जेब्रा क्रसमा पनि सुरक्षित छैनन् यात्रु
२७ साउन २०७२
•
९ मिनेट पाठ
जेब्रा क्रसमा पनि सुरक्षित छैनन् यात्रु
काठमाडौं- रोजगारीका लागि विदेश जान आवश्यक कागजपत्र मिलाउन राजधानी आएका ओखलढुंगा बिगुटार-८ का २६ वर्षीय नाम्गेल शेर्पा बुधबार बिहान प्रहरी रिपोर्ट बनाउन रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय जाँदै थिए।

तर, त्रिचन्द्र क्याम्पसअगाडि सडकको जेब्रा क्रसमा रहेका शेर्पालाई एक्कासी माइक्रोबसले ठक्कर दियो। माइक्रोले उनलाई लछार्दै लगेर पर्खालमा ड्याम्म ठोकिदियो। घटनालगत्तै त्रिचन्द्रका विद्यार्थी र अन्यको सहयोगमा उपचारका लागि बागबजारस्थित मोडल अस्पतालमा पुर्या इए पनि उनको मृत्यु भयो।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रमेश बस्नेतले यसअघि पनि मलेसियामा काम गरेर फर्केका शेर्पा फेरि विदेश जान र एमआरपी पासपोर्ट बनाउन काठमाडौं आएको उनका आफन्तले जानकारी दिएको बताए। बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धान क्रममा जेब्रा क्रसिङमा समेत माइक्रोको गति तीव्र भएकाले दुर्घटना भएको पाइएको छ।

धुम्बाराहीबाट सुन्धारातर्फ आइरहेको बा१ज ९१३६ नम्बरको माइक्रोले बिहान ९:१० बजे शेर्पालाई जेब्रा क्रससँगै सडक पेटीमा ठक्कर दिएको थियो। प्रहरीका अनुसार सुरक्षित स्थानमा ढुक्कसँग हिँडीरहेका शेर्पालाई माइक्रोले ठक्कर दिएपछि त्रिचन्द्रका विद्यार्थी आक्रोशित भए। विद्यार्थीसँगै आसपासका सर्वसाधारणले माइक्रोचालकमाथि ढुंगमुढा र हातपात गरी माइक्रोलाई आगो लगाइदिए।

प्रहरीले घाइते चालक सन्तोष गौतमलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्यालए। सामान्य घाइते गौतम उपचारपश्चात् प्रहरी नियन्त्रणमा नै छन्। काभ्रे घर भएका २९ वर्षीय गौतमले सडकमा अर्का व्यक्तिलाई बचाउन खोज्दा दुर्घटना भएको बयान दिएका छन्। चालककै प्रारम्भिक बयानअनुसार पनि जेब्रा क्रसमा माइक्रोको गति अत्यन्त तीव्र रहेको प्रष्ट भएको डिएसपी बस्नेत बताउँछन्।

'प्रारम्भिक सोधपुछ र अनुसन्धान क्रममा जेब्रा क्रसमा चालकले लापरवाहीपूर्वक तीव्र गतिमा कुदाएको देखिएको छ,' बस्नेतले भने। उनले घटनाबारे विस्तृत अनुसन्धान बाँकी रहेकाले त्यसपछि मात्रै सबै विवरण दिन सकिने जनाए।

त्रिचन्द्रका स्ववियु सभापति विष्णु पौडेलले जेब्रा क्रसमा दुर्घटना हुनुको कारण चालकको लापरवाही नै भएको बताए। 'सडकमा गुड्ने सवारीसाधनले पेटीमा हिँडिरहेका यात्रुलाई कलेजको पर्खाल नै भत्कने गरी ठक्कर दिनु चालकको चरम लापरवाही हो,' उनले भने।

डिएसपी बस्नेतले ऐनको व्यवस्था अनुसार चालकलाई बढीभन्दा बढी सजाय माग्दै अदालतमा मुद्दा दायर गरिने बताए।

सवारी तथा यातायात व्यवस्था ऐनको धारा १३२ मा जेब्रा क्रसमा सवारी रोक्नुपर्ने उल्लेख छ। नरोके चालकलाई दुई सयदेखि एक हजारसम्म जरिवाना हुन्छ। जेब्रा क्रसमा दुर्घटना नै भए चालकमाथि ज्यानमुद्दा नै लाग्ने व्यवस्था छ। तर, ऐन कार्यान्वयन हुन सकेको छैन।

