उद्योग मन्त्रालयको प्रगतिमा मन्त्री नै असन्तुष्ट
०२ साउन २०७२
•
८ मिनेट पाठ
उद्योग मन्त्रालयको प्रगतिमा मन्त्री नै असन्तुष्ट
काठमाडौं- उद्योग मन्त्रालयमा आर्थिक वर्ष २०७१/०७२ को प्रगति विवरण पेस भइरहँदा भइरहँदा आफ्नै मन्त्री भने असन्तुष्ट थिए। चाहेको सकारात्मक काम गर्न नपाउँदा उनी मन्त्रालयको प्रगतिमा सन्तुष्ट हुन नसकेका हुन्।'म मेरो क्रियाशीलतामा सन्तुष्ट छु,' उद्योगमन्त्री महेश बस्नेतले भने, 'मन्त्रालय अन्तर्गत भएका काममा भने सन्तुष्ट हुने ठाउँ छैन।'

यो वर्ष उद्योगमा केही नीतिगत काम भए। तर, केही बुँदामा समेटिएको प्रगति विवरणले देशको आवश्यकता र उद्योग–धन्दाको समस्या सम्बोधन गर्न नसक्ने उनको भनाइ छ।

'अहिले मन्त्रालयले केही गर्न सक्ने अवस्था छैन,' मन्त्री बस्नेतले भने, 'केही गर्ने हो भने यो ढाँचालाई आमूल परिवर्तन गर्नुपर्छ।' मन्त्रालय अन्तर्गतको सानो काममा पनि निर्णय गर्ने अधिकार नभएको उनको गुनासो थियो। 'यो नै प्रगतिको बाधक हो,' उनले भने।

अन्य मन्त्रालयका ऐन–नियमले उद्योगको काममा अवरोध खडा गरेको उनी बताउँछन्। एउटा सानो उद्योग चलाउन पनि मन्त्रालयले चाहँदैमा सक्दैन। अर्थ, वन, वातावरण, ऊर्जा लगायत मन्त्रालयले सहमति दिनुपर्छ। 'ती मन्त्रालय अन्तर्गतका ऐन, नियम उद्योगका काम कारबाहीमा बाधक भएका छन्,' मन्त्री बस्नेतले भने, 'अवरोधकारी नियम परिवर्तन गर्नु आवश्यक छ।'

उनले भैरहवामा उद्घाटन भएको विशेष आर्थिक क्षेत्र (सेज) को उदाहरण दिँदै भने, 'सेजभित्र केके सुविधा, सहुलियत दिने भनेर उद्योग मन्त्रालयले निर्णय गर्न सक्दैन। सेज उद्घाटन मात्र भयो, यसमा उद्योगीको विश्वास भएन। सेजभित्रका उद्योगलाई दिने सेवा, सहुलियतबारे अर्थले निर्णय गर्नुपर्छ। उद्योगको केही चल्दैन।

भैरहवा सेज मंसिर २ गते उद्घाटन भएको थियो। त्यहाँ उद्योग खोल्न प्रस्ताव माग्दा १२ वटा मात्र आएको छ। सेज स्थापना, सञ्चालन र व्यवस्थापन गर्न विशेष आर्थिक क्षेत्रसम्बन्धी विधेयक वैशाखमै व्यवस्थापिका संसदमा पेस भइसकेको छ तर, पारित भएको छैन।

एउटा निर्णय गर्न १० ठाउँ धाउनुपर्ने बाध्यता उद्योगीलाई रहेको उनको गुनासो छ। विदेशी लगानी नीति मन्त्रिपरिषदबाट स्वीकृत भयो। औद्योगिक व्यवसाय विधेयक संसदमा पेस भएको छ। सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका स्वीकृत भएको छ। त्यसका लागि धेरै लामो समय लागेको मन्त्री बस्नेतको गुनासो छ।

'उद्योग मन्त्रालयलाई काम गर्ने शक्ति दिनुपर्छ,' मन्त्री बस्नेतले भने, 'शक्तिको अभाव नै काम गर्न नसक्नुको कारण हो।' उद्योग र उद्योगीको हितमा मन्त्रालय एक्लैले निर्णय गर्न नसक्ने उनले प्रस्ट्याए। उद्योगका हरेक काममा अर्थ मन्त्रालयले निर्णय गर्ने भएकाले आफूले चाहेर पनि काम नसकेको उनको गुनासो छ। भन्सार, कर, आयकर, कच्चा पदार्थ आयात–निर्यात, बजेट, उद्योगी व्यवसायीसँगको सम्बन्ध लगायत विषयमा उद्योग एक्लैले केही गर्न सक्ने अवस्था नहुन अर्को समस्या भएको उनले बताए।

'उद्योगले प्रस्ताव गरेका केही नयाँ कार्यक्रम अर्थले स्वीकृत गरेन,' मन्त्री बस्नेतले भने, 'राम्रा काम हुँदाहुँदै पनि गर्न पाइएन।' अर्को साल लगानी वर्ष मनाउने प्रस्ताव पास भए पनि यसको लागि आवश्यक पूर्वाधार बनाउन अर्थले सहयोग नगरेको उनको गुनासो छ। यस्ता धेरै उदाहरण दिँदै उनले काम गर्न गाह्रो भएको बताए।

यस वर्ष उद्योग विभाग, घरेलु तथा साना उद्योग विकास समिति, खानी तथा भू–गर्भ, नापतौल तथा गुणस्तर विभाग लगायत मन्त्रालय अन्तर्गतका निकायको प्रगति विवरण पनि पेस भयो। उद्योग मन्त्रालय अन्तर्गतका निकायले अहिलेको अवस्थामा कार्यभार थेग्न सक्ने स्थिति नभएको उनको टिप्पणी छ। ठूलो मात्रामा उद्योग स्थापना भइरहेको र साना तथा घरेलु उद्योगले प्रगति गरिरहेकोले ती निकायले कार्यभार थेग्न नसक्ने उनको भनाइ छ।

'दुई–चारजना कर्मचारी भएको घरेलु तथा साना उद्योग विकास समति छ। उद्योग विभागको पनि क्षमता कम छ,' मन्त्री बस्नेतले भने, 'देशमा साँच्चिकै उद्योगको विकास गर्ने हो भने यस अन्तर्गतका निकायको क्षमता बढाउन आवश्यक छ।'

उद्योग इन्जिनियर, खानी इन्जिनियर लगायत योग्य जनशक्तिको खाँचो मन्त्रालयलाई भएको उनले बताए। यसपटकको बजेटमा दक्ष जनशक्तिलाई मन्त्रालय ल्याउन खोजे पनि भूकम्पले नयाँ कार्यक्रम ल्याउन नसकेको उनले बताए। अहिलेको अवस्थामा मन्त्रालय डिजिटल प्रविधिमा नगई काम गर्न गाह्रो हुने उनी बताउँछन्।

अहिलेको उद्योग र वाणिज्य मन्त्रालयको काम गर्ने ढाँचाले पनि प्रगति गर्न गाह्रो भएको उनले बताए। 'उद्योग र वाणिज्यको ढाँचा टाउको दुई, शरीर एक जस्तो छ,' मन्त्री बस्नेतले भने, 'यी दुई मन्त्रालय एक भएर काम गर्नुपर्छ।' मन्त्रालय दुई भए पनि तल्लो निकायमा वाणिज्यको धेरै काम उद्योग अन्तर्गतका निकायले गरिरहनुपरेको उनको भनाइ छ।

मन्त्रालयले चीनबाट प्राप्त द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिपा) मस्यौदा परिमार्जन गरी चीन सरकारसमक्ष पठाएको, नेपाल व्यवसाय मञ्चको गठन आदेश, २०६७ मा समसामयिक परिमार्जन गरी मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त भएको, जुट उद्योगलाई साबिक बमोजिम विद्युत महसुलमा ७० प्रतिशत छुट उपलब्ध गराउन नेपाल सरकारबाट स्वीकृति पाएको प्रगति विवरणमा उल्लेख छ।

त्यस्तै लघु उद्यम विकास कार्यक्रम (मेडेप) अन्तर्गत ९ हजार २ सय जनालाई रोजगारी सिर्जना भएको, ४ हजार ७ सय ३७ नयाँ उद्यमी आएको लगायत बुँदा प्रगति विवरणमा छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस