काठमाडौं- मापदण्ड पालना नगरेका अवैध क्रसर उद्योगलाई खानी क्षेत्रमा स्थानान्तरण गर्नुपर्नेमा सरकारले वातावरणीय नियामवलीनै संशोधन गरेर चलाउन दिने तयारी गरेको छ। यसबाट यी उद्योगहरुको दिगो व्यवस्थापनका लागि भएका विगतका सबै प्रयास उल्टिने भएका छन्।वातावरणीय विनाश हुने गरी जथाभावी सञ्चालित क्रसर उद्योगको जनस्तरबाट सर्वत्र विरोध भएपछि सरकारले यिनको दिगो व्यवस्थापन गर्न पटक–पटक समिति गठन गरेको थियो। ती समितिका सिफारिसका आधारमा सञ्चालनसम्बन्धी मापदण्ड तयार गरी मन्त्रिपरिषदबाट पारित गराइएको थियो।
पछिल्लोपटक तत्कालीन उद्योग सचिव कृष्ण ज्ञवालीको संयोजकत्वमा गठित समितिले यी उद्योगको जथाभावी सञ्चालनले वातावरण र प्रकृतिमा प्रतिकूल असर पारेको भन्दै खानी क्षेत्रमा स्थानान्तरण गर्न सिफारिस गरेको थियो। उद्योग मन्त्रालय अर्न्तगतको खानी तथा भू–गर्भ विभागले १९ वटा खानी क्षेत्र पनि पहिचान गरेको थियो। यी उद्योगलाई ती क्षेत्रमा स्थानान्तरण गर्नुपर्नेमा भूकम्पलाई निहुँ बनाएर वातावरण नियमावली संशोधन गर्न लागिएको हो। अवैध उद्योगलाई मापदण्ड पालना गराउनुको साटो भूकम्पलाई बहाना बनाएर वातावरण नियमावलीनै संशोधन गरेर आर्थिक चलखेल गर्न लागिएको स्रोतले बताएको छ।
'विगतमा पनि चलखेल गर्न खोजिएको थियो। सफल भएन अहिले भूकम्पलाई देखाएर गलत काम हुन थालेको छ,' स्रोतले नागरिकस"ग भन्यो। मन्त्रिपरिषदबाट पारित उद्योग सञ्चालन सम्बन्धी मापदण्ड पालना नगरेका कारण अघिल्लो मन्त्रिपरिषदले ०७० चैत मसान्तमै यी उद्योग बन्द गर्ने निर्णय गरेको थियो। तर उद्योगीहरुको दबाब र सरकारका प्रभावशाली मन्त्रालयको चलखेलले गर्दा ६–६ महिना गरी चारपटक म्याद थप गरेर सञ्चालन अनुमति दिइयो। मन्त्रिपरिषदको आर्थिक तथा भौतिक पूर्वाधार समितिले यी उद्योगको म्याद पटक–पटक थप्दै आएको थियो।
भूकम्पपछि बेग्लै परिस्थिति आएको र खानीसम्म भौतिक पूर्वाधार नबनेको भन्दै वातावरणीय अध्ययन प्रतिवेदन (आइइई) को व्यवस्था संशोधन गरेर क्रसर उद्योग चलाउन दिने उद्योगमन्त्री महेश बस्नेतले बताए। उनका अनुसार वन तथा वातावरण मन्त्रालयले नियमावली संशोधन सुरु गरिसकेको छ। 'यसबारे धेरै पक्षबीच छलफल भएको छ, धेरैको सुझावअनुसार वातावरण मन्त्रालयले नियमावली संशोधन गर्ने तयारी गरेको छ,' मन्त्री बस्नेतले भने, 'सञ्चालनमा रहेका उद्योगलाई नियममा ल्याउने तयारी हो।'
संशोधित नियमावली मान्ने क्रसर उद्योग चलाउन दिइने उनले बताए। नियमावली संशोधन गरेर कडाइका साथ लागू गर्ने उनले बताए। 'नियमावली नमान्नेलाई हामी कारबाही गर्छौं,' मन्त्री बस्नेतले भने, 'यसलाई कडाइका साथ लागू गर्न हामी तयार छौं।' नियमावली संशोधन गरेर चलाउँदा ८० प्रतिशत समस्या समाधान हुने उनले बताए।
भूकम्पले गर्दा खानीसम्मको पहुँचमार्ग र बिजुली पुर्यागउन नसकेको र थप गरेको समय सकिइसकेकाले अहिलेको लागि नियवमाली नै संशोधन गर्नु उपयुक्त हुने उनले बताए।
मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योगलाई खानी क्षेत्रमा सार्ने र सार्न नमाने बन्द गर्ने निर्णय सरकारले यसअघि गरेको थियो। खानी क्षेत्रमा भौतिक पूर्वाधार बनिनसकेको भन्दै सरकारले तीन पटकसम्म तीन महिनाको समय दिएको थियो। थपिएको समय यही असार मसान्तमा सकिन लागे पनि ती उद्योगलाई के गर्ने भन्नेमा अहिलेसम्म कुनै निर्णय भएको छैन।
उद्योग मन्त्रालयमा केही दिनदेखि यसमा छलफल जारी छ। छलफलमा सयम थप्नु पर्छ र पटकपटक समय थप्नु हुन्न भन्ने तर्क आइरहेको मन्त्रालयका अधिकारी बताउँछन्। अहिले दुवैथरी माग आइरहेकाले यसबारे केही निर्णय हुन नसकेको उनीहरूको भनाइ छ।
मन्त्रालय स्रोतका अनुसार एकथरीले भूकम्पपछि ठूलो मात्रामा संरचना पुनर्निर्माण गर्नुपर्ने भएकाले एकपटक समय थप्नुपर्ने तर्क गरिरहेका छ। अर्काथरीले पटकपटक समय थप्न नहुने अडान लिएका छन्। यो राजनीतिक विषय भएकाले मन्त्रालयले आफैं निर्णय गर्न नसक्ने स्रोतको भनाइ छ।
गत आइतबार उद्योग मन्त्रालयमा सम्बन्धित मन्त्रालय तथा निकायको बैठकमा उनीहरूसँग अब के गर्न सकिन्छ भनेर सुझाव मागिएको थियो। बैठकमा उद्योग, वातावरण, वन, ऊर्जा, सिँचाइ, वाणिज्य मन्त्रालयका प्रतिनिधि सहभागी थिए। उक्त बैठकमा प्रधानमन्त्री कार्यालय, योजना आयोग, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका प्रतिनिधि पनि सहभागी थिए। उद्योग मन्त्रालयले सम्बन्धित मन्त्रालय तथा निकायसँग लिखित सुझाव मागेको थियो।
सहभागी प्रतिनिधिलाई हालको अवस्था जानकारी गराएको उद्योग मन्त्रालयका सहसचिव ऋषिराज कोइरालाले बताए।
उद्योग मन्त्रालयले खानी क्षेत्र पहिचान गरी आइइई गरेर सम्बन्धित मन्त्रालयमा प्रतिवेदन बुझाइसकेको बताएको छ। खानीसम्म पुग्ने बाटो र विद्युतको हकमा मन्त्रालयले केही गर्न नसक्ने बताएको छ। 'हामीले हाम्रो तर्फबाट गर्नुपर्ने काम गरेका छौं,' मन्त्रालयका प्रवक्ता यामकुमारी खतिवडाले भनिन्, 'बिजुली र बाटोको काम अन्य मन्त्रालयबाट हुन्छ।'
मन्त्रालयले १४ वटा खानी क्षेत्र पहिचान गरेर त्यसभित्रको ९५ खानीको प्रारम्भिक आइइई गरिसकेको छ। खानी क्षेत्रमा पँहुच सडक र बिजुली पुर्याटउन भने सकेको छैन।
खानी क्षेत्रसम्म बिजुली पुर्यानउने काम ऊर्जा मन्त्रालेको हो। बाटो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हेर्छ। 'हामीले कलरफुल (रंगीन) नक्सासहित सम्बन्धित मन्त्रालयलाई सम्पूर्ण जानकारी पाँच महिनाअघि नै दिइसकेका छौं,' खतिवडाले भनिन्, 'हाम्रो काम खानी पहिचान र आइइई गर्ने हो।'
सरकारले खानी क्षेत्र पहिचान गरे पनि त्यहाँ पुग्ने बाटो र विद्युतको व्यवस्था नगरेर मापदण्ड विपरीतका क्रसर उद्योगालाई समय दिँदै आएको छ। सरकारले तीन पटकसम्म म्याद थपिसकेको छ। समय थप्नुअघि यस्ता उद्योगलाई खानी क्षेत्रमा सार्ने योजना थियो।