विपद् ब्रान्ड उपस्थिति अनिवार्य
२८ जेष्ठ २०७२
•
८ मिनेट पाठ
विपद् ब्रान्ड उपस्थिति अनिवार्य
काठमाडौं-प्राकृतिक विपत्तिले अर्थतन्त्रमा अवरोध खडा गरे पनि बजारमा आफ्नो साख र भरोसा कायम राख्न लोकप्रिय ब्रान्ड तथा कम्पनीहरू निरन्तर उपभोक्तासम्म पुग्नुपर्ने सुझाव सम्बन्धित विज्ञले दिएका छन्। भूकम्प गएको लामो समयसम्म पनि ब्रान्ड र कम्पनीहरुको क्रियाकलाप सामान्य हुन सकेको छैन। उपभोक्ता र उत्पादकबीच लामो समय सूचना आदानप्रदान भएन भने बजार गुम्ने वा नयाँ ब्रान्डले कब्जा गर्न सक्ने विज्ञ बताउँछन्।भूकम्प आएको डेढ महिना भइसकेको र बजार लगभग पुरानै अवस्थामा फर्केकोे बेला पनि कतिपय ब्रान्ड र कम्पनीहरुले आफ्ना उत्पादनको सूचना उपभोक्तासमक्ष पुर्यामइरहेका छैनन्। ‘विपद्को बेला वस्तुको माग घटबढ हुन सक्छ तर आफ्नो सूचना उपभोक्तासम्म पुर्याधइरहनु पर्छ,' स्ट्यान्डर्ड चार्टर्ड बैंकका कर्पोरेट अफेयर प्रमुख दिवाकर पौडेल भन्छन्, ‘यो बेला ब्रान्डको विश्वसनीयताको कुरा हुन्छ। उनीहरूले आफ्नो दायित्व सम्भि्करहनुपर्छ।' विपद्को बेला उपभोक्ताले ब्रान्डबाट अरु बेलाभन्दा धेरै आशा गर्ने उनी बताउँछन्। 
ब्रान्डले विपद्को बेला सहयोग गर्न सक्छन् भन्ने विश्वास उपभोक्तमा हुन्छ। उपभोक्ताले सधैं ब्रान्डसँग सम्बन्ध र अन्तर्क्रिया गर्न रुचाउँछन्। यही बेला लामो समय उपभोक्तासम्म पुगिएन र भने विश्वास घट्ने वा बिर्सने स्थिति आउन सक्छ। यही बुझेर आफ्नो कम्पनी भूकम्पको भोलिपल्टदेखि नै निरन्तर उपभोक्ताको सेवामा लागिरहेको पौडेल बताउँछन्। 
वैशाख १२ गतेको महाभूकम्पले अर्थतन्त्रमा ठूलो असर गरेको छ। बजार चलेको छैन, माग छैन भनेर धेरैजसो ब्रान्ड पहिला जस्तो निरन्तर उपभोक्तामा गएका छैनन्। यस्तो बेला प्रतिफलभन्दा पनि उपभोक्तामाझ उपस्थिति जनाइराख्नुपर्ने इतिहाद एरलाइन्सकी कन्ट्री म्यानेजर पवना श्रेष्ठको सुझाव छ। ‘हामी अन्तर्राष्ट्रिय स्तरमा जोडिएकाले हाम्रो उपस्थिति निरन्तर छ,' उनले भनिन्, ‘जुनसुकै ब्रान्ड लामो समय उपभोक्ताबाट टाढिनु हुन्न।'
अमेरिका, जर्मनी, फ्रान्स, रसिया, चीन, भारत, जापान लगायत देशमा १० हजारभन्दा धेरैमा गरिएको अध्ययनअनुसार ८७ प्रतिशत उपभोक्ताले प्राकृतिक विपद्मा कम्पनीहरुले मुख्य भूमिका खेल्नुपर्छ भन्ने विश्वास गर्छन्। ६९ प्रतिशतले कम्पनीहरूसँग विपद्मा काम गर्न सक्ने क्षमता हुन्छ भनेर विश्वास गर्छन्। कम्पनीहरूले कुनै न कुनै रुपमा पीडित र उपभोक्तालाई सहयोग गर्न सक्छन् भन्ने विश्वास उपभोक्तामा हुन्छ। अध्ययनले ८० प्रतिशतभन्दा धेरै कम्पनीले विपद्पछि लामो समय सहयोग गरेको देखाएको छ। 
विपद्को बेला सहयोग गर्ने, पुनर्निर्माणमा लाग्ने ब्रान्डप्रति उपभोक्ताले धेरै विश्वास गरेको देखिएको छ। अध्ययनअनुसार उपभोक्ता पनि कम्पनीसँगै मिलेर राहतमूलक काम गर्न चाहन्छन्। उपभोक्ताले कम्पनीहरुसँग मिलेर विपद् व्यवस्थापनमा काम गरेका प्रशस्त उदाहरण छन्। यसले ब्रान्ड र उपभोक्ताबीच घनिष्टता बढाउने विज्ञहरुको भनाइ छ। 
प्राकृतिक विपद्को स्थितिलाई कम्पनीहरुले पुँजीकरण (क्यापिटलाइज) गर्ने कि केही नगरी लुकेर बस्ने भन्ने सवाल पनि छ। विज्ञहरुका अनुसार यी दुवै काम गर्नु हुँदैन।
‘त्यसो भए के गर्ने त?' 
जवाफमा विज्ञापन व्यवसायी निर्मल भट्टराई भन्छन्, ‘विपद्पछिको अवस्थामा नयाँ ब्राडिङ गर्न सकिँदैन तर ब्रान्डहरू उपभोक्तासमक्ष निरन्तर पुग्नुपर्छ। यसका लागि सामाजिक उत्तरदायिŒवका कार्यक्रमका साथ उपभोक्तासम्म पुग्नु पर्छ।' ब्रान्डले विभिन्न माध्यमबाट विज्ञापन, सामाजिक कार्यक्रम गरेर उपभोक्तामाझ पुगिरहनुपर्ने उनले बताए। ब्रान्ड आफैं उत्तरदायी बन्नुपर्छ। उपभोक्ताले ब्रान्ड भनेको शक्तिशाली हुन्छ र यसले जस्तोसुकै सहयोग गर्न सक्छ भन्ने ठान्छन्। यो बेला उपभोक्ताको पक्षमा ब्रान्ड र कम्पनी हुनुपर्छ।
भूकम्पपछि सेलाएको बजार बिस्तारै उक्सिँदै गरेको जानकारी दिँदै भट्टराईले अबको एक महिनामा ७० प्रतिशतले कारोबार बढ्ने बताए। अन्य केही गरिब मुलुकमा विपद्पछि बजार पुरानै अवस्थामा आउन धेरै समय लागेको बताउँदै भट्टराईले नेपालमा ४५ दिनमै झन्डै ४५ प्रतिशत बजार चलायमान भइसकेको जानकारी दिए। ‘अन्य मुलुकको तुलनामा हाम