कलंकी–नागढुंगा सडक : तीन वर्षमा फराकिलो र हरियाली
२८ असार २०७२
•
६ मिनेट पाठ
कलंकी–नागढुंगा सडक : तीन वर्षमा फराकिलो र हरियाली
काठमाडौं- साँघुरो सडक। सवारी साधनको ट्याँट्याँ टुँटुँ। घन्टौं जाम।
काठमाडौं भित्रने चल्तीको नाका कलंकी–नागढुंगा सडक खण्डको अवस्था हो यो।
९ किलोमिटर सडक पार गर्दा जामका कारण चालकले ठाउँ–ठाँउमा घच्याक्क ब्रेक लगाउनुपर्छ। यात्रुहरू बेलैमा गन्तव्यमा पुग्न सक्दैनन्। पैदलयात्री पनि निष्पि्कक्री हिँड्न पाउँदैनन्।राजधानी भित्रने र बाहिरिने सवारी साधनको बाक्लो चाप हुने नागढुंगा–कलंकी सडक खण्डमा हरेक दिन यस्तै समस्या दोहोरिन्छ। तर, यो समस्या अन्त्य हुने भएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सोचेजस्तै काम गर्न पायो भने आगामी ३ वर्षभित्र उक्त सडक फराकिलो र हरियाली हुनेछ। सडक जाममुक्त त हुने नै छ, पैदलयात्रीले समेत ढुक्क हिँड्न पाउनेछन्।

आयोजनाले तयार पारेको कार्ययोजनाअनुसार ७ दशमलव ५ मिटर फराकिलो दुई लेनको कलंकी–नागढुंगा सडक तीन वर्षपछि चार लेनसहित २२ मिटर फराकिलो हुनेछ। उक्त सडकको बीचमा दुई मिटर फराकिलो 'ग्रिनबेल्ट' (हरियाली स्थान) पनि हुनेछ। सडकको दुवैतर्फ १ दशमलव २ मिटर फराकिलो साइकल लेन हुनेछ। सडककै लेभलमा बनाइने साइकल लेनमा माइतीघर–तीनकुने खण्डको जस्तो भौतिक संरचना नै छुट्टै भने हुँदैन। अपांगमैत्री फराकिलो फुटपाथ पनि बन्नेछ। सडकका प्रत्येक लेन भने अन्य स्थानका भन्दा केही फराक अर्थात चार मिटरका हुनेछन्।

आयोजना प्रमुख प्रभात झाका अनुसार फुटपाथका बीचमा दृष्टिविहीनहरूलाई हिँड्न सहयोग हुने खालको रबर इन्डिकेटरसमेत राखिनेछन्। 'सुन्दर फराकिलो सडकसँगै अपांग पैदलयात्रीले समेत सहजै हिँडडुल गर्न मिल्ने फुटपाथ बनाउन लागिएको हो,' उनले भने, 'साइकल चलाउन चाहनेका लागि छुट्टै व्यवस्थासमेत गर्न लागिएको छ।' उनले सडक निर्माणका लागि आवश्यक डिजाइन तयार भइसकेको जनाउँदै छिट्टै काम अगाडि बढाउने बताए।

उक्त सडक खण्डबाट आउजाउ गर्ने सवारीकै सहजताका लागि आयोजनाले कलंकीदेखि त्रिपुरेश्वर सडक खण्डलाई पनि एकै पटक विस्तार गर्ने भएको छ। तर, तीन किलोमिटर लामो त्रिपुरेश्वर–कलंकी सडक खण्डको डिजाइन र लेन भने फरक हुनेछ। नागढुंगा–कलंकी सडकमा गुड्ने सवारीको तुलनामा चक्रपथभित्रको त्रिपुरेश्वर–कलंकी खण्डमा गुड्ने सवारीको चाप धेरै हुने भएकाले आयोजनाले यो खण्डमा ६ लेनको सडक बनाउन लागेको छ।

'सवारी चाप अत्याधिक हुने भएकाले त्रिपुरेश्वरदेखि कलंकीसम्मको यो खण्डमा ६ लेन र नागढुंगातर्फ ४ लेन बनाउने भएका हौं,' झाले भने, 'त्रिपुरेश्वर खण्डमा सडकको लेन बढी हुने भएकाले ग्रिनबेल्ट भने बन्दैन।' उनका अनुसार त्रिपुरेश्वर–कलंकी खण्डको सडकका दायाँबायाँ पनि दुई मिटर फराकिलो फुटपाथ र १ दशमलव २ मिटर फराकिलो सडककै लेवलमा साइकल लेन हुनेछ। यो सडकका प्रत्येक लेन तीन मिटर फराकिलो हुनेछ।

उनले सडक निर्माणका लागि प्रक्रिया पूरा गरेर केही दिनमा नै बोलपत्र आह्वान गर्न लागिएकाले कुल खर्च तत्कालै सार्वजनिक गर्न नमिल्ने बताए।

आयोजनाले त्रिपुरेश्वरदेखि नागढुंगासम्मको १२ किलोमिटर सडकलाई एकै पटक २२ मिटर फराकिलो बनाउने कार्ययोजना बनाएको हो। तर, सडक खण्डलाई भने दुई भागमा विभाजन गर्दै डिजाइन फरक पारिएको झा बताउँछन्। उनका अनुसार ती क्षेत्रमा सडक निर्माणपूर्व मिचिएका भौतिक संरचना र अन्य संरचना हटाउने काम काठमाडौं नगर विकास प्राधिकरणले जति छिटो गर्यो् सडक निर्माण त्यति नै छिटो हुनेछ।

प्राधिकरणले ती क्षेत्रमा नाप–नक्साका आधारमा चिह्न लगाएर भत्काउने काम छिट्टै अगाडि बढाउने जनाएको छ। प्राधिकरणका अनुसार उक्त सडक खण्डमा सबैभन्दा बढी कालीमाटीदेखि सोल्टीमोडसम्मका घर तथा अन्य भौतिक संरचना भत्कनेछन्। यस्तै, त्रिपुरेश्वर सडक खण्डमा रहेको वर्ल्ड ट्रेड सेन्टर लगायतका संरचनासमेत भत्कनेछन्। उक्त खण्डका धेरै घर पूर्ण र आशिंक रूपमा भत्कने प्राधिकरणले जनाएको छ। सरकारले संरचना भत्काउँदा घरको क्षतिपूर्ति दिए पनि जग्गाको भने क्षतिपूर्ति दिने छैन।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस