काठमाडौं– 'नेपालको पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय सम्मेलन'मा विदेशी दाताहरुले सकारात्मक सहानुभूति देखाएका छन्। बिहीबार सम्पन्न सम्मेलनमा मित्रराष्ट्र एवं अन्तरार्ष्ट्रिय विकास साझेदार संस्थाहरुले करिब ४ सय ४० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री रामशरण महतले जनाएका छन्।घोषित सहयोगमध्ये दुई सय २० अर्ब सहुलियतपूर्ण ऋण र दुई सय २० अर्ब अनुदान रहेको अर्थमन्त्री रामशरण महतले जानकारी दिए।
सम्मेलनमा भारतकी विदेशमन्त्री सुष्मा स्वराजले झण्डै १ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता गरिन्। यसमध्ये झण्डै २५ अर्ब रुपैयाँ अनुदान र ७५ अर्ब रुपैयाँ ऋण सहयोग रहने उनले आफ्नो मन्तव्यमा बताइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दिने घोषणा गरिएको १ खर्ब सहित कूल सहयोग रकम अब २ खर्ब रुपैयाँ पुगेको छ।
यसबाहेक आगामी ५ वर्षमा थप १ खर्ब रुपैयाँ दिने र त्यसको ४० प्रतिशत अनुदान र ६० प्रतिशत ऋण रहने आश्वासन स्वराजले दिएकी छन्।
चीनका विदेशमन्त्री वाङ यीले करिब ४९ अर्ब रुपैयाँ सहयोगको घोषणा गरे।
जापानले करिब २६ अर्ब रुपैयाँ, युरोपियन युनियनले रु. ११ अर्ब, एसियाली विकास बैंकले करिब रु. ६० अर्ब, विश्व बैंकले रु. ५० अर्ब, संयुक्त राज्य अमेरिका रु. १३ अर्ब, नर्वे रु. ३ अर्ब ३५ करोड सहयोग प्रतिबद्धता आएको छ।
भुटान, श्रीलङका, बंगलादेशलगायतका देशले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उद्घाटन सत्रमै यो रकम घोषणा गरिएको हो। अन्य गैरसरकारी संस्था र विकास साझेदारहरुबाट प्रतिबद्धता आउनै बाँकी रहेको छ।

सम्मेलनको उद्घाटन सत्रमा नेपालप्रति दाताहरुले गरेको सहयोग घोषणा सकारात्मक रहेको विभिन्न व्यक्तिहरुले प्रतिक्रिया दिएका छन्। सम्मेलन स्थलमै रहेका राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सम्मेलनमा विकास साझेदारहरु सकारात्मक रहेको प्रतिक्रिया दिए। 'तिम्रो देशमा राजनीतिक अस्थिरता छ, स्थायी संविधान छैन त्यसैले तिमीलाई सहयोग गर्दिंन भन्ने हिसाबले कोही पनि प्रस्तुत भएको पाइएन,' नागरिकन्युजसँग उनले भने, 'सबैले दिल खोलेर नै सहयोगको प्रतिवद्धता गरेका छन्।' अझै प्रतिबद्धता आउनै बाँकी रहेकाले सहयोग प्रतिबद्धता ५ खर्ब नघ्न सक्ने उनले अनुमान गरे।
'यो त महायज्ञमा दिन्छौं भनेजस्तै पनि हुन सक्छ, कतिपयले दिन्छौं भनेको सहयोग पनि पछि व्यवहारिक कारणले आउन सक्दैन,' नागरिकन्युजसँग कुरा गर्दै अर्थशास्त्री डिल्लीराज खनालले भने, 'आएको प्रतिद्धता कार्यान्वयन भएमात्र सम्मेलनको औचित्य प्रमाणित हुनेछ।'
जारी सम्मेलनमा प्रतिबद्धताअनुसार ऋण तथा अनुदान दाताहरुले दिए पनि आयोजना कार्यान्वय र खर्च गर्ने हाम्रो क्षमतामा सहयोगको औचित्य निर्भर रहने अर्थविद् विश्वम्भर प्याकुरेलले बताउँछन्। 'बढी मात्रामा लिइने ऋण सहयोग तथा दाताले नै पैसा फिर्ता लाने शर्तमा दिएका अनुदान पनि देशका लागि प्रत्युत्पादक सावित हुन सक्छ,' उनले भने, 'प्रत्येक आर्थिक वर्षको पूँजीगत खर्च ४० प्रतिशतभन्दा बढी गर्न नसक्ने हाम्रो क्षमताका कारण सहयोग रकम कार्यान्वय निकै चुनौतिपूर्ण देख्छु।'

नेपालप्रतिको सहनाभूति सकारात्मक