पोखरा-खानेपानीको जोहो गर्न खोला र कुवा धाउनु पर्दैन भन्ने दिन आउँदा नै लेखनाथ नगरबासीले सुख मानेका थिए। घरघरमै पानीको धारा जोडिएपछि भएको सुखमा फेरि अर्काे सुविधा थपिएको छ। अब उनीहरु खानेपानीको बिल तिर्न कुनै अड्डा धाउनुनपर्ने भएको छ। आफू घरभित्र या बाहिर जहाँ रहे पनि पानीको बिल सजिलै तिर्न सक्ने भएका छन्।अनलाइनको माध्यमबाट सेवासुविधा, किनबेच लगायत आर्थिक कारोबार गर्ने सेवा उपलब्ध गराउँदै आएको कम्पनी ‘इसेवा'ले लेखनाथ नगरपालिकाका बासिन्दालाई नयाँ सुख र सुविधा थपेको हो। कम्पनीले खानेपानीको बिल मोबाइल वा कम्प्युटरका माध्यमबाट तिर्न सकिने सुविधा सुरु गरेको छ। शुक्रबारदेखि यस्तो सुविधा नगरबासीले पाउँदैछन्। ‘दिपाङ तालबाट आएको खोलाको पानी खानुपर्थ्याे,' लेखनाथ–८ शिशुवाकी गृहिणी शारदा बास्तोलाले भनिन्, ‘अहिले त धारा पनि जोडियो, अब झन् बिल पनि घरबाटै तिर्न मिल्ने हुँदा हाइसुख भएको छ।'
लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँग इसेवाले महसुल भुक्तानी सुविधाको माध्यम बन्ने सम्झौता गरेको हो। ‘पैसा तिर्न जाने, आउने र लाइन बस्ने झन्झटका दिन गए,' खानेपानीका अध्यक्ष बोधराज लामिछानेले भने। लेखनाथ–५ का झपटबहादुर थापा डेढ २ सय रुपैयाँको बिल तिर्न सय रुपैयाँ जति खर्च गरेर खानेपानीको अफिस धाउँथे। ‘२/२ वटा बस फेरेर जाँदा दिनै जान्थ्यो,' उनले सुनाए, ‘अब सुख होला कि!'
स्मार्टफोन भएका उपभोक्ताले इसेवाको एप्सबाट महसुल भुक्तानी गर्न सक्छन्। त्यस्तो फोन छैन भने पनि एसएमएसबाट समेत तिर्न सकिन्छ। अर्काे विकल्प भनेको कम्प्युटर हो। इन्टरनेटमार्फत महसुल तिर्न सकिने जानकारी इसेवाको माउ संस्था फोनपे प्रालिका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले दिए। ‘आफूलाई पायक पर्ने नजिकको साइबर/कम्युनिकेसन, स्टेसनरी, किराना पसलमा गएर पनि महसुल तिर्न सकिन्छ,' उनले भने, ‘स्मार्टफोन नभएका र एप्स चलाउन नजान्ने उपभोक्ताले अरुको सहयोग लिएर अरुकै पसलबाट तिरे पनि हुन्छ।' नगरपालिकाका सबै वडामा आफ्ना एजेन्ट नियुक्त गरिसकेको जानकारी उनले दिए।
महसुल रकम कति उठ्यो र आफूले कति रकम भन्ने विवरण पनि घरबाटै थाहा पाउन सकिन्छ। उनका अनुसार खानेपानी महसुल मोबाइल र इन्टरनेटबाट तिर्न मिल्ने सुविधा सुरु भएको दक्षिण एसियामै नौलो हो। कुनै पनि बैंक खाताको पैसा इसेवामा जम्मा गरेपछि त्यसमार्फत खानेपानीको पनि बिल भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको हो।
लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले लेखनाथ नगरपालिकाको ४६ हजार मानिसलाई पानी उपलब्ध गराइरहेको छ। खानेपानी विभाग, नगर विकास कोस, लेखनाथ नगरपालिका कार्यालय र संस्थाबीचमा २०६१ वैशाख ६ देखि पानी आयोजना सुरु भएको थियो। २०६५ सालदेखि आयोजनाले उपभोक्ताका घरघरमा धारा जोड्न थालेको थियो। २१ करोड ८३ लाख खर्चमा आयोजना पूरा भएपछि लेखनाथको अधिकांश टोलका घरमा खानेपानीको धारा पुगेको हो।
यसअघि इसेवाले मोबाइल रिचार्ज, टपअप, बिजुली, इन्टरनेट तथा टेलिफोन बिल भुक्तानी र बैंक खाताको पैसा ट्रान्सफर लगायत सेवा दिँदै आएको थियो। जहाज तथा बस टिकट किन्न सकिने सुविधा पनि इसेवामा छ। इसेवाले देशभर ९ हजारभन्दा बढी इसेवा जोन तथा पोइन्टहरूको एजेन्ट नेटवर्क स्थापना गरेको छ। लेखनाथमा पानीको अनलाइन भुक्तानी सेवा सुरू भएस“गै इसेवाले कास्कीमा आफ्ना जोन तथा पोइन्टहरूको संख्यासमेत थपेको छ।