काठमाडौं-भूकम्पले लाखौं घर ध्वस्त भएपछि प्रिफेब्रिकेटेड (प्रिफेब) घर बनाउने उद्योगमा लगानी बढ्दै गएको छ। भूकम्प प्रतिरोधात्मक घरमा धेरैको चासो देखिएपछि यस्ता उद्योगमा लगानी गर्न स्वदेशी र विदेशी व्यवसायी हौसिएका हुन्। ‘भूकम्पपछि प्रि–फेब घर बनाउन धेरै कम्पनीले रुची देखिएका छन्,' उद्योगमन्त्री महेश बस्नेतले भने, ‘स्वदेशीसँगै विदेशी लगानी भित्रिन थालेको छ।'
उनका अनुसार ‘प्रिफेब' घर बनाउन भनेर पाकिस्तानको एक कम्पनीले स्वीकृति समेत लिइसकेको छ।
‘पाकिस्तानको एफटिएस इन्टरनेसनलले अधिकृत पुँजी एक करोड रहेको उद्योग दर्ता गरेको छ,' मन्त्री बस्नेतले भने। उक्त कम्पनीले जेठ १७ गते उद्योग सञ्चालन गर्न स्वीकृति लिएको हो। एफटिएसले पाकिस्तानमा एमएस सजाल्दिन ट्रेड सोलिट्रेटस् इन्टरनेसनलको नामबाट निर्माण कम्पनी चलाइरहेको छ। यसले नेपालमा २६ जनालाई रोजगारी दिने गरी ३ देखि ३० लाखसम्मका घर बनाइदिने बताएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए। कम्पनीले विभिन्न डिजाइनमा फरक मूल्यका घर बनाइदिने बताएको छ।
एफटिएसले वार्षिक ६ हजार घर बनाउन सक्ने जनाएको छ। धेरै पहिले जापानको एक कम्पनी यस्तै घर बनाउने भनेर आए पनि घर निर्माण हुन सकेको थिएन। त्यसपछि प्रिफेब घर बनाउने भनेर विदेशी लगानी भित्रिएको यो पहिलो हो।
स्वदेशी लगानीकर्ताले पनि यस्ता घर बनाउन रुची देखाएका छन्। उनीहरूले सस्तो मूल्यमा बलियो भूकम्पप्रतिरोधी घर बनाउने दाबी गरेका छन्। पञ्चकन्या समूहले पनि प्रिफेब घर बनाउन प्रस्ताव गरिसकेको छ। विभागका अनुसार पञ्चकन्याले प्रस्ताव ल्याए पनि लगानी स्वीकृत भएको छैन।
नेपाटप अर्गनाइजेसनले पनि ‘सस्तो मूल्यका भूकम्प प्रतिरोधी' घर बनाउने बताएको छ। कम्पनीले विभिन्न डिजाइनका युपिभिसी घर बजारमा ल्याएको छ।
त्यस्तै नेपालका लागि सेरा कम्पनीको आधिकारिक प्रतिनिधी भ्याली प्लसले सुरक्षित घर बनाउने जनाएको छ। थाइल्याण्डको सेरा कम्पनीले भूकम्प प्रतिरोधात्मक घर बनाउँदै आएको छ। भ्याली प्लसका प्रवन्ध निर्देशक सरोज जोशीले राम्रो, हल्का र सुरक्षित घर निर्माण गर्नकोलागी सेरा नेपाल आएको बताए। ‘हामीले दश वर्षदेखि सेराका सामग्री बिक्री गर्दे आएका छौं,' जोशीले भने, ‘धेरै प्रोजेक्टमा यि सामग्री प्रयोग भएका छन्। कहिकतै अहिलेसम्म नराम्रो प्रतिकृया आएको छैन्।' बैंककबाट आएको सेरा समूहले ‘सेरा मक हाउस' नामक प्रविधिबारे पनि जानकारी गराएको छ। सेराले आफ्ना उत्पादनलाई आगो, किरा र ओसले असर नगर्ने दाबी गरेको छ।
सरकारले केही दिनअघि प्रिफेब घरमा गरिने लगानीलाई उद्योग सरहको मान्यता दिइसकेको छ। ‘उद्योग मन्त्रालयको पहलमा प्रिफेब्रिकेटेड भवन तथा संरचना उद्योग सञ्चालनको स्वीकृति दिइएको छ,' मन्त्री बस्नेतले भने। प्रिफेब्रिकेटेड भवन संरचना र यसलाई आवश्यक पर्ने सिमेन्ट ब्लक, स्टिल स्ट्रक्चर र मेटल प्यानल उद्योग सञ्चालनको स्वीकृति दिइएको हो। यो स्वीकृतिसँगै यसमा लगानी गर्नेको पनि रुची बढेको हो।
नगरपालिकाभित्र उद्योग सञ्चालन गर्न नपाइने भएकाले उपत्यकाको रिङरोडबाहिर चलाउन पाउने गरी लगानी स्वीकृत गरिएको हो। यसलाई उत्पादनमूलक उद्योगको रुपमा अनुमति दिइएको उद्योग मन्त्रालयले जनाएको छ। प्रिफेब घर बनाउने उद्योग सञ्चालन गर्न दिनुको मुख्य कारण पुनर्निर्माण कार्यमा सघाउनु रहेको मन्त्री बस्नेतले बताए।
विद्युत, आगो लगायतका तत्वबाट बच्न गुणस्तरमा भने सम्झौता नगर्ने मन्त्री बस्नेतले बताए। सरकारले भूकम्पपछिको नवनिर्माणको लागि भवन, घर निर्माणको नियम ल्याउन लागेको भन्दै प्रिफेब घरहरूलाई पनि त्यो मापदण्डभित्र ल्याइने बताए। प्रिफेबका घरहरू सुलभ मूल्यमा भूकम्प प्रतिरोधी, हावाहुरीबाट सुरक्षित हुन सक्ने कम्पनीहरूले बताएका छन्।
वैशाख १२ गतेको महाभूकम्पले लाखौं घर, संरचना, सम्पदा ध्वस्त भएका छन्। सरकारले यी सबैको भूकम्प प्रतिरोधात्मक संरचना पुनर्निर्माण गर्ने जनाएको छ। दाता सम्मेलन पुनः निर्माणको लागि रकम जुटाइँदै गर्दा विभिन्न उद्योगहरूले नेपालमा लगानी गर्न चासो देखाउन थालेका छन्।