संविधानप्रति अभूतपूर्व उत्साह,नेताले भने, 'सदन गाउँ पो सरेछ'
०५ साउन २०७२
•
६ मिनेट पाठ
संविधानप्रति अभूतपूर्व उत्साह,नेताले भने, 'सदन गाउँ पो सरेछ'
इलाम–२०४८ यताका चुनावमा इलामेली जनताबाट चारपल्ट चुनिएर प्रधानमन्त्रीसम्म भइसकेका एमाले वरिष्ठ नेता झलनाथ खनाल मंगलबार भन्दैथिए, 'राजनीतिप्रति जनता बहुत सुझबुझ भएछन्, संविधानप्रतिको अभूतपूर्व उत्साह देख्दा जीवनमै ठूलो खुसी मिल्यो।'मस्यौदामाथि टिप्पणी गर्नेक्रममा आक्रोशयुक्त सुझाव दिँदै जनताले सक्रिय सहभागिता देखाउँदा खनाल झनै चकित! 'सदन गाउँ पो सरेछ' इलाम–१ बाट निर्वाचित भई संविधानसभा पुगेका खनालले 'त्यो सभाको माहौल आफ्नै चुनावी क्षेत्रमा अनुभूत गरेको उल्लेख गर्दै भने, 'संविधानमाथि यत्तिका सुझाव आउनु राजनीतिप्रति जनता जाग्नु हो।' पत्नी रविलक्ष्मी चित्रकारसहित गृहजिल्ला आइपुगेका खनाल फिक्कलमा आयोजित सुझाव सुनुवाईमा जागरुक जनताको भीड देखेर चकित भएका हुन्।
Neta




संविधान मस्यौदामा जनताका सुझाव सुनेपछि मंगलबार इलाममा आयोजित पत्रकार भेटघाटमा सभासदहरु
स्थानीय लेप्चा भवनमा चार घण्टासम्म सयौंको भीड रहेको, मस्यौदामाथि टिप्पणी गर्न सबै उत्साहित रहेको र देशको मूल कानुन आफूअनुकूल बनाउन सबै लालायित रहेको देखेर उनी जनताप्रति नतमस्तक भएका हुन्। 'सबैको मुद्रा आक्रोशित थियो तर सुझाव दिने पारा प्रजातान्त्रिक,' खनालले सञ्चारकर्मीसँग भने, 'लोकतन्त्र स्थापनापछि जनता सचेत भएको प्रष्टै देखियो।'

१२ गाविस र एक नगरपालिका रहेको खनालको क्षेत्रमा मस्यौदामाथि एक सय ८७ जनाले 'संविधान जनमुखी बनाउन' सुझाएका थिए। गाविसमार्फत ७३ र सार्वजनिक सुनुवाईमार्फत एक सय १४ सुझाव प्राप्त भएको जनाउँदै खनालले 'ती सबै अर्थपूर्ण र मननयोग्य' रहेको बताए। सबै सुझावमाथि छलफल गरी संविधानमा समेटिने जनाउँदै उनले भने, 'कसैले निरास हुनपर्दैन।'

१४ गाविस र एक नगरपालिका रहेको इलाम–२ को सार्वजनिक सुनुवाईमा अध्यक्षता गरेका सभासद नगेन्द्र कुमाल पनि संविधानप्रति जनताको लोभलाग्दो उत्साह देखेर अचम्भित भए। संविधानसभा अध्यक्ष सुवास नेम्वाङले तीनपल्ट जितेको त्यस क्षेत्रमा नेम्वाङको अनुपस्थितिमा कुमालले मस्यौदामाथि सुझाव सुन्ने कार्यक्रमको अध्यक्षता गरेका थिए, जहाँ एक सय छ सुझाव प्राप्त भए।

'सुनुवाईमा सुझाव दिने ५७ जनामध्ये १२ महिला, १७ जनजाति, सात दलित र दुई अपाङ्ग थिए,' आदिवासी जनजाति महासंघका अध्यक्षसमेत रहेका कुमालले भने, 'भएमध्येको ठूलो सभाकक्ष दिनभर खचाखच रह्यो, त्यहा" संसद भवनको झल्को देखियो।' बसेको कुर्सी छोड्दा फेरि खाली ठाउ" भेट्न नसकिने भीड देखेका कुमालले संविधानप्रति जनता जाग्नु गौरबलाग्दो बताए।

त्यही क्षेत्र पुगेर जनताका सुझाव सुनेका अर्का सभासद मनकुमार गौतमले 'जनतामा छाएको राजनीतिक चेतना अत्यन्त कडा पाएको' उल्लेख गर्दै त्यसलाई बिर्सेर अघि बढ्न नसकिने बताए। 'संविधानमाथि सदनमा हुने चर्काचर्की गाउँमै देखिन थालेको छ' झापालाई राजनीतिकथलो बनाउँदै सभासद भएका गौतमले भने, 'कतिपय सुझाव अकाट्य छन्, जसलाई समेटेर संविधान हृष्टपुष्ट बनाउँछौं।'

१७ गाविस र एक नगरपालिका रहेको इलाम–३ का जनताबाट मस्यौदामाथि झनै धेरै सुझाव प्राप्त हु"दा त्यस क्षेत्रका सभासद केशव थापा उत्तिकै हर्षित देखिए। एक सय २३ सुझाव प्राप्त भएको जनाउ"दै उनले 'आठ बर्षसम्म संविधान नबन्दा आक्रोशित जनता राजनीतिक सुझबुझले उच्च रहेको र त्यसलाई कम आंकलन गर्न नहुने' मूल्यांकन गर्दै सम्भव भएसम्मका सुझाव समेट्ने बताए।

'जिल्लाकै सबैभन्दा ठूलो सभाहल पाँच घण्टासम्म खचाखच हुनु र सबैले बोल्ने पालो पाउन मुस्किल हुनु राजनीतिक चेतनाको उदाहरण हो,' त्यहाँको सुनुवाईमा अध्यक्षता गरेका थापाले भने, 'संकलित सबै सुझाव उच्च राजनीतिक महत्वका छन्, तिनलाई आत्मसात गर्दै संविधान ल्याउनु जरुरी छ।' सभासदद्वय सूर्यवाला राई र सुजाता परियारले पनि जनताको सक्रियताको सम्मान गर्नुपर्ने बताए।

जनताको सुझाव संकलननिम्ति जिल्लामा स्थापित 'संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव उपसमिति'का सचिव अधिराज राईका अनुसार, मस्यौदामाथि इलाममा ६ सय एक सुझाव प्राप्त भएका छन्। 'संकलित सुझाव केन्द्रमा पठाइसकिएको छ, ती माथि संविधासभामा छलफल हुनेछ,' सुझाव संकलन गर्नेक्रममा १० दिन इलाम बसेका राईले भने, 'कसैको सुझाव त्यतिकै थन्कि"दैन।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस