काठमाडौं— आर्थिक वर्ष २०७२/७३ को बजेटपछि निजामती कर्मचारीको तलब नबढ्ने भएको छ। मंगलबार अर्थमन्त्री रामशरण महतले संसदमा बजेट भाषण गर्दै भूकम्पका कारण स्रोत अभाव भएकाले तलब बढाउन नसकिएको प्रस्टिकरण दिएका छन्। उनले आगामी वर्ष तलब सुविधा बढाइने आश्वसन दिए।
महतले प्रस्तुत गरेको बजेटअनुसार निजामती कर्मचारीको पेन्सन प्रणाली पनि परिवर्तन गरिने भएको छ। आगामी वर्षदेखि योगदानमा आधारित पेन्सन प्रणाली लागू गरिने अर्थमन्त्री महतले बताए।
यो व्यवस्था लागू भएपछि जसले जुन स्तरको रकम पेन्सनका लागि बचत गर्छन् अवकासपछि त्यही अनुपातमा पेन्सन पाउनेछन्। यो प्रणालीअनुसार निजामती कर्मचारीले बचत गरेको बराबर सरकारले थप गरिदिन्छ। भारत लगायतका मुलुकले समेत पेन्सनको पुरानो प्रणालीले आर्थिक बोझ बढाएको भन्दै यो किसिमको पेन्सन प्रणाली सुरु गरिसकेका छन्। सरकारमाथि पेन्सन यो प्रणाली लागू गर्न दवाब बढ्दै गएको थियो।
यो पेन्सन प्रणालीले ५–७ वर्षमा राम्रो परिणाम देखाउने विश्वास अर्थमन्त्री महतको छ।
योगदानमा आधारित पेन्सन प्रणाली सुरु हुने