काठमाडौं- भूकम्पमा क्षतिग्रस्त मठमन्दिर र स्मारकका बहुमूल्य सामग्रीको लगत तीन महिना बितिसक्दा पनि संकलन गरिएको छैन। शक्तिशाली भूकम्पमा क्षतिग्रस्त पुरातात्विक र सांस्कृतिक सामग्री भण्डारण गरिए पनि लगत नउतारिँदा चोरिने डर बढेको छ।वैशाख १२ को भूकम्पपछि काठमाडौं उपत्यकाका मठमन्दिरमा भएको क्षति विवरण संकलन भए पनि त्यहाँ रहेका मूर्ति, घन्ट, टुँडाल र झ्याललगायत महत्वपूर्ण पुरातात्विक सामग्रीको लगत सरकारसँग छैन।
भूकम्पबाट भत्किएका र प्रभावित सम्पदा निकै पुराना रहेका र त्यहाँका सामग्रीमा अन्तर्राष्ट्रिय तस्करसमेत आकृष्ट हुने भएकाले चोरिने सम्भावना बढेको पुराततत्वविदले बताएका छन्।
भूकम्पबाट काठमाडौं वसन्तपुर क्षेत्रको काष्ठमन्डप, शिवपार्वती मन्दिर, नौतले दरबारलगायत ९० प्रतिशत संरचना क्षतिग्रस्त भएका थिए। शक्तिशाली भूकम्प र अनुकम्पनले भक्तपुरका १४ वटा र ललितपुरका १७ वटा सांस्कृतिक सम्पदा ध्वस्त भएका थिए।
क्षतिग्रस्त सम्पदा क्षेत्र सुरक्षा गर्न सरकारले तत्काल त्यहाँ सुरक्षा घेरा बनाई २४ घन्टे सुरक्षा प्रबन्ध गरी ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक सामग्री संकलन गरे पनि अझै उचित भण्डारण र लगत संकलन गरेको छैन।
भूकम्पमा ध्वस्त र क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न राष्ट्रिय योजना आयोगले २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो। सरकारले त्यस्ता संरचना पुनर्निर्माण गर्न यस आर्थिक वर्षमा २ अर्ब रुपैयाँ मात्रै छुट्टयाएको छ।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर विशेष महत्वपूर्ण सामग्रीको अभिलेख रहेको बताउँछन्। स्मारक क्षेत्रका कार्यालयले त्यस्ता सामग्रीको लगत राखेको उनी बताउँछन्।
'कतिपय मन्दिरमा विभागकै अधिकारी प्रवेश गर्न पाउँदैनन्,' उनले भने, 'त्यस्ता मन्दिर बाहेक अन्य संरचनाको लगत राख्ने प्रयत्न गरेका छौं।'
पुरातत्वविद विष्णुराज कार्की भूकम्पपछि पुरातात्िवक सामग्रीको लगत व्यवस्थित गर्नुपर्ने बताउँछन्। लगत राखे भविष्यमा विनासकारी भूकम्प आए पनि सरकारले सूचीअनुसार पुरातात्िवक सम्पत्तिको अवस्था सहजै थाहा पाउन सक्ने उनले बताए।
त्यस्ता सामग्रीको अन्तर्राष्ट्रिय महत्व अत्यधिक हुने हुँदा चोरिने सम्भावना बढ्ने भन्दै तत्काल सुरक्षित भण्डारण र लगत तयार पार्न जोड दिनुपर्ने उनले बताए।
'जति भत्किए वा बिग्रिए पनि ती वस्तु कलात्मक नै रहेकाले निकै सुन्दर छन्,' उनले भने, 'त्यस्ता टुटेफुटेका वस्तुको सही लगत राखे जोगाउन सहज हुन्छ।'
त्यस्तै अर्का पुरातत्वविद कोषप्रसाद आचार्यले पनि स्मारकका बहुमूल्य सामानको लगत राख्न जोड दिए। सरकारसँग करिब १० वर्ष अघिसम्म प्राचीन स्मारक कति थिए भन्ने जानकारीसमेत थिएन भन्दै उनले अब ती स्मारकका सामग्रीको विवरण राख्नुपर्नेमा जोड दिए।
लगत राख्न सके चोरिए पनि कानुनी प्रक्रियाअनुसार फिर्ता ल्याउन सकिने उनीहरूको तर्क छ। पुरातत्व विभागका अनुसार लगतको आधारमा अहिलेसम्म नेपालले प्रमाण पेस गरी २०५८ सालसम्म ढुंगा तथा काठबाट निर्मित मूर्ति अमेरिकाबाट ४, बेलायतबाट २० र अस्ट्रियाबाट १ वटा फिर्ता आएका छन्।
बाहिरिएका मूर्ति फिर्ता गर्न नेपाल युनेस्कोको 'वस्तु फिर्तासम्बन्धी सन् १९७० सन्धि' को सहभागी राष्ट्र भएकाले चोरिएको वस्तु सदस्य राष्ट्रले आफ्नो भएको प्रमाण पेस गरे फिर्ता पाइने प्रावधान छ।
'कतिपय निजी पुस्तकमा प्रकाशित मूर्तिको विवरणका आधारमा विदेशमा बेचिएका सामग्री फिर्ता आएका छन्,' पुरातत्वविद आचार्यले भने, 'यसका लागि हामीसँग रहेका यस्ता सबै सामग्रीको सुरक्षित लगत हुनुपर्छ। सूची बनाए विश्वस्त वातावरण बन्न सक्छ।'