विश्व विकास बैंक र फेवा फाइनान्स मर्ज भएर फेवा विकास बैंक बनेको हो । गएको असार २८ देखि एकीकृत कारोबार गरेको यो बैंकले गएको आर्थिक वर्षको कारोबारबाट २२ करोड ४ लाख रुपैयाँ खुद नाफा निकालेको छ । मर्जपछि राष्ट्रिय स्तरको विकास बैंक बने पनि यसले आफ्नो केन्द्रीय कार्यालय पोखरामै राखेको छ । यसअघि फेवा फाइनान्समा प्रमुख कार्यकारी अधिकृत रहेका रेशम थापाले नै नयाँ बैंकमा फेरि त्यो जिम्मेवारी पाएका छन् । झन्डै साढे २ दशकको बैंकिङ अनुभव भएका थापासँग बैंक मर्जपछिका चुनौती, योजना, लगानी प्राथमिकता र राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा केन्द्रित रहेर नागरिकका केशवशरण लामिछानेले गरेको कुराकानी:
मर्जमा किन जानुभयो ?
मर्ज अहिलेको आवश्यकता हो । राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई जुन बेला अनुमति दियो, त्यसपछि वित्तीय संस्थाहरुको उपस्थिति धेरै भयो । समय बित्दै जाँदा जोखिम बढ्दै गयो । पुँजी वृद्धि गर्दै जानुपर्ने भयो । राम्रोसँग जोखिम बहन गर्नसक्ने हुनुप¥यो भन्ने सोच आयो । समय अनुसार संस्था ठूलो बनाएर जाँदा लगानीकर्ता लगायत सबै सरोकारवालालाई फाइदा हुन्छ भन्ने लाग्यो र विश्व विकास बैंक र फेवा फाइनान्स मर्जमा गयौं ।
मर्ज भइसकेपछिका चुनौती के छन् ?
मर्जपछिको पहिलो चुनौती भनेको पुँजी व्यवस्थापन हो । हामी मर्ज भएलगत्रै राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अनुसार हामी जस्तो राष्ट्रिय स्तरको विकास बैंकले साढे २ अर्ब पुँजी पु¥याउनुपर्ने भएको छ । त्यो कसरी पु¥याउने भन्ने चुनौती आएको छ । हिजोका दिनमा हामी दुवै संस्था अत्यन्तै राम्रो थियौं । दुवै संस्थाको क्रेडिबिलिटी राम्रो थियो । दुवैको रिजल्ट अत्यन्तै राम्रो थियो । कतिपय संस्थाहरु मर्जपछि पनि सफल नभएको उदाहरण पनि जनमानसले देखेका छन् । मर्ज सफल हुन्छ भन्ने सन्देश पब्लिकसामु लैजाने अर्काे चुनौती पनि हामीसँग छ । विगतको हाम्रो विश्वसनीयताको निरन्तरतालाई पनि हामीले चुनौतीका रुपमा लिएका छौं ।
मर्जपछिको प्राथमिकता के राख्नुभएको छ ?
मर्जपछिको प्राथमिकता व्यवसाय विस्तार हो । हामीसँग भएको पुँजीले थेग्नेसम्म पोर्टपोलियो मिलाएर कारोबार वृद्धि गर्ने हो । सामाजिक उत्तरदायित्वको साथमा कर्मचारीको वृत्ति विकास गर्दै जाने हो । विगतको विश्वसनीयतालाई निरन्तरता दिँदै राम्रो प्रतिफल निकाल्ने हाम्रो प्राथमिकता हुन्छ ।
मर्ज भएर राष्ट्रिय स्तरको विकास बैंक बनेपछि धेरैले केन्द्रीय कार्यालय काठमाडौं राखे । तपाईंहरुले पोखरामै राख्नुभयो । पोखरामै बसेर व्यवसाय विस्तार गर्न सम्भव छ ?
राष्ट्र बैंकमा हामीले समझदारीपत्र पेस गर्दा नै केन्द्रीय कार्यालय पोखरामै राख्ने भनेका थियौं । कर्पाेरेट कार्यालयचाहिँ काठमाडौं राख्न अनुमति मागेका छौं । कर्पाेरेट कार्यालय काठमाडौंमा छिटै खोल्छौं । त्यसका लागि समय लाग्ला । केन्द्रीय कार्यालय पोखरा राखे पनि यहाँ व्यवसाय विस्तार गर्नसक्ने सम्भवना देखेका छौं ।
बैंकको वित्तीय अवस्था कस्तो छ ?
आर्थिक वर्ष २०७१÷७२ मा २२ करोड ४ लाख रुपैयाँ खुद नाफा ग¥यौं । हामीसँग १ लाखभन्दा बढी ग्राहक छन् । ९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप छ । ८ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेका छौं । २७ शाखामा २ सय ३० कर्मचारी छन् । १६ वटा एटिएमबाट हामीले सेवा दिइरहेका छौं ।
फेवा विकास बैंकको लगानीका प्रमुख क्षेत्र कुन—कुन हुन् ?
हिजो हाम्रो लगानी मिश्रित थियो । लगानीको प्राथमिकताको क्षेत्र एउटै बनाऔं भन्ने अवस्था पनि पहिला थिएन । उदाहरणका लागि पर्यटन क्षेत्रमा लगानी बढाऔं भने चाहँदा चाहँदै पनि सक्दैनथ्यौं । ठूलो बैंकहरुसँग प्रतिस्पर्धा गर्न कठिन थियो । अब पुँजी पनि बढेकाले लगानी बढाउन सकौंला । कृषिमा पनि व्यावसायिकता बढेको छ । त्यो क्षेत्रमा पनि हामी लगानी बढाउँछौं । नेपालीहरु गाउँबाट सहर आउने क्रम बढिरहेकै छ । घर निर्माण बढिरहेकाले हाउजिङतिरमा पनि लगानी भइरहेको छ । हामीले अहिले राष्ट्रिय स्तरको भइसकेको हुनाले अरु बैंकसँग मिलेर भए पनि हाइड्रो पावरमा पनि लगानी गर्नेछौं ।
हिजोका विश्व विकास बैंक र फेवा फाइनान्सले निरन्तर वृद्धि गरिरहेका थिए । फाइनान्स व्यवस्थापनको नेतृत्व त तपाईंले गर्नुभएको थियो । त्यो वृद्धिको निरन्तरताको रहस्य के हो ?
राम्रो नतिजा आउनुको कारण टिमवर्क हो । टिमलाई त्यही किसिमले वातावरण दिने, वृत्ति विकासमा जहिले पनि ध्यान दिने, मार्केटबारे अपडेट भइरहने, समयअनुसारको निर्णय गर्न सक्ने हो भने सफलता प्राप्त गर्न सकिन्छ भन्ने देखियो । हाम्रो कामलाई सर्वसाधारणले विश्वास गर्दिनुभयो । उहाँको विश्वासबिना हामी सफल हुँदैनथ्यौं ।
मर्जपछि सेयरधनीले अर्काे वर्ष कस्तो प्रतिफल पाउलान् ?
प्रतिफल कस्तो दिने भन्ने निर्णय त सञ्चालक समितिले गर्ला । आव २०७१÷७२ को कारोबारबाट खुद २० प्रतिशत लाभांश दिनसक्ने अवस्था छ । आउने साधारणसभाले त्यसको निर्णय गर्ला । मर्जरपश्चातको नतिजा २०७२÷७३ मा आउनेछ । त्यसमा पनि हाम्रो लक्ष्य कम्तीमा पनि २० प्रतिशत डिभिडेन्ट हुनेछ ।
पछिल्लो मौद्रिक नीतिले ४ गुणा पुँजी बढाउन भनेको छ । यसमा तपाईंको दृष्टिको के छ ?
ख र ग वर्गका वित्त संस्थाको सानो पुँजी हुन्छ भन्ने सोचाइ थियो । अहिलेको मौद्रिक नीतिले क, ख, ग सबै वर्गका बैंक वित्त संस्थाको पुँजी सानो छ भन्ने देखायो । वाणिज्य बैंकहरुले पनि २ अर्बको पुँजी ८ अर्ब पु¥याउनुपर्ने भयो । धेरै गुणा छोटो समयमा बढाउनुपर्ने अप्रत्यासित रुपमा यस्तो नीति आए पनि पुँजीवृद्धि गर्नुपर्छ भन्ने आफैंमा राम्रो कुरा हो । तर, पुँजीवृद्धिका लागि दिइएको २ वर्षको समय भने थोरै हो । अबका दिनमा बैंक वित्तीय संस्थाको पुँजी ठूलो हुनै पर्छ । तर, पुँजीवृद्धिको समय सीमा बढाउनुपर्छ । अहिले पुँजीमा चुक्तापुँजीको मात्रै हिसाब गरिएको छ । कोर क्यापिटलमा पनि हिसाब गरिदिनुपर्छ भन्ने मलाई लाग्छ । र पुँजी बढाउनका लागि ५ वर्षको समय दिनुपर्छ ।
पुँजी बढाउने उपाय के हुनसक्छ ?
हकप्रद निस्कासन गर्दा लगानीकर्ताले लगानी गर्लान् कि नगर्लान् भनेर पनि सोच्नुपर्ने अवस्था छ । हिजोको दिनजस्तो सहज छैन कि π मर्जरमा अगाडि पनि बढ्न सकिन्छ । एक्वार पनि गर्न सकिन्छ । भर्खरै मौद्रिक नीति आएको छ । पुँजीवृद्धिको योजना हाम्रो सञ्चालक समितिले बनाउने नै छ ।
प्रविधिमैत्री पुस्ता लक्षित त्याधुनिक बैंकिङ सेवा कहिले दिनुहुन्छ ?
हाम्रो स्रोत र साधनले भ्याएसम्मको दिएकै छौं । अझ केही गर्न बाँकी छ पनि । बाँकी सुविधा पनि हामी भविष्यमा बढाउँदै जान्छौं ।