काठमाडौं-नेपालमा उडान भरिरहेका विदेशी वायुसेवाले हप्तामा सय हाराहारी उडान कटौती गरेका छन्। पर्यटन व्यवसायी त हवाई यात्रु नबढे अहिले कटौती गरेर बसेका केही वायुसेवाले नेपाल उडान बन्दै गर्न सक्ने आशंका गर्छन्।भूकम्पयता नेपालबाट जाने कामदार र विदेशबाट आउने पर्यटक घटेपछि उडान कटौती गरेको विदेशी वायुसेवाका नेपाल प्रतिनिधिले बताए। पछिल्लोपटक सरकारले निःशुल्क टिकट र भिसाको निर्णय गरेपछि कामदारमा अन्योल हुँदा विदेश जान खोज्नेहरु रोकिएका छन्। यो बेला नेपाल उडानमा घाटा भएको भन्दै केही वायुसेवाले फ्लाइट मर्ज गरेर आफ्ना जहाज उडाइरहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विदेशी वायुसेवाहरुले साताको १ सय ३ उडान कटौती गरेका छन्। केहीले कटौती गरेका उडान अक्टोबरसम्म अनिश्चित भनेका छन्।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले अन्तर्राष्ट्रिय उडान संख्या हप्ताको ७ बाट ४ मा झारेको छ। एयर एसिया एक्सले ७ बाट ४ मा झारेको छ। मलेसियन एयरलायन्सले २ उडान कटौती गरेको छ। मलेसियाकै अर्को वायुसेवा मालिन्दोले हप्तामा ३ वटा उडान कटौती गरेको जनाएको छ। सातामा २१ उडान गर्ने कतार एयरवेजले ७ उडान कटौती गरेको छ।
एयर अरेबियाले यात्रु अभावका कारण फ्लाइट मर्ज गरेर उडाइरहेको छ। हप्तामा २१ उडान गर्ने फ्लाई दुबईले ४ वटा घटाएको छ। जेट एयरले दिल्ली सेक्टरमा ७ उडान कटौती गरेको छ। यसले सो सेक्टरमा हप्तामा २१ उडान गर्थ्यो। जेटले मुम्बईका ७ उडान कटौती गरेको छ। यसको मुम्बई उडान हप्तामा १४ थियो। सातामा ६ उडान भर्ने भुटान एयरलायन्सले पूरै रोकेको छ। स्पाइस जेटले पनि पूरै १४ उडान कटौती गरेको विमानस्थलले जनाएको छ। ७ उडान भर्दै आएको विमान बंगलादेश ३ मा खुम्चेको छ। इतिहाद एयरले पनि फ्लाइट मर्ज गरेर उडाउन थालेको छ।
सिचुवान एयरले ५ उडान घटाएर सातामा २ मात्र उडाइरहेका छ। चाइना साउर्दनले सातामा ११ उडान कटौती गरेको छ। एयर चाइना ७ वटै उडान कटौती गरे शून्यमा झारको छ भने चाइना इस्टर्नले १२ उडान कटौती गरेर २ मात्र उडाइरहको छ। सातामा २ उडान गर्ने कोरियन एयरले एउटामा झारेको छ। त्यस्तै, थाई एयरले २ उडान कटौती गरेको छ। सातामा बनारसको ३ उडान गर्ने एयर इन्डियाले सबै कटौती गरेको छ।
२४ विदेशी वायुसेवाले सातामा २ सय ९४ उडान गर्नुपर्नेमा १ सय ९१ मात्र उडाइरहेको विमानस्थलले जनाएको छ।
विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले उडान संख्या निकै कटौती भएको बताए। ‘भूकम्पपछि उडान संख्या घटिरहेको छ। पर्यटक र वैदेशिक रोजगारीमा जानेको संख्या कम भएपछि एयरलायन्सले पनि उडान कटौती गरेका हुन्,' उनले भने, ‘कतिपय एयरलायन्सले फ्लाइट मर्ज गरेर पनि उडाइरहेका छन्, केहीले सानोको सट्टा ठूलो जहाज पनि ल्याएका छन्।'
अहिले अफसिजन पनि भएकोले कटौतीका क्रम अक्टोबरसम्म जारी रहने उनले बताए। ‘कि पर्यटक हुनुपर्योक कि विदेश जाने कामदार। तर दुवै छैनन्। घाटा हुने भएपछि उडान कटौती भएको हो,' उनले भने।
मलेसियन, थाई र एअर अरेबियाको नेपालस्थित जिएसए प्रेसिडेन्ट टुर्स एन्ड ट्राभल्स तथा मार्काेपोलो ट्राभलका सञ्चालक सिद्धार्थविक्रम थापाले अहिले अन्तर्राष्ट्रिय एयरलायन्सले धमाधम उडान कटौती गरेको बताए। ‘भूकम्पपछि पर्यटक पनि छैनन् र कामदारको चाप पनि छैन। त्यसैले नेपाल उडान महँँगो हुन्छ,' उनले भने, ‘अब विदेश जाने कामदारमा पनि शून्य लागतले अन्योल बनाएको छ। यसको प्रभाव पनि एक–दुई महिनामा देखिन्छ। त्यसैले अहिले कटौतीमात्र गरेका एयरलायन्स नेपाल आउनै छाड्ने सम्भावना पनि छ।'
नेपाल वायुसेवाका कमर्सियल डाइरेक्टर सरोजकुमार कसजूले विदेशबाट नेपाल आउने र नेपालबाट विदेश जाने यात्रु घट्दै भएको बताए। ‘एक सातादेखि अझ घट्न थालेका छन्,' उनले भने।