काठमाडौं-श्रम तथा रोजगार मन्त्रालयले लागू गर्न लागेको निःशुल्क टिकट र भिसाको निर्णय ऐनविपरीत भएको खुलेको छ। कानुन मन्त्रालयले उक्त निर्णय ऐनविपरीत भएको प्रस्ट्याएको हो।श्रमले जेठ २६ गते पत्रकार सम्मेलन गरी ७ वटा मुलुकमा टिकट र भिसा शुल्क उतैबाट बेहोर्ने गरी मात्र नेपाली कामदार पठाउन पाइने निर्णय भएको जानकारी दिएको थियो। श्रमले उक्त निर्णय राजपत्रमा प्रकाशित गराउन सम्पादनका लागि कानुन मन्त्रालय पठाएको थियो। कानुनले उक्त निर्णय वैदेशिक रोजगार ऐन २०६४ विपरीत भएको भन्दै राजपत्रमा सूचना प्रकाशित गर्न नमिल्ने बताएको छ।
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले एक साताअघि निर्णय गरेर एक सातापछि हतारहतार लागू गर्न तयारी गरेका बेला कानुनले निर्णय गर्ने अधिकार मन्त्रीलाई नभएको भन्दै फिर्ता पठाएको हो।
कानुन मन्त्रालयका सहसचिव तथा प्रवक्ता टेक ढुंगानाका अनुसार श्रम मन्त्रालयले शून्य लागत निर्णयको सूचना राजपत्रमा प्रकाशित गर्ने प्रयोजनका लागि सम्पादन गर्न पठाएको हो। तर निर्णय वैदेशिक रोजगार ऐनविपरीत भएकाले फिर्ता पठाइएको उनले प्रस्ट्याए।
‘निःशुल्क टिकट र भिसाको विषयमा निर्णय गर्ने अधिकार ऐनले मन्त्रीलाई दिएको छैन। यस्तो निर्णय श्रममन्त्रीले गरेर हुँदैन,' उनले भने, ‘यस विषयमा मन्त्रिपरिषदले मात्र निर्णय गर्न सक्छ।'
सूचना सम्पादनका लागि आएपछि कानुनले वैदेशिक रोजगार ऐनअनुसार छ, छैन हेरेको थियो। ‘ऐनमा मन्त्रीले यस्तो निर्णय गर्न सक्छ भनेर कतै उल्लेख गरेको भेटिएन, त्यसकारण यस्तो सूचना राजपत्रमा प्रकाशित गर्न मिल्दैन,' उनले भने।
श्रम मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ को दफा २४ अनुसार निर्णय गरेको भन्दै राजपत्रमा प्रकाशनार्थ सम्पादनको लागि पठाएको थियो। दफा २४ मा ‘नेपाल सरकारले कुनै खास मुलुक वा कम्पनीको लागि प्रतिकामदार सेवा शुल्क र प्रवर्द्धन खर्चसहित संस्थाले लिन पाउने रकमको अधिकतम हद तोक्नेछ' उल्लेख गरिएको छ।
ऐनअनुसार सरकारले केही देशका लागि लागत खर्च तोकेको छ। तर सम्बन्धित मुलुकबाट आउने कतिपय निःशुल्क टिकट र भिसामा म्यानपावर व्यवसायीले पैसा उठाउने र लागतभन्दा बढी लिएर कामदार ठग्ने गरे पनि प्रमाण नभएको भन्दै मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले कारबाही गर्न सकेको छैन।
श्रम राज्यमन्त्रीले सम्बन्धित मुलुकसँग छलफल नै नगरी शून्य लागतको निर्णय गरेपछि नेपाली कामदार वैदेशिक रोजगारीमा जान नपाउने अवस्था आउने भन्दै म्यानपावर व्यवसायीले विरोध गरिरहेका छन्। राज्यमन्त्री गुरुङले विदेशबाट आउने निःशुल्क टिकट र भिसाको माग आफन्तलाई दिन हतारमा निर्णय गरेको आरोप व्यवसायीको छ।
श्रम मन्त्रालयले भने जसरी पनि निःशुल्क टिकट र भिसाको निर्णय कार्यान्वयन गराउने जनाएको छ। राज्यमन्त्री गुरुङले ‘व्यवसायीले के भन्छन् त्यो सुनिँदैन, आइएलओको प्रावधान अनुसार म्यानपावरले पैसा उठाउन पाइँदैन। त्यसैले निर्णय लागू गरिन्छ' भन्दै आएका छन्।
श्रमले जेठको अन्तिम शुक्रबार नेपाली कामदार बढी जाने मुलुक मलेसिया, बहराइन, ओमान, कतार, साउदी अरब, दुबई, कुवेतमा निःशुल्क टिकट र भिसामा मात्र पठाउन पाइने निर्णय गरेको थियो। कानुन मन्त्रालयले फिर्ता पठाएको सूचनालाई श्रम मन्त्रालयले राजपत्रमा प्रकाशित गर्न नपर्ने रुपमा व्याख्या गरेको छ।
मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले राज्यमन्त्रीबाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्न कानुन मन्त्रालयमा पठाएकोमा कानुनले प्रकाशित गरिरहन नपर्ने भनेर फिर्ता पठाएको बताए। ‘हामीले राजपत्रमा सूचना प्रकाशित गर्न सम्पादनका लागि कानुन मन्त्रालयमा पठाएका थियौं तर कानुनले राजपत्रमा प्रकाशित गर्न नपर्ने बताएपछि गोरखापत्रमा प्रकाशित गरेर निर्णय लागू गर्ने तयारी छ,' उनले नागरिकसँग बताए।
यसअघि प्रधानमन्त्री सुशील कोइरालाले उक्त निर्णय फिर्ता लिन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङलाई आफ्नो कार्यकक्षमा बोलाएर निर्देशन दिएका थिए। उक्त निर्णयविरुद्ध प्रधानमन्त्री गुहार्न गएका व्यवसायीकै अगाडि उनले श्रममन्त्रीलाई निर्देशन दिएका थिए। प्रधानमन्त्री कोइरालाले सम्बन्धित मुलुकसँग छलफल र श्रम सम्झौता गरेर मात्र निर्णय लागू गर्न श्रममन्त्रीलाई निर्देशन दिएका थिए।
मलेसियाका लागि बंगलादेशी कामदार खुल्ला
नेपालमा निःशुल्क टिकट र भिसाको विवाद भएपछि मलेसियाले तत्काल बंगलादेशको कामदार लिने भएको छ। मलेसियाले नेपाली कामदार मलेसिया आउन अन्योल भएको भन्दै बंगलादेशलाई खुल्ला गरेको हो।
मलेसियन कम्पनीले नेपालबाट नलिई बंगलादेशबाट कामदार लिने जानकारी दिएका छन्। बंगलादेशको निजी क्षेत्रले मलेसिया कामदार पठाउन पाउँदैनथे। दुवै देशका सरकारबीच सम्झौता भएर सरकार–सरकार (जिटुजी) प्रणालीमार्फत कामदार पठाउने प्रयास भइरहेमा अहिले म्यानपावर एजेन्सीमार्फत नै लिने निर्णय भएको हो। बंगलादेशबाट प्रत्येक वर्ष १ लाख ८० हजार कामदार लिने सहमति भएको बताइएका छ। गत साता मलेसिया र बंगलादेशबीच म्यानपावर एजेन्सीबाटै कामदार पठाउने सम्झौता भएको थियो।
मलेसियाले बंगलादेशबाट कामदार लिन थालेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाललाई पर्ने व्यवसायी बताउँछन्।
नेेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष नरेश गेलालले नेपालमा निःशुल्क टिकट र भिसाको बखेडा सुरु भएकोले मलेसियाले बंगलादेश खुल्ला गरेको बताए। ‘हामीले एक वर्षदेखि भन्दै आएका थियौं– नेपाल बन्द गराएर कमिसनका लागि बंगलादेश खुलाउने तयारी हो भनेर आज आएर त्यो पुष्टि भयो,' उनले भने। बंगलादेशले बायोमेटि्रक स्वीकार गरेको छ।
नेपालमा पनि बायोमेटि्रक सुरु गर्ने सहमति भएको उनले दाबी गरे। त्यसको सञ्चालन बंगालादेशी मूलका मलेसियन नागरिक अमिनले गर्नेछन्। अमिनले नेपालका केही म्यानपावरलाई निःशुल्क टिकट र भिसाको माग दिने सहमति गरेकाले हतारमा निर्णय गरिएको गेलालको दाबी छ।
निःशुल्क टिकट र भिसा कामदारका लागि राम्रो भए पनि त्यो सीमित स्वार्थका लागि गर्न खोजिएकोले घाटा हुने उनको भनाइ छ। ‘रोक्न सकिएन भने खराब नियत राख्नेका अरु योजना पनि सफल हुन्छन्,' उनले भने।
व्यवसायी किरणकिशोर घिमिरेले निःशुल्क टिकट र भिसा लागू गर्न हतारिनुबाट पनि नियत प्रस्ट हुने बताए। ‘यो राम्रो हो। व्यवसायीले पनि हामी सहयोग गर्छाैं भनेका छन्। तर छलफल गरौं, सम्बन्धित मुलुकले के भन्छ त्यो बुझौं। श्रम सम्झौता पहिला गरौं भन्दा किन मन्त्रीले मानिरहेका छैनन्?,' उनले भने।
अब नेपाल आउने कोटा बंगलादेशले लाने उनले बताए। ‘बंगालीले कम तलबमा पनि काम गर्ने हुनाले मलेसियाको रोजाइमा उनीहरु पर्छन्। अब नेपाली कामदारका लागि मलेसिया बन्द पनि हुन सक्छ,' घिमिरेले भने।