ललितपुर-औद्योगिक तथा व्यापारिक घराना चौधरी ग्रुपले भूकम्प प्रभावितका लागि अस्थायी टहरा बनाउन सुरु गरेको छ।
वैशाख १२ को भूकम्प र त्यसयताका अनुकम्पनका कारण घरविहीन भएकालाई ग्रुपले १ हजार घर बनाउने घोषणा गरेको ग्रुपले ललितपुरको कार्यविनायक नगरपालिकाभित्र ५२ वटा अस्थायी टहरा बनाउने गरी काम थालेको हो।स्थानीयका अनुसार अहिलेसम्म १० वटा टहरा (छानाबाहेक) निर्माण भइसकेका छन्। ग्रुपले एउटा घरका लागि जस्तापाता, ७८ वटा बास, पाँच बोरा सिमेन्ट, बाँस बाँध्ने तार, प्लास्टिक, झ्यालढोकामा प्रयोग गर्ने छेस्किनी, चुकुल र रङ उपलब्ध गराएको स्थानीय जानकारी दिए। यी सबै वस्तु प्रयोग गर्दा प्रतिटहरा ३० हजार रुपैयाँसम्म ग्रुपको खर्च हुने अनुमान उनीहरूको छ।
ग्रुपले वैशाख २३ मा पत्रकार सम्मेलन नै गरी भूकम्पका कारण बास गुमाएकालाई ७ सय देखि २ हजार डलरसम्मको घर बनाइदिने घोषणा गरेको थियो।
ग्रुपले दिने सहयोगबाहेक घरटहरा बनाउन आवश्यक अन्य वस्तु भने पीडित आफैंले जोहो गर्नुपर्नेछ। रोडा, बालुवा, ढुंगा, इँटालगायत वस्तु खरिद गर्दा कम्तीमा ७० हजार रुपैयाँ पर्ने उनीहरू बताउँछन्।
‘७० हजार आफैंले खर्च गर्नुपर्छ भने चौधरी ग्रुपले भनेअनुसार किन बनाउनु?' स्थानीय बिमला सुनारले भनिन्, ‘सम्पूर्ण सामग्री निःशुल्क गरेर श्रम मात्र जोडेको भए राम्रो हुन्थ्यो।'
ग्रूपले बनाएको टहरामा धेरै जना सदस्य बस्न पनि गाह्रो हुने उनको भनाइ छ। ‘सानो टहरामा पाँच जना कसरी बस्नु?,' पाँचै सदस्य रहेको परिवारकी सुनारले नागरिकसँग भनिन्। सरकारले २ लाख रुपैयाँ उपलब्ध नगराए दीर्घकालीन रुपमा बस्न मिल्ने घर बनाउन नसकिने उनको भनाइ छ। स्थानीय रमेशबहादुर तामाङले पनि ग्रुपले बनाइदिने टहरा स्थायी रुपमा बसोबास गर्ने किसिमको नभएको बताए।
ग्रूपले एक जना प्राविधिक खटाएर टहरा बनाउँदैछ। ‘त्यो प्राविधिकले सिकाएर जान्छ, बाँकी आफैंले बनाउनुपर्छ,' चौधरीको सहयोगमा टहरा निर्माण गरिरहेका थिरकुमार लिम्बूले भने, ‘यसरी बनेको घरले दीर्घकालीन समाधान दिँदैन।'
अर्कोतिर, चौधरीले सहयोग दिएर बनाएको टहराले दीर्घकालीन समाधान नहुने भएकाले यही कारण राज्यबाट पाइने सुविधा खोसिन्छ कि भन्ने चिन्तामा स्थानीय छन्। ‘राज्यबाट २ लाख पाए भनेजस्तो घर आफैं बनाइन्थ्यो,' ललितपुरकै आकाश सिम्ताङले भने, ‘चौधरीले बनाएको घर दीर्घकालका लागि हुँदैन, चौधरीले घर निर्माण गरेको क्षेत्रमा राज्यले केही पनि सहयोग गर्दैन भन्ने हल्ला छ,' सिम्ताङले भने, ‘हामी द्विविधामा छौं।'
भूकम्प पीडितको दीर्घकालीन राहतमा चौधरी फाउन्डेसनमार्फत २५ करोड रुपैयाँ खर्च गर्ने गु्रपले जानकारी दिएको थियो। ग्रुपले प्राइस वाटर्स हाउस कुपर्स (पिडब्लुसी) इन्डिया फाउन्डेसन र सोसल इन्भाइरोमेन्ट एन्ड इकोलोजिकल डेभलपमेन्ट सोसाइटी (सिड्स), इन्डियासँग घर निर्माणका लागि सहकार्य गर्ने बताएको थियो। तर, घर निर्माणमा उनीहरुको प्रविधि प्रयोग भएको छैन। चीनको अलिबाबाका प्रमुख ज्याक्माले समेत सघाउने प्रतिबद्धता जनाएको चौधरीले जानकारी दिएका थिए।
ग्रुपअन्तर्गतको चौधरी फाउन्डेसनमार्फत १ हजार ‘ट्रान्जिसलन' घर आफैं निर्माण गर्ने र बाँकी ९ हजार देशभित्र र बाहिरका विभिन्न संघसंस्था, दातृ निकाय र निजी क्षेत्रलाई प्रोत्साहन गरेर निर्माण गरिने योजना पत्रकार सम्मेलनमा अघि सारिएको थियो। त्यसैअनुरुप ललितपुरमा काम सुरु भएको हो।
यस्ता घरको निर्माण लागत ७ सयदेखि २ हजार अमेरिकी डलर पर्ने जनाइएको हो। भूकम्प पीडितका लागि खर्च गर्ने २५ करोडमध्ये ३ करोड रुपैयाँ राहत सामग्री र बाँकी रकम पुनःस्थापनामा खर्चने योजना छ।