काठमाडौं-भूकम्पले क्षति पुर्याएको संरचना पुनर्निर्माण गर्न बिजनेस रिकभरी सेन्टर बनाउनुपर्ने प्रस्ताव निजी क्षेत्रले अघि सारेको छ। उक्त प्रस्तावमा सरकार र निजी क्षेत्रको संयुक्त पहलमा पुनर्निर्माण गर्नुपर्ने पनि उल्लेख छ। उद्योग मन्त्रालयले निजी क्षेत्रको उक्त प्रस्तावलाई दाता सम्मेलनमा प्रस्तुत गर्ने सरकारको योजनामा पार्ने जनाएको छ।उद्योग मन्त्रालयका अनुसार निजी क्षेत्रले विभिन्न सुझावसहित बिजनेस रिकभरी सेन्टर बनाउन प्रस्ताव गरेको छ। ‘उहाँहरूले प्रस्ताव ल्याउनुभएको छ,' उद्योगमन्त्री महेश बस्नेतले भने, ‘यो प्रस्तावलाई हामीले आगामी योजनाका रुपमा प्रस्तुत गर्छौं।' उद्योग मन्त्रालयले निजी क्षेत्रको प्रस्तावसहित अन्य एजेन्डा थपेर दाता सम्मेलनमा प्रस्तुत गर्ने एजेन्डामा पार्ने मन्त्री बस्नेतले बताए।
सरकारले दाता सम्मेलनपछि पुनर्निर्माणको काम थाल्ने बताएको सन्दर्भमा आफ्नो पनि सहभागिता हुनुपर्ने भन्दै उक्त सेन्टर स्थापना गर्नुपर्ने निजी क्षेत्रले बताएको हो। उनीहरूको प्रस्तावअनुसार सरकार र निजी क्षेत्रको सहभागितामा एक बिजनेस रिकभरी सेन्टर स्थापना गरिने छ र सेन्टरले पुनर्निर्माणको एजेन्डा तय गर्नेछ।
निजी क्षेत्रलाई सहभागी बनाएर मात्र अर्थतन्त्र चलायमान हुने र अवरोध भएका आर्थिक गतिविधि हट्ने नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाको भनाइ छ। पुनर्निर्माणको कामले रोजगारी सिर्जना गर्ने, पुँजी चलायमान हुने र राजस्व संकलन हुने हँुदा यसलाई आधार बनाएर योजना बनाउनुपर्नेमा उनको जोड छ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्रको सहभागितामा पुनर्निर्माण गर्न सकिने एजेन्डासहित सरकारलाई सुझाव दिएको बताए। सरकारले केही क्षेत्र पहिल्याएर विकास योजना बनाउनुपर्नेमा व्यवासायीको जोड छ।
शमाले मुलुकमा विकास गर्न सकिने केही क्षेत्रबारे सरकारलाई धेरैपटक सुझाव दिइसकेको बताए। उनका अनुसार पर्यटन क्षेत्र, उत्पादनमूलक, सेवामूलक लगायत क्षेत्रमा योजना बनाएर काम गर्नुपर्छ।
निजी क्षेत्रको सुझावसहित मन्त्रालयका अन्य केही सुझाव राखेर दाता सम्मेलनमा प्रस्तुत गर्ने एजेन्डा बनाउन लागेको मन्त्री बस्नेतले बताए। उनले भूकम्पपछिको अवस्थामा उद्योग व्यवसायीलाई सेवा र सहुलियत दिने तयारी गरेको बताए।
मेसिनरी औजार अनुदानमा ल्याउने, यसको आयातमा भन्सार महसुल छुट दिने पहल गरेको उनको भनाइ छ। त्यसैगरी बैंकको ऋणमा ब्याज छुट दिने, सफ्टलोन दिने, ऋण मिनाहा गर्नेलगायत सुविधा निजी क्षेत्रलाई दिनुपर्ने सुझाव राखेको मन्त्री बस्नेतले बताए।
भूकम्पले औद्योगिक क्षेत्रमा पनि ठूलो असर र क्षति पुर्याएको छ। ‘अहिलेसम्मको तथ्यांकअनुसार औद्योगिक क्षेत्रमा ७ अर्ब ५२ करोड ७८ लाखको क्षति भएको छ,' मन्त्री बस्नेतले भने। त्यसैगरी व्यवसायीले ९ अर्ब ५७ करोडभन्दा धेरैको घाटा बेहोर्नु परेको मन्त्रालयले जनाएको छ। १ सय १३ वटा सरकारी औद्यागिक भवनमा क्षति पुगेको छ।
भूकम्पले सबैभन्दा धेरै साना तथा घरेलु उद्योगमा क्षति पुर्याएको छ। साना लगानीमा सञ्चालित घरेलु उद्योगले भौतिक क्षतिसँगै मानवीय क्षति पनि बेहोरेका छन्। मन्त्रालयका अनुसार ५४ जना घरेलु व्यवसायीले भूकम्पको कारण ज्यान गुमाउनु परेको छ।
औद्योगिक क्षेत्रमा भएको क्षति पुनर्निर्माण गर्न विभिन्न क्षेत्रसँग छलफल भइरहेको मन्त्री बस्नेतले बताए। उनका अनुसार औद्योगिक पुनर्निर्माणको लागि छुट्टै संयन्त्र बनाउनेबारे छलफल भइरहेको छ। ‘हामीले पुनर्निर्माणको लागि एक संयन्त्र बनाउनुपर्छ भनेर छलफल गरिरहेका छौं,' मन्त्री बस्नेतले भने, ‘यसको लागि एक कमिटी बनाउने तयारी छ।'
उनका अनुसार प्रधानमन्त्री कार्यलयका सचिव, उद्योग, कृषि र वन मन्त्रालयका सचिवको एक कमिटी बनाउनेबारे छलफल भइरहेको छ। यो समितिले औद्योगिक पुनर्निर्माणबारे एजेन्डा बनाउने र सुझाव दिने मन्त्री बस्नेतले बताए।