काठमाडौं- नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि राजधानीको कोटेश्वर चोकस्थित एउटा घर केही समयदेखि टाउको दुखाइको विषय बन्दै आएको छ। 'राजनीतिक शक्तिकेन्द्र' सम्म पहुँच भएका घरमालिक स्थानीय सन्तलाल शाहीको यो घरकै कारण नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवाका ठूला (वाइड बडी) र साना (न्यारो बडी) जहाजले कम यात्रु वा कम तौल बोक्नुपरिरहेको छ जसबाट तिनीहरूले मासिक करोडौंको घाटा बेहोरिरहेका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्दा जुन ठाउँबाट जहाजले भुइँ छाड्छ, त्यहाँबाट दक्षिणपट्टि ३ सय मिटरजतिको दुरीमा यो घर ठडिएको छ। आठतले उक्त घरकै कारण ३ सय सिट क्षमतासम्मका ठूला जहाजले आफ्नो भारवहन क्षमताभन्दा झन्डै ६ टन (६ हजार किलो) र १ सय ५० देखि १ सय ७० सिट क्षमताका साना जहाजले दुई टन (२ हजार किलो) कम तौल बोक्दै आएका छन्। तोकिएकै जति तौल लिएर उड्दा त्यही घरकै कारण दुर्घटना हुन सक्ने डर रहेको वायुसेवा कम्पनीहरूको भनाइ छ।
नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका अनुसार यस्तो समस्याका कारण ठूला जहाजले यहाँबाट जाँदा एउटा उडानमा सिटभन्दा ५४ र सानाले १८ यात्रु कम बोकिरहेका छन्। केहीले भने कार्गो कम बोकिरहेका छन्।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लोपटक ल्याएको १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०' सिरिजको जहाजले पनि १ सय ४० मात्र यात्रु बोकेर उडान भरिरहेको छ। उदाहरणका लागि काठमाडौंबाट हङकङ जाँदा निगमको एकतर्फी भाडा औसत ३० हजार रुपैयाँ पर्न आउँछ। यो हिसाबले एक उडानमा १८ यात्रु कम हुँदा दैनिक एक उडानमा निगमले ५ लाख ४० हजार रुपैयाँ आम्दानी गुमाइरहेको छ। निगमले २ जहाजबाट दैनिक एक–एक उडान गरिरहेको छ जसबाट दैनिक करिब १० लाखभन्दा बढी आम्दानी गुम्छ।
निगमको भन्दा ठूला जहाज र बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको आम्दानी धेरै उच्च छ। कुनैले दैनिक चार उडानसम्म गरिरहेका छन् भने कुनैले दैनिक एक उडान गरिरहेका छन्। अधिकांशले सानो आकारका जहाज ल्याउँछन्। कतार एयरवेज, टर्किस एयरलाइन्स, थाई एयरवेजलगायतले भने ठूलो आकारका जहाज ल्याउने गरेका छन्।
'हामीले त्यसलाई 'गैरकानुनी घर' नाम दिएका छौं,' नेपाल आइरहेको खाडी मुलुकको एक वायुसेवा कम्पनीका नेपालस्थित अधिकारीले सोमबार नागरिकसँग दुःखेसो पोखे, 'त्यो घर हटाउन सम्बद्ध निकायमा जतिपटक ताकेता गरे पनि केही सीप लागेन। हामी सधैं घाटामै जहाज उडाइरहेका छौं। यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालबारे नकारात्मक सन्देश गएको छ।
किन हटाउन सक्दैन त नेपाल सरकारले त्यो घर?'
अन्तर्राष्ट्रिय वायुसेवाको गुनासो आएपछि उड्डयन क्षेत्रको नियामक निकाय तथा त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त घर हटाउने प्रयास गरेको थियो। प्राधिकरणले सुरुमा काठमाडौं महानगरपालिकालाई उक्त घरको नक्सा पासबारे जानकारी मागे पनि स्पष्ट जवाफ पाउन सकेन।
'त्यसपछि हामीले केही कर्मचारीलाई त्यो घरमालिककहाँ छलफल गर्न पठायौं,' प्राधिकरणका एक उच्च अधिकारीले नागरिकसँग भने, 'तर, मारमुंग्रीमै उत्रिहाल्ने घरमालिक रहेछन्। दुई–तीनजना प्रहरीसम्म गए पनि केही गर्न नसकिने रहेछ। उनी ठूलै पहुँचवाला मान्छे रहेछन्। यति हुँदा पनि हामीले टुलुटुलु हेर्नेबाहेक केही गर्न सकेनौं।'
उनका अनुसार वर्षदिनयता घरमालिकलाई पटकपटक उक्त घर भत्काउन आग्रह गरेे अटेर गर्दै आएका थिए। बरु उनले अर्को एक तला थपेका थिए। वैशाखमा आएको शक्तिशाली भूकम्पले माथिल्लो तलामा केही क्षति पुगेपछि माथिल्लो तला (फलामबाट बनेको) भने भत्काइएको छ।
'जहाज उड्ने बाटो (रुट) मा कसैको घर पर्योम भने त्यसलाई सडकजस्तो घुमाएर अर्कोतिरबाट लैजाऔं न त भन्ने हुँदैन,' ती अधिकारीले भने, 'त्यसकारण त्यो घर भत्काउनुको विकल्प छैन। सरकारले क्षतिपूर्ति दिएर वा अन्य उपाय लगाएर अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा पुगेको नेपालसम्बन्धी नकारात्मक सन्देश चिर्न सक्नुपर्छ। त्यसो नगरे यसले नेपालको उड्डयन क्षेत्रमै दीर्घकालीन प्रभाव पर्नेछ।'
वायुसेवा निगमका एक वरिष्ठ क्याप्टेनले कोटेश्वरचोकको उक्त घर जहाज उडान–अवतरण हुने धावनमार्ग नजिकको संवेदनशील क्षेत्रमा परेकाले ठूलो समस्या परिरहेको बताए। 'त्यो घर नभए हामी मात्र होइन, यहाँ आउने सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजले तोकिएकै मापदण्डअनुसार यात्रु वा तौल बोक्न सक्छन्,' ती क्याप्टेनले भने, 'तर त्यो घर रहुन्जेल घाटै खाएर उडाउनुपर्ने बाध्यता छ। त्यसमाथि उडान जोखिम त छँदैछ।' यस्तो खालको हेलचेक्र्याइँ हाम्रो देशमा मात्र रहेको उनको अनुभव छ।
निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले त्यही घरका कारण संस्थाको आम्दानीमा प्रत्यक्ष प्रभाव परेको जानकारी दिए। यात्रु वा कार्गो जुन भए पनि कम बोक्नुपरेपछि आम्दानी गुम्नु स्वाभाविक रहेको उनको भनाइ छ।
'कतैबाट पनि सुनवाइ नभएपछि हामी पर्यटन मन्त्रालय गुहार्दैछौं,' शर्माले नागरिकसँग भने, 'यति संवेदनशील विषयमा पनि सम्बद्ध निकायको ध्यान नजानु आश्चर्यजनक छ।'
त्रिभुवन विमानस्थलमा अहिले १४ देशबाट २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउने गरेका छन्। तिनले अहिले दैनिक करिब ६० वटासम्म उडान–अवतरण गरिरहेका छन्। यसअघि दैनिक ८५ उडान–अवतरण हुने गरेको थियो।
'विमानस्थल वरिपरि अग्ला संरचना निर्माण गर्दा उडान सुरक्षामा गम्भीर समस्या परेको छ,' त्रिभुवन विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले भने, 'विमानस्थल वरिपरि नजिकको दुरीभित्र सकेसम्म अग्ला भवन वा अन्य संरचना निर्माण नगरिदिन हाम्रो आग्रह छ।'
३ हजार ५० मिटर लम्बाइको त्रिभुवन विमानस्थलको धावनमार्ग उत्तर (बौद्ध) र दक्षिण (कोटेश्वर) दुवैपट्टि ३–३ सय मिटर थप विस्तारको काम पनि भइरहेको छ। सामान्यतया त्रिभुवन विमानस्थल मध्यरात साढे १२ बजे बन्द भई बिहान ६ बजे खुल्ने गर्छ।