पोखरा- भूकम्पकै कारण वैशाख दोस्रो सातादेखि पोखरामा पर्यटक आएनन्। लगभग शून्यप्राय भएको पर्यटकको आगमनकै कारण व्यवसायीमार्फत राज्यले पाउने कर घट्नु स्वभाविक भयो।हुन पनि आन्तरिक राजस्व कार्यालयले पर्यटन क्षेत्रबाट उठाउँदै आएको मूल्य अभिवृद्धि र आयकर गएको आर्थिक वर्ष केही घट्यो। तर समग्रमा भने भूकम्पको असर यस क्षेत्रको आन्तरिक राजस्वमा देखिएको छैन।
आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्रभित्रै पर्ने गोरखालाई भूकम्पले केन्द्रबिन्दु बनाएर उक्त जिल्लाको जनजीवन र उद्योग व्यवसाय अति असामान्य बनाइदिएको थियो। ठूला उद्योग धन्दा अति नगण्यमात्रामा रहेको गण्डकी धौलागिरि क्षेत्रको यो राजस्व कार्यालयले संकलन गर्ने आम्दानीका शीर्षकमा आयकरको हिस्सा ठूलो छ। गएको वर्ष आयकर मात्रै १ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको जानकारी प्रमुख कर अधिकृत जगदीश उपाध्यायले दिए। 'कुल राजस्व संकलन लक्ष्य ३ अर्ब ८२ करोड थियो, तर ४ अर्ब ११ करोड असुल गर्न सफल भयौं,' उनले नागरिकसँग भने।
कार्यालयले लक्ष्य नाघेनमात्रै अघिल्लो सालको भन्दा ७७ प्रतिशत बढी संकलन गर्योि। तर, यतिका वृद्धिको उल्लेख्य जस भने पोहोरदेखि तनहुँमा खुलेको सूर्य टोबाको कम्पनीको चुरोट उद्योगलाई जान्छ। उक्त कम्पनीले उल्लेख्यमात्रामा अन्तशुल्क तिर्दा यो शीर्षकको राजस्व १ अर्ब ५८ करोड रुपैयाँ संकलन भएको छ। जब कि अघिल्लो साल कार्यालयले यसै शीर्षकमा उठाएको अन्तशुल्क २४ करोड रुपैयाँमात्रै थियो। 'गत वर्ष ६ सय ७० प्रतिशतको वृद्धि भयो,' उपाध्यायले भने।
४० करोडभन्दा बढीको वार्षिक कारोबार गर्ने कम्पनीहरुले भने काठमाडौंको ठूला करदाता कार्यालयमा राजस्व बुझाउँछन्। पोखरा र आसपासबाट पोहोरमात्रै एक दर्जन त्यस्ता करदाता काठमाडौं सरेका थिए। तर राजस्व भने यहाँको कार्यालयले पनि बढाएकै छ। 'हामीले दायरा फराकिलो पार्दै गयौं,' उपाध्यायले भने, 'त्यसैले पनि लक्ष्यभन्दा बढी राजस्व संकलनमा सफलता मिल्यो।' सघन बजार अनुगन गर्नु पनि राजस्व वृद्धिको अर्काे कारण भएको उनले बताए। पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुमा गरिरहने कर चेतना कार्यक्रम र राजस्व तिर्न आफ्ना सदस्यहरुलाई पटकपटक झकझक्याउने उसको प्रवृत्ति पनि सघाउ बनेको भन्दै उपाध्याय उक्त संस्थालाई पनि जस दिन्छन्।
आफ्नो कार्यक्षेत्रका १० जिल्लामा कार्यालयले करको दायार फैलाउँदै १३ हजार नयाँ करदाता भिœयाएको छ। अब आन्तरिक राजस्व कार्यालय पोखरामा कर बुझाउनेहरु ८५ हजार पुगेका छन्। एक वर्षमा भ्याटमा १ हजार ७ सय करदाता आए।
गत आर्थिक वर्षमा ट्युसन तथा कोचिङ सेन्टर, स्पा सेन्टरहरु र ट्रेकिङ एजेन्सीहरुलाई भ्याटको दायरामा ल्याएको जानकारी कर अधिकृत सूर्य सुर्खालीले दिए। '१ सय २० भन्दा बढी टे्रकिङ एजेन्सीमा भ्याटमा आएको छन्,' उनले भने, 'स्पाको संख्या दुई दर्जनजति छ।' २ वा त्यसभन्दा बढी रोजगारदाताबाट आय गर्ने शिक्षक तथा प्राध्यापकहरुलाई करको दायरामा ल्याउनु पनि गत वर्षको उपलब्धि भएको सुर्खालीले बताए।
कार्यालयले मूल्य अभिवृद्धि कर(भ्याट) लक्ष्य अनुसार अर्थात ६७ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ। सहरकारी एवं वित्तीय संस्थाहरुबाट १५ करोड सात लाख रुपैयाँ ब्याजकर संकलन भएको छ। यो पोहोरको भन्दा २४ प्रतिशत धेरै हो। अघिल्लो वर्ष ८ करोड रुपैयाँ बहाल कर उठाएको कार्यालयले यसपालि ३ करोडले बढाएर ११ पुर्याीएको छ। तर लक्ष्य भने १८ करोड राखेको थियो।