छु र खुसी छैन तर स्वीकार गर्न सकिन्छ भन्ने अभिव्यक्तिलाई मस्यौदाप्रतिको सकारात्मक संकेत मान्नुपर्ने अवस्था औंल्याउँछन्। यी दुईखाले अभिव्यक्ति दिनेहरू करिब ६० प्रतिशत रहेकाले मस्यौदालाई नागरिकले स्वीकार गरेको अर्थमा लिनुपर्ने खनालले बताए। 'हर्षोल्लास गरेर मस्यौदालाई स्वीकार गरेको होइन,' उनले भने, 'खुसी छु, खुसी नभए पनि स्विकार्न सकिन्छ भन्नेहरूको कुरा मिल्छ, यसले नागरिकले मस्यौदा स्विकार गरेको भन्न मिल्छ।'
राजनीतिक विश्लेषक पुरन्जन आचार्य सर्वेक्षणले नेपाली जनतालार्ई जसरी र जस्तो भए पनि संविधान चाहिएको छ भन्ने मानसिकता प्रकट गरेको बताउँछन्। 'राजनीतिक दल र जनताबीच अविश्वासको खाडल छ,' आचार्यले भने, 'निराशाबीच एक थान संविधान जनताले मागेको अभिव्यक्ति हो यो।'
जे जस्तो अवस्थाको भए पनि संविधान जारी होस् भन्ने मान्यतामा जनता रहेको औल्याउँदै उनले थपे, 'जनता घोर निराशामा भए पनि एक थान संविधान दिए हुन्थ्यो भन्ने सन्देश हो यो।'

त्रिुभवन विश्वविद्यालय, राजनीतिशास्त्रका प्राध्यापक लालबाबु यादव सर्वेक्षणको मतलाई जस्तो भए पनि संविधान ल्याए हुन्थ्यो भन्ने मानसिकताको उपज बताउँछन्। सर्वेक्षणमा भाग लिने धेरैजसोले स्वीकार गरेको अवस्थालाई सकारात्मक रूपमा लिनुपर्ने उनले बताए। 'जस्तो भए पनि संविधान ल्याओस् भन्ने अभिव्यक्ति हो,' यादवले भने, 'जनतालाई एउटा संविधान चाहिएको छ।'
मस्यौदाबाट अलिकति पनि खुसी छैन भन्नेहरूको संख्या ३२ प्रतिशत छ। यसलाई सामान्य अर्थमा लिन नहुने धारणा अधिवक्ता दीपेन्द्र झाको छ। अधिकांश नागरिक जस्तो भए पनि संविधान चाहिन्छ भन्ने मानसिकतामा देखिए पनि ठाडै हुँदैन भन्ने ३२ प्रतिशतलाई नजरअन्दाज गर्न नमिल्ने उनले बताए। लामो समयसम्म संविधान जारी हुन नसकेको अवस्थामा जे जस्तो भए पनि जारी होस् भन्ने मानसिकता प्रकट भएको आंैल्याउँदै झाले भने, 'करिब एक तिहाइले अस्वीकार गरेको कुरालाई सामान्य अर्थमा लिन मिल्दैन। त्यो ठूलो संख्या हो।'
प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक लगायतका दलहरूले संविधानको प्रारम्भिक मस्यौदामा गरेको सहमतिमा यो सर्वेक्षण आधारित छ। मस्यौदामा मुलुकमा ८ प्रदेशको संघीय राज्य हुने, संघीयताको सीमांकन संघीय आयोगले निर्धारण गर्ने र प्रदेशको नाम प्रदेशसभाले गर्ने भनिएको थियो। अहिले प्रमुख राजनीतिक शक्तिले ६ प्रदेशको संघीयताको खाका अघि सारेपछि भइरहेको विरोध लगायतसँग यो सर्वेक्षण सरोकार राख्दैन।
संघीयताका पक्षमा
संघीयतासम्बन्धी प्रश्नमा अधिकांशले मुलुकलाई संघीयता आवश्यक छ भन्ने सन्देश दिएका छन्।
'संघीयताबारे तपाईको धारणा?' भन्ने प्रश्नमा ६४ प्रतिशले आवश्यक छ भनेका छन् भने २३ प्रतिशतले आवश्यक छैन भने। ७ प्रतिशले थाहा छैन भनेका छन् भने ६ प्रतिशल नागरिकले बोल्न चाहेनन्।

