काठमाडौं- आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा विशेष आर्थिक क्षेत्र (सेज) सम्बन्धी काम बल्ल सुरु भएको छन्। तोकिएको जिम्मेवारी पूरा नगरे पनि जवाफदेही हुनु नपर्ने भएकाले स्वीकृत कार्यक्रम परिणाममुखी ढंगले बेलैमा सम्पन्न गर्ने परिपाटी बस्न नसक्दा यो स्थिति आएको हो।बरु आएको बजेट सक्ने उद्देश्यले आर्थिक वर्षको अन्त्यतिर लटरपटर पारेर काम सकिएको देखाउने प्रवृत्तिले संस्कारको रुप लिएको छ।
चालु आर्थिक आर्थिक वर्षको बजेटमा देशका विभिन्न ठाउँमा विशेष आर्थिक क्षेत्र सुधार कार्यक्रम घोषणा गरिएको थियो। त्यही बजेट खर्च गर्न अन्तिम समयमा ठेकेदार छानेर सम्बन्धित ठाउँमा पठाइएको हो।
'काम सुरु गर्न केही ढिला भएको छ,' विशेष आर्थिक क्षेत्र समितिका निमित्त कार्यकारी निर्देशक सरोजकुमार वैद्यले नागरिकसँग भने, 'ढिला भए पनि काम समयमै सक्न ताकेता गरेका छौं।' उनले ठेकेदार सम्बन्धित ठाउँमा पुगिसकेको जानकारी दिए।
सरकारले यो वर्ष भैरहवा, सिमरा, जुम्ला र पाँचखालका विशेष आर्थिक क्षेत्रमा बाँकी रहेको काम गर्न बजेट छुट्ट्याएको थियो। समयमै काम सुरु नभएकोले लक्ष्यअनुसार उपलब्धि हासिल हुन गार्होा छ। वैद्य भने ठूलो बजेट नभएकाले काम पूरा हुने दाबी गर्छन्।
उनका अनुसार ठेक्काको बोलपत्र आह्वानपछि मूल्यांकनमा धेरै समय लागेकाले काम सुरु हुन ढिला भएको हो। बोलपत्रपछि धेरैपटक कागजात मगाउनुपरेको र उनीहरूलाई मूल्यांकन गर्न समय लागेकाले ढिला भएको उनको भनाइ छ। मूल्यांकन हुँदाहुँदै महाभूकम्प गएकाले केही समय अझ पछाडि धकेलिएको उनले बताए।
उनका अनुसार यी चार ठाउँमा १५ देखि ६० लाख रुपैयाँसम्म बजेटको काम यो वर्ष हँुदैछ। भैरहवा सेज निर्माण थालेको सात वर्षपछि गत मंसिर २ गते उद्घाटन भएको थियो। नेपालकै पहिलो सेज उद्घाटन पछि नयाँ उद्योग स्थापना हुने अपेक्षा गरिए पनि उद्योगी चासो देखाएका छैनन्। १२ कम्पनीले मात्र उद्योग स्थापना गर्न आवेदन दिएका छन्। 'यस विषयमा के गर्ने भनेर छलफल भइरहेको छ,' वैद्यले भने, 'बाँकी रहेको भौतिक पूर्वाधारको काम यसै वर्ष गरिँदै छ।' भैरहवा सेजमा पार्क बनाउने र केही मेसिनरीको काम बाँकी छ।
सिमरामा यस वर्ष वरिपरि पर्खाल लगाउने, ब्लक खोल्ने, नदी नियन्त्रण गर्ने, बीचबाट बगेको नहर व्यवस्थित गर्ने लगायत काम छन्। ती काम पनि यो वर्ष अधुरै रहने देखिन्छ। सिमरा सेज निर्माण गर्न लगभग अढाइ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। सिमरा सेज निर्माणमा सघाउन भारत सरकार तयार रहेको उद्योग मन्त्रालयको भनाइ छ। वीरगन्ज चिनी कारखानाको ८ सय बिघा जग्गामा फैलिएको आर्थिक क्षेत्र सुक्खा बन्दरगाहनजिकै पर्छ।
पाँचखालको सेजमा यस वर्ष पहुँच सडक पूरा गर्ने योजना थियो। यसमा सघाउन चीन सरकारलाई आग्रह गरिएको छ। चीनको नजिक पर्ने भएकाले उसैलाई आग्रह गरिएको हो।
दुर्गम जिल्ला जुम्लामा पनि सेज निर्माण गर्ने योजना सरकारले बनाएको छ। यसमा सम्भाव्यता अध्ययनबाहेक अरु काम हुन सकेको छैन। यस वर्ष पहुँच सडक र भौतिक निर्माणका केही काम गर्ने योजना थियो। सरकारले निर्यात प्रवर्द्धन गर्न देशभर सेज बनाउने योजना बनाएको छ। १४ वटा सेज निर्माण गर्न अध्ययन भएको छ।