काठमाडौं- बजार अनुगमनले घरिघरि निक्कै चर्चा पाउँछ। चर्को हल्लाखल्लाबीच जस लिने होडबाजी, आलोचना र प्रशंसाको सिलसिला पनि मज्जाले चल्छ– वाणिज्य विभागका अधिकारी र उपभोक्ता अधिकारकर्मीबीच। तर, यसको भित्री खेल अर्कै हुने गरेको रहस्योद्घाटन वाणिज्य विभाग स्रोतले नै गरेको छ।स्रोतका अनुसार केही उपभोक्ता अधिकारकर्मी पहिले नै गएर व्यापारी, व्यवसायीलाई धम्क्याउँछन्। मागेको दाम पाए चुपचाप बस्छन्, नपाए विभागलाई अनुगमन गर्न उक्साउँछन्। व्यापारीबाट चित्त बुझ्ने गरी पैसा पाए अनुगमन रोक्न उनीहरु नै लबिङ गर्छन्। यतिमात्रै होइन, अनुगमन गर्दा कैफियत भेटिएको ठाउँमा विभाग कर्मचारी र व्यापारीबीच 'कुरा मिलाउने' काम अधिकारकर्मीले नै गर्छन्। स्रोत दाबी गर्छ– यही चलखेलको कारण मुद्दा दायर गर्दा कमजोर बनाइन्छ, ता कि व्यापारीले जितून्।
विभाग कर्मचारी र अधिकारकर्मीले अनुगमनबाट पाउने फाइदा यत्तिमा सीमित छैन। सोझो हिसाबले हेर्दा कर्मचारीले तलबका अतिरिक्त भत्ता पाउँछन् र टोलीमा सामेल अधिकारकर्मीले फुर्सदको बेला पकेट खर्च आर्जन गर्छन्। कैफियत भेटिएको ठाउँमा बार्गेनिङ गरेर 'कुस्त' कमाउने अवसर आफ्नो ठाउँमा छँदैछ।
स्रोतका अनुसार एकपटक अनुगमनमा जाँदा अधिकारकर्मीले ४ सय रुपैयाँ भत्ता पाउँछन्। 'भत्ताका लागि अनुगमन गरौं भन्दै आउने अधिकारकर्मी पनि छन्,' विभाग स्रोत भन्छ, 'अनुगमन गर्ने ठाउँ पनि उनीहरुले नै सुझाउँछन्। पछि त्यही व्यवसायीसँग बार्गेनिङ गरेको भेटिन्छ।'
विभागले दायर गर्ने मुद्दा पनि दुनियाँलाई देखाउन र अख्तियारबाट बच्नका लागि मात्र हुने गरेको स्रोतको दाबी छ। 'मुद्दा नचलाए अख्तियारले समात्छ। त्यसैले कमजोर बनाएर दायर गरिन्छ,' स्रोतले भन्यो, 'विभागले मुद्दा नजित्नुको कारण त्यही हो।' अनुगमनमा दोषी भेटिएका व्यवसायीलाई मुद्दा नचलाउँदा अख्तियारले समात्न सक्छ।
विभागका एकथरी अधिकारी भने यो स्वीकार्न तयार छैनन्। आफूहरु कानुनी प्रक्रिया अनुसार नै चलेको उनीहरुको दाबी छ। 'हामी पनि कानुनी प्रक्रियाअनुसार नै जाने हो,' विभागका एक अघिकारीले भने, 'अनुगमनमा जे भेट्टाउँछौं, त्यही अनुसार अदालतमा पेस गर्छौं। फैसला गर्ने काम अदालतको हो।'
गलत काम गर्ने व्यापारी, व्यवसायीविरुद्ध मुद्दा नै नपर्नु र परेकामा पनि विभागले हार्नुको मुख्य कारण भत्ता र बार्गेनिङका लागि बजार अनुगमन गरिनु हो। पछिल्लो समय विभागले साताभरि नै अनुगमन गरिरहेको छ।
विभाग आफैंले उपलब्ध गराएको प्रतिवेदनअनुसार पछिल्लो दुई वर्षमा ३ हजार ३ सय व्यावसायिक फर्मको अनुगमन गरिएको छ। यीमध्ये प्रायःमा कैफियत भेटिएको प्रतिवेदनमा छ। तर २१ फर्मविरुद्ध मात्रै मुद्दा दायर भएको प्रतिवेदनमा प्रस्ट उल्लेख छ। यीमध्ये दुइटाको फैसला भयो, दुवैमा विभाग हार्योम।
स्रोतका अनुसार मुद्दा निकै कमजोर बनाइएकाले विभाग हारेको हो। 'बाँकी मुद्दा पनि विभागले जित्ने सम्भावना न्यून छ,' स्रोतले भन्यो। बजार अनुगमन भएको ७ दिनभित्र मुद्दा दायर गर्नुपर्छ। त्यही बेला चलखेल गरेर मुद्दा कमजोर पार्ने गरिएको स्रोतको भनाइ छ।
संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बद्ध समितिको बैठकमा सभासदले केही दिनअघि नाम मात्रैको बजार अनुगमन भएकाले महँगी, कालोबजारी र बदमासी नरोकिएको बताएका थिए। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका कर्मचारी आफूलाई फाइदा हुने ठाउँमा मात्र अनुगमन गर्न जाने सभासदको भनाइ छ।
सरकारका मुख्य सचिव लीलामणि पौड्यालले पनि कुहिएको चामल बेचेका व्यापारीलाई बयानमात्र लिएर छाडेकोप्रति आपत्ति जनाएका थिए। केही साताअघि उनले यसमा विभागसँग लिखित जवाफ मागेका थिए। वाणिज्य विभागको नेतृत्वलाई पौड्यालको प्रश्न थियो– अनुगमनमा कुहिएको चामल बेचेको भेटिँदा भेटिँदै किन बयानमा मात्रै बोलाएको?
त्यसलाई खाद्य ऐन अनुसार मुद्दा दायर गर्नुपर्ने व्यापारीलाई बयानमा मात्रै बोलाएपछि मुख्य सचिव पौड्यालले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायसँग लिखितमै स्पष्टीकरण मागेका थिए।
सभासद र मुख्य सचिव पौड्याल दुवै बदमासी रोक्नभन्दा दैनिक भत्ता पकाउन मात्रै बजार अनुगमन भएको बताउँछन्। 'बजार अनुगमनमा गएपछि भत्ता पाइन्छ,' उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बद्ध समितिका सदस्य सुभाषचन्द्र ठकुरी भन्छन्, 'केही कर्मचारीको निहित स्वार्थ र भत्ता पचाउन मात्रै अनुगमन भएको छ। यसले गर्दा बदमासी रोकिएन।'
'निक्कै हल्लाखल्ला भएको न्युरोडको गुँदपाक पसलेलाई अदालतले २५ हजार जरिवाना गरेर छाडिदियो। उल्टै ऊ चित्त बुझेन भनेर पुनरावेदन गएको छ। यसलाई पनि कसरी जितेको भन्नु,' वाणिज्य स्रोत भन्छ, 'कमजोर बनाएर मुद्दा दायर गरिएका कारण यस्तो भएको हो।' पानीको मुद्दामा पनि विभाग हार्योस। मिसावट, खानेपानी र सुनचाँदी पसलसम्बन्धी अरु मुद्दाको फैसला हुन बाँकी छ।
नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा कुनै न कुनै कैफियत देखिएकै हुन्छ। नमुना नलिइएका व्यापारीलाई मूल्यसूची, साइनबोर्ड राख्न, लेबल नभएका सामान बिक्री नगर्न, व्यवसाय दर्ता प्रमाणपत्र पेस तथा नवीकरण गर्ने जस्ता सामान्य निर्देशन दिएर छाडिन्छ।