मुलुकमा संघीयताबारे लामो समयदेखि बहस चल्दै आएकोमा संघीयताका पक्षमा आएको जनमतलाई सकारात्मक संकेत मानिन्छ। खनाल यसलाई नेपाली जनताले संघीयता स्विकारेको अर्थमा लिनुपर्ने आंैल्याउँछन्। 'सर्वेक्षणले संघीयतालाई स्विकारेको तहभन्दा माथि देखाएको छ, यस्तो रिपोर्ट पहिलोपटक आएको हो,' उनले भने।
झा संघीयतालाई अधिकांशले स्वीकार गर्नुलाई उत्साहजनक अवस्था भन्न रुचाउँछन्। 'पक्षमा ६४ प्रतिशत उभिनु संघीयताका लागि त विजयी अवस्था हो,' झाले भने, 'संघीयता चाहिन्छ भन्ने आवाज स्पष्टसँग आएको छ।'
मस्यौदामा प्रस्तावित ८ प्रदेशको खाकालाई आधाभन्दा बढीले अस्वीकार गरेका छन् भने एक तिहाइले मात्र समर्थन गरेका छन्। 'प्रस्तावित ८ प्रदेशको मोडलबारे तपार्इंको धारणा?' भन्ने प्रश्नमा ५१ प्रतिशतले ठिक छैन भन्ने उत्तर दिएका छन्। ठिक छ भन्नेहरू ३१ प्रतिशत छन्। थाहा छैन भन्नेहरू १८ प्रतिशत छन्। यादव जनताले ८ प्रदेशको प्रस्तावलाई अस्वीकार गरेको अर्थमा लिनुपर्ने बताउँछन्।
संघीयतालाई ६४ प्रतिशतले स्वीकार गरेको र ८ प्रदेशको खाकालाई आधासरोले ठिक छैन भनेको अवस्थाले नागरिक संघीयताको पक्षमा रहे पनि दलहरूले प्रस्ताव गरेको मोडलबारे असन्तुष्ट रहेको देखाउँछ। सर्वेक्षणको क्रममा कतिपय नागरिकले नक्सासहितको खाका आउनुपर्ने धारणा राखेका थिए।
निर्वाचन प्रणाली अस्वीकार
शासकीय स्वरूपबारे दलहरूको प्रस्तावको विरुद्धमा नागरिक देखिन्छन्। प्रत्यक्षबाट ६० प्रतिशत र समानुपातिकबाट ४० प्रतिशत निर्वाचित हुने व्यवस्था कस्तो लाग्यो भन्ने प्रश्नमा आधासरोले ठिक छैन भने। उता ४१ प्रतिशतले ठिक छ भनेका छन् भने ७ प्रतिशतले थाहा छैन र ६ प्रतिशतले भन्न चाहन्नँ भन्ने जवाफ दिए। झा सर्वेक्षणबाट निर्वाचन प्रणालीबारे आएको तथ्यांकले अधिकांश नागरिक प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भन्ने मानसिकतामा रहेको अर्थ लगाउँछन्। आचार्य भने निर्वाचन प्रणालीबारे ठिक छ भन्ने र ठिक छैन भन्ने पक्षबीच धेरै ठूलो अन्तर नरहेको बताउँदै सर्वेक्षणले निर्णायक मत नदिएको विश्लेषण गर्दछन्।
दलहरूप्रति खस्कँदो विश्वास
सर्वेक्षणमा प्रमुख राजनीतिक शक्ति कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी सबै दलप्रति मतदाताको विश्वास घटेको पाइएको छ।
'संविधानसभामा कसलाई भोट हाल्नुभएको थियो र स्थानिय निकायको निर्वाचन भए कुन पार्टीलाई भोट हाल्नुहुन्छ?' भन्ने प्रश्नमा नागरिकले दिएका उत्तरहरू विश्लेषण गर्दा प्रमुख राजनीतिक शक्ति जनताको नजरमा गिर्दो अवस्थामा रहेको देखिन्छ। संविधानसभाको निर्वाचनमा २६ प्रतिशतले कांग्रेस, १३ प्रतिशतले एमाले, ११ प्रतिशतले एमाओवादी, ११ प्रतिशतले मधेसवादी रोजेको बताएका थिए। यी चारबाहेकका दललाई मत हालेको बताउने ४ प्रतिशत थियो भने स्थानीय निकायको निर्वाचन भएको अवस्थामा कांग्रेसलाई भोट हाल्छु भन्नेहरू १९, एमालेलाई मत हाल्न तयार ११, एमाओवादी रोज्नेहरू ८ र मधेसवादी रुचाउनेहरू १० प्रतिशत देखिए। चार प्रमुख राजनीतिक शक्ति बाहेकका अन्य पार्टीको हैसियत भने यसबीच बढेको देखिन्छ। संविधानसभा चुनावमा अन्य पार्टीलाई भोट हाल्नेहरूको संख्या ४ प्रतिशत थियो भने त्यो बढेर ६ प्रतिशत पुगेको देखिन्छ।
सर्वेक्षणमा आफ्नो मताधिकारबारे खुल्न नचाहने धेरै थिए। 'संविधानसभा चुनावका बेला कसलाई भोट हाल्नुभएको थियो?' भन्ने प्रश्नमा ३५ प्रशितले उत्तर दिन चाहेका थिएनन्। उनीहरूले भन्न चाहन्नँ भनेका थिए। 'कसलाई भोट हाल्नुहुन्छ?' मा जवाफ दिनेहरूमध्ये करिब ४६ प्रतिशले भन्न चाहन्नँ भनेका छन्। विश्लेषकहरू ठूलो संख्याले सर्वेक्षणमा भाग नलिएको अर्थ लगाउँछन्।
'ठूलो संख्याले बोल्न चाहेका छैनन्,' खनालले भने, 'यसैका आधारमा दलहरूको अवस्था आँकलन गर्न मिल्दैन।' आचार्य भने यसलाई नागरिकले दलहरूप्रतिको निराशा व्यक्त गरेको अर्थमा लिन्छन्। 'नागरिकको कुनै दलप्रति पनि भरोसा देखिएन, उनीहरूको निराशाको अभिव्यक्ति हो,' आचार्यले भने, 'हिजो मत हालेकासँग विश्वास गुमेको छ, नयाँ छानिनसकेको अवस्था देखिन्छ।'
पत्रपत्रिका पपुलर
संविधानको मस्यौदाबारे नागरिकले सबैभन्दा बढी जानकारी पत्रपत्रिकाको अध्ययनबाट पाएको सर्वेक्षणले देखाएको छ।

'संविधान मस्यौदाबारे कसरी थाहा पाउनुभयो?' भन्ने प्रश्नमा एक तिहाइले पत्रपत्रिका पढेर जानकारी पाएको बताए। पत्रपत्रिकाबाट जानकारी पाएको बताउनेको संख्या ३२ छ भने संविधानको मस्यौदाबाट जानकारी पाउनेहरू २६ प्रतिशत र रेडियोबाट जानकारी पाएको बताउनेहरूको संख्या पनि २६ प्रतिशत छ। अन्य मानिसबाट जानकारी पाएको बताउनेहरू १६ प्रतिशत छन्।
नागरिक सर्वेक्षणमा भाग लिनेमध्ये ३४ प्रतिशतले मस्यौदामाथि आफ्नो राय सुझाव दिएको बताएका छन् भने ३७ प्रतिशतले दिएको छैन भनेका छन्। मस्यौदामाथि राय सुझाव दिने अवसर नपाएको गुनासो गर्नेहरूको संख्या २३ प्रतिशत छ भने राय सुझाव दिन आवश्यक छैन भन्नेहरू ६ प्रतिशत छन्।
सुझाव समावेश हुनेमा शंका
संविधानको प्रारम्भिक मस्यौदामाथि नागरिकले दिएका राय सुझाव संविधान निर्माणका क्रममा समावेश हुने कुरामा अधिकांश नागरिक विश्वस्त छैनन्। सर्वेक्षणमा ५३ प्रतिशतले आफ्नो सुझाव संविधान निर्माणका बेला समावेश नहुने बताएका छन्। राय सुझाव समावेश हुनेमा विश्वस्त हुनेहरू २५ प्रतिशत छन्। थाहा छैन भन्नेहरू १७ र भन्न चाहन्नँ भन्ने ५ प्रतिशत छन्।