ट्राफिक प्रहरीले जेब्रा क्रसमा लापरवाही गर्ने र गति बढाउने चालकविरुद्ध कारबाही गर्न नसक्दा नै चालकले मनपरी गरेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योती बानियाँले गुनासो गरे।

नियमअनुसार चालकले जेब्रा क्रस आउन लागेपछि सवारीको गति घटाउँदै जानुपर्छ र जेब्रा क्रसमा सवारी रोक्नु पर्छ। चालकले जेब्रा क्रसमा पैदलयात्रु नभए पनि सवारीको गति घटाएर दायाँ बायाँ हेरेर मात्र सवारी अघि बढाउनु पर्छ। तर, राजधानीमा भने चालकले जेब्रा क्रसमा पैदलयात्रुले बाटो काट्न लागेको देखे सवारीको गति अझै तीव्र पार्ने र चर्को आवाजमा हर्न बजाउँदै यात्रु तर्साउने गर्छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका पूर्वप्रमुख जयबहादुर चन्दका अनुसार सडकमा चाप बढ्दा ट्राफिकले हेर्न नभ्याएका बेला चालकले लापरवाही गर्ने गरेका छन्। 'जेब्रा क्रस आउन लागेपछि ब्रेक लगाउनु पर्ने चालकले एक्सिलेटर थिच्छन्,' उनले भने, 'त्यसैले नै पैदलयात्रुले जेब्रा क्रसमा समेत ढुक्कसँग बाटो पार गर्न पाउँदैनन्।' उनले जेब्रा क्रसमा गति बढाउने चालकले पैदलयात्री हेप्ने बानी परेकाले समस्या बढ्दै गएको जनाए।

जेब्रा क्रसमा चालकले सवारीको गति बढाउने गरेको ड्युटीमा खटिएका ट्राफिक प्रहरीसमेत स्वीकार्छन्। ललितपुर ट्राफिक प्रहरी वृत्तका प्रमुख सिताराम हाछेथुका अनुसार ट्राफिक नभएका सडकमा जेब्रा क्रस देखिएपछि चालकले गति बढाउने गरेको पाइएको छ। 'पैदलयात्रुलाई सडक पार गर्न दिए ढिला हुन्छ भन्दै पेलेर चलाउँछन्,' उनले भने, 'यस्ले गर्दा जेब्रा क्रसमा पैदलयात्रुलाई ठक्कर दिने घटना बढेका हुन्।' उनका अनुसार जेब्रा क्रसमा सडक पार गरीरहेको यात्रुलाई सवारीले ठक्कर दिनु सडक पेटीमै गएर किच्नुजस्तै हो। उनले जेब्रा क्रस भएका क्षेत्रमा ट्राफिक लाइट नहुँदा पनि समस्या भएको बताए।

जेब्रा क्रसमा तीव्र गतिमा सवारी चलाउनेमा भाडाका सवारी मात्रै नभई निजी सवारीचालक समेत रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भाडाका सवारीले अघि रहेको सवारी उछिनेर यात्रु हाल्ने लोभमा जेब्रा क्रस बेवास्ता गर्दै हुँइक्याउने गर्छन्। जेब्रा क्रसमा गति बढाउनेमा मोटरसाइकल र साना सवारी पहिलो नम्बरमा पर्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ७६ प्रतिशत दुर्घटना चालकको लापरवाहीका कारण हुन्छन्। त्यसमध्ये पनि तीव्र गतिका कारण झण्डै २५ प्रतिशत दुर्घटना हुन्छन्।

यसअघि गत माघमा बबरमहलमा जेब्रा क्रसबाट बाटो काटीरहेका महोत्तरीका ६२ वर्षीय अरुण कोइरालालाई तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करलगत्तै मोटरसाइकल चालकले गति बढाएर भाग्न खोज्दा अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको पर्यटक बसमा ठोक्किएर मोटरसाइकलको पछाडीसिटमा बसेका धरानका २८ वर्Èीय प्रविण प्रधानको मृत्यु भएको थियो।

गत मंसिरमा १४ वर्षीया स्नेहा शाहलाई पनि तिनकुनेस्थित जेब्रा क्रसमा काभ्रे मिनिबस व्यवसायी संघद्वारा सञ्चालित बा२ख २२०७ नम्बरको बसले ठक्कर दिएको थियो। ठक्करबाट स्नेहाको टाउकोमा चोट लागेको थियो। लामो समय नर्भिक अस्पतालमा उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जेब्रा क्रसमा मात्र सानाठूला गरी दैनिक तीनदेखि पाँच वटासम्म दुर्घटना हुने गरेका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस