काठमाडौं- दर्ता भएको ट्रेडमार्क प्रयोग नगरी ओगटेर बस्नेलाई कारबाही थालेको उद्योग विभागले नयाँका लागि दिइएका सात वर्ष पुराना निवेदन पनि खारेज गर्न थालेको छ। लामो समयसम्म प्रमाणपत्र नलिनेले अरुलाई ट्रेडमार्क दर्ता गर्नबाट रोक्न वा गैरकानुनी रुपमा पैसा लिन त्यसो गरेको निष्कर्ष निकाल्दै विभागले पुराना निवेदन खारेज गर्न थालेको हो।कसैले विभागमा ट्रेडमार्कको नमूनासहित निवेदन दर्ता गराइसकेपछि अर्कोले सोही प्रकारको ट्रेडमार्क दर्ता गराउन र प्रयोग गर्न पाउँदैन। त्यसैले पुराना निवेदन खारेज गर्न सुरु गरिएको हो।
विभागले यसअघि नै दर्ता भएको ट्रेडमार्क प्रयोग नगरी ओगटेर बस्ने कम्पनीलाई कारबाही सुरु गरिसकेको छ। विभागले अनुगमन गर्दा एउटा कम्पनीले सयवटासम्म ट्रेडमार्क प्रयोग नगरी ओगटेर बसेको पाइएको थियो।
'प्रमाणपत्र नलिएका निवेदन खारेज गर्न सुरु गरिएको छ,' विभागका महानिर्देशक महेश्वर न्यौपानेले भने, 'निवेदन दिने, प्रमाणपत्र नलिनेलाई अब यत्तिकै राखिँदैन।'
एउटाले ट्रेडमार्कको लागि दिइसकेपछि अर्कोले सधैंका लागि निवेदन दिन नपाउने नियम छ। त्यसलाई सच्याउँदै विभागले वर्षौंसम्म प्रमाणपत्र नलिनेको निवेदन खारेज गर्न थालेको हो।
अहिले सात वर्ष पुराना निवेदन खारेजीको प्रक्रिया अघि बढाइएको र विस्तारै त्योभन्दा कम पुराना निवेदन पनि खारेज गरिने महानिर्देशक न्यौपानेले जानकारी दिए।
विभागको टोलीले अनुगमन गर्दा उपत्यका र बाहिरका झापा, मोरङ, सुनसरी, भैरहवा, नेपालगन्जका कैयौं कम्पनीले आवश्यकभन्दा ट्रेडमार्क ओगटेर बसेको फेला परेको थियो।
अनुगमनका क्रममा कतिपय कम्पनीमा प्रयोग नभएका ट्रेडमार्क भेटिएको थियो। दर्ता भएका कतिपय ट्रेडमार्कको उद्योग नै दर्ता नभएको पनि अनुगमन टोलीले फेला पारेको थियो। 'यस्ता कम्पनीलाई अन्तःशुल्कको विषयमा सोधिएको छ,' न्यौपानेले भने।
ट्रेडमार्क चोरी र ओगट्ने प्रवृत्ति बढेपछि विभागले अनुगमन थालेको हो। बौद्धिक सम्पत्ति अधिकारका विषयमा धेरै विवाद र दुरुपयोग भएको गुनासो आइरहेको बेला ट्रेडमार्क चोरी र आगटेर बस्ने प्रवृत्ति देखिएको छ। अहिलेसम्म ट्रेडमार्कको अनुगमन र दुरुपयोग गर्नेलाई कारबाही भएको थिएन।
गुट्खा, सुर्ती र मदिराका ट्रेडमार्क धेरै चोरी हुनेमा पर्छन्। ओगटेर राखिनेमा पनि यी वस्तुकै ट्रेडमार्क रहेको विभागीय तथ्यांकले देखाउँछ। खासगरी भारतीय उत्पादनका ट्रेडमार्क नेपालमा दर्ता भएका छन्। 'भारतमा दर्ता भएका र टेलिभिजनमा देखिएका सबै ट्रेडमार्क दर्ता गरेर राखेको पाइएको छ,' न्यौपानेले भने, 'तिनीहरूलाई कारबाहीको दायरामा ल्याउँछौं।'
ट्रेडमार्क ओगटेर बस्नुको उद्देश्य बार्गेनिङ भएको विभागको भनाइ छ। भारतमा प्रायः गुट्खामा प्रतिबन्ध छ। नेपालमा बिक्री गर्न खोज्दा पहिले नै ट्रेडमार्क दर्ता भइसकेको हुन्छ। अनि ट्रेडमार्क दर्ता गरेर बस्नेसँग किन्नुपर्ने हुन्छ।
विभागका अनुसार मिल्दोजुल्दो नाम राखेर ट्रेडमार्क दर्ता गर्ने धेरै छन्। अरुका ट्रेडमार्कमा न्यु, सुपर जस्ता शब्द जोडेर नयाँ दर्ता गर्ने चलन छ। नयाँपन र मौलिकता कम हुन्छ।
विदेशका ठूला कम्पनीका ट्रेडमार्क दर्ता गरेर राखिदिँदा विदेशी लगानी निरुत्साहित हुने न्यौपानेले बताए। नेपालमा आफ्ना उत्पादन सुरु गर्न खोज्दा पहिले नै ट्रेडमार्क दर्ता भइसकेको देखेपछि उनीहरु लगानी गर्न हच्किने न्यौपानेले बताए।
आफ्नो ट्रेडमार्क चोरी भएको वा उस्तै बनाएर सामान उत्पादन गरिरहेको उजुरी पनि विभाग पर्ने गरेका छन्। भारत, अमेरिका, बेलायत, जापानका कम्पनीले पनि आफ्नो ट्रेडमार्क नक्कल गरेको उजुरी हालेका छन्।