काठमाडौं- उद्योगी पशुपति मुरारका निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको १८औं अध्यक्ष भएका छन्। शुक्रबारका लागि तय भएको निर्वाचनको प्रतिस्पर्धामा उत्रेका तीनमध्ये दुई प्रत्यासीले मैदान छाडेपछि मुरारका निर्विरोध भएका हुन्।
बहालवाला अध्यक्ष प्रदिपजंग पाण्डे पुरानो मुद्दामा जेल परेपछि रिक्त हुन आएको पदपूर्तिका लागि असार १८ गते चुनाव गर्ने कार्यक्रम तय भएको थियो। मुरारकासहित भवानी राणा र भाष्करराज राजकर्णिकारले उम्मेदवारी दिएका थिए। राजकर्णिकार र राणा दुवैले मुरारकालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेपछि मुरारका निर्विरोध अध्यक्ष चुनिए।
राजकर्णिकारले मंगलबार र राणाले बुधबार पत्रकार सम्मेलन गरी प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेका थिए। महासंघको एकताको लागि आफूहरूले उम्मेदवारी फिर्ता लिएको दुवैको भनाइ छ।
पाण्डे जेल परेपछि मुरारका कार्यवाहक अध्यक्ष थिए। उनी २१ महिनाका लागि अध्यक्ष बनेका छन् आफ्नो कार्यकाललाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउने उनको प्रतिबद्धता छ।
किचलो भइरहने महासंघमा यसपाति कसरी सहमति भयो?
यो सबैको प्रयास हो। सबैको सदासयता सर्वसम्मत होस भन्ने नै थियो। अहिलेको परिस्थिति पनि बेग्लै थियो। अध्यक्ष पदको लागि मात्र निर्वाचन हुन लागेकाले सहमति गर्न सजिलो भयो। केन्द्रमा मात्र होइन, अधिकांश जिल्ला संघहरूले सर्वसम्मतिका लागि दबाब दिएका थिए।
महासंघमा बेलाबेलामा विवाद आइरहन्छ। आन्तरिक राजनीतिले महासंघलाई खल्बल्याएको छ। यसलाई कसरी समाधान गर्नुहुन्छ?
महासंघमा यस्तो धेरै विवाद छैन। केही समस्या छन्। यसलाई हामीले विस्तारै समाधान गर्दै जानुपर्छ। पोहोरको निर्वाचनपछि केही विवाद र समस्या देखिएका थिए तर हामीले यसलाई समाधान गर्न सक्छौं भन्ने सन्देश दिन सक्यौं। समस्या बेलाबेलामा आइरहने कुरा हो। समस्या आउने र समाधान हुने भइरहन्छ। अबको काम भनेको महासंघको एकता बलियो बनाउने हो।
सरकार र निजी क्षेत्र मिलेर जान तपाईंसँग कस्ता योजना छन्?
अहिलेसम्म हामी आफैं कमजोर थियौं। आफैंबीच विवाद गरिरह्यौं र एकता भएन भने हामीले हाम्रा मुद्दामा लबिङ गर्न सक्दैनौं। अबको परिस्थिति बेग्लै हुनेछ। हामी एक भएको सन्देश गइसकेकाले सरकारलाई निजी क्षेत्रको मुद्दा सम्बोधन गर्न दबाब दिन सक्छौं। निजी क्षेत्रका नियमति मुद्दा र माग छन्। तिनलाई सम्बोधन गराउन दह्रो रुपमा प्रस्तुत हुन्छौं।
२०–२२ वटा आर्थिक ऐन, नियम, नियमावली पाइपलाइनमा छन्। ती ऐन–नियम नहुँदा आर्थिक विकास तथा उद्योगधन्दा सञ्चालनमा समस्या आएको छ। म तिनलाई सकेसम्म छिटो पास गराउन प्रयास गर्नेछु।
भूकम्पपछि देश पुनर्निर्माणको यात्रामा छ। यसमा निजी क्षेत्र र महासंघ कस्तो भूमिका खेल्छ?
हामीले पुनर्निर्माणमा निजी क्षेत्रको भूमिका हुनुपर्छ भनिरहेका छौं। पुनर्निर्माणको काम सरकारले मात्र गर्ने होइन, निजी क्षेत्रको सहयोगमा यो सम्भव हुन्छ। सरकारसँगको सहकार्यबाहेक हामीले भूकम्पले अतिप्रभावित १४ जिल्लालाई लक्ष्य गरेर केही कार्यक्रम ल्याउने तयारी गरेका छौं। यी जिल्लाका साना तथा मझौला उद्योगहरू बन्दप्रायः छन्। ती उद्योगको पुनःस्थापना गर्नु महासंघको पहिलो काम हुनेछ। कृषि क्षेत्रमा विभिन्न कार्यक्रम हुनेछन्। एक जिल्ला एक उत्पादन कार्यक्रमलाई ७५ जिल्लामै पुर्यातउन प्रयास हुन्छ।
अब देशमा सानो, ठूलो लगानीको आवश्यकता छ। स्वदेशी लगानी बढाउँदै विदेशी लगानी भित्र्याउनु पर्नेछ। विदेशी लगानी भित्र्याउन अनुकूल वातावरण तयार गर्ने हाम्रो उद्देश्य हुनुपर्छ।
समग्र रुपमा महासंघको एकता र देश विकासको लागि निजी क्षेत्रको विकास महासंघको लक्ष्य हुनेछ।