काठमाडौं- व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले श्रम सम्झौता भएका मुलुकमा मात्र निशुल्क टिकट र भिसाको निर्णय लागू गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिका सभापति प्रभु साहको सभापतित्वमा बसेको बैठकले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सचिव भोलाप्रसाद सिवाकोटीलाई आवश्यक गृहकार्य गरेरमात्र निशुल्क टिकट र भिसाको निर्णय लिन निर्देशनसमेत दिएको छ।
सरकारले तयारीबिनै यस्तो निर्णय गर्दा नेपाली कामदारको माग न्युन हुने र माग अन्य देशतर्फ जानसक्ने सम्भावना रहने समितिले ठहर गरेको छ।
त्यसैले सो निर्णयलाई श्रम तथा सम्झौता भएका देशमा कडाइकासाथ लागू गराउन र श्रम तथा सम्झौता नभएका देशमा शिघ्र श्रम सम्झौता गर्न समितिले निर्देशन दिएको छ।
हाल सात वटा मुलुकमा मात्र श्रम सम्झौता भएको छ। तर ११० मुलुकमा म्यानपावमार्फत् नेपाली कामदार वैदेशिक रोजगारमा जाने भएकाले ती सबै मुलुकसँग श्रम सम्झौता गरी न्युनतम शूल्क निर्धारण गर्न समितिले श्रम तथा रोजगार मन्त्रालयलाई निर्देश दिएको हो।
मन्त्रालयले यही असार २१ गतेदेखि लागू हुनेगरी मलेसिया र खाडी मुलुकका ६ देशमा निशुल्क टिकट र भिसाको निर्णय गरेको थियो।