काठमाडौं- काठमाडौं उपत्यकाका नगरपालिकामा उद्योग स्थापना गर्न बाटो खुलेको छ। अब निर्माण सामग्री उत्पादन गर्ने उद्योग रिङरोडबाहिर स्थापना गर्न पाइनेछ। भूकम्पपछिको पुनर्निर्माणमा ठूलो परिमाणको निर्माण सामग्री चाहिने भएकाले उद्योग खोल्ने दिने निर्णय गरिएको उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए।औद्योगिक प्रवर्द्धन बोर्डको २१५औं बैठकले काठमाडौं उपत्यकाका नगरपालिकामा उद्योग खोल्न दिने निर्णय गरेको हो। यसअघि नगरपालिकाभित्र नयाँ उद्योग खोल्ने अनुमति थिएन।
'उपत्यकामा निर्माण सामग्री धेरै चाहिने भएपछि सहज होस भनेर यो निर्णय गरेका हौं,' मन्त्री बस्नेतले आइतबार नागरिकसँग भने, 'नजिक भएपछि यातायात, ढुवानी, मूल्य लगायतमा सहुलियत होला भनेर यसो गरिएको हो।'
अब निर्माण सामग्री उत्पादन गर्ने उद्योग रिङरोडबाहिर खोल्न पाइन्छ। शीघ्र पुनर्निर्माण गर्नुपर्ने अवस्था भएको र भूकम्प प्रतिरोधी भौतिक संरचना तयार गर्दा आवश्यक पर्ने प्रिफेब्रिकेसन, सिमेन्ट ब्लक, स्टिल स्ट्रक्चर तथा मेटल प्यानल जस्ता निर्माण सामग्रीको माग बढेकाले यसको आपूर्ति सहज बनाउन सरकारले यो कदम चालेको हो।
उपत्यकाका नयाँ नगरपालिकामा सबै खालका उद्योग स्थापना गर्न दिने निर्णय भएको पनि मन्त्री बस्नेतले जानकारी दिए। नत्र नगरपालिकाभित्र नयाँ उद्योग खोल्न प्रतिबन्ध छ। औद्योगिक प्रवर्द्धन बोर्डले लगाएको यो बन्देज काठमाडौं उपत्यकाको हकमा संशोधन गर्दै सबै खालका उद्योग खोल्न दिने निर्णय गरिएको हो।
भूकम्पबाट उपत्यका देशका विभिन्न जिल्लाका लाखौं घर, संरचना ध्वस्त भएका छन्। तिनको पुनर्निर्माण गर्न ठूलो मात्रामा निर्माण सामग्री चाहिन्छ। यही आवश्यकता पूरा गर्न उपत्यकानजिकै उद्योग स्थापना गर्ने निर्णय गरेको उद्योग विभागले जनाएको छ।
विभागका अनुसार नयाँ उद्योग खोल्दा दर्तापूर्व सम्बन्धित नगरपालिकाको सर्जमिन मुचुल्कासहितको सिफारिस पेस गर्नुपर्नेछ। कम्तीमा ५ रोपनी जग्गा हुनुपर्नेछ। उद्योग सञ्चालनपूर्व वातावरण प्रदूषण न्यूनीकरणका लागि आवश्यक यन्त्र, उपकरण तथा आधुनिक मेसिन जडान गर्नुपर्नेछ।
पछिल्लो समय उपत्यकाकेन्द्रित निर्माण सामग्री उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्ने माग बढ्दै गएको विभागले जनाएको छ। उपत्यकानजिकै निर्माण सामग्री उद्योग भए मूल्य केही सस्तो हुने, तुरुन्तै पाइने र यातायातको सुविधासमेत हुने विभागको भनाइ छ।
तत्काल आवश्यक कतिपय निर्माण सामग्री उद्योगको प्लान्ट निर्माणस्थलमै सञ्चालन गर्नुपर्ने भएकाले नीतिगत व्यवस्थामा हेरफेर गरी प्रिफेब्रिकेसन, सिमेन्ट ब्लक, स्टिल स्ट्रक्चर तथा मेटल प्यानलका उद्योग उपत्यकामै खोल्न सकिने प्रावधान ल्याइएको विभागले जनाएको छ।
मन्त्री बस्नेतले नवनिर्माण अभियानमा सम्भव भएसम्म स्वदेशी उत्पादन प्रयोग हुने वातावरण बनाउने प्रतिबद्धता जनाए। अब बन्ने निर्माणको गुणस्तर कायम राख्न मन्त्रालयले अनुगमन गर्ने उनले बताए। निजी क्षेत्र, उद्योगी, व्यवसायीले समेत स्वदेशी उद्योगका उत्पादनलाई पुनर्निर्माणमा प्रयोग हुने वातावरण बनाउन माग गर्दै आएका छन्। उनीहरूले पुनर्निर्माणको काममा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने भन्दै त्यसको लागि सरकार र निजी क्षेत्रको पहिलमा बिजनेस रिकभरी सेन्टर स्थापना गर्न सुझाएका छन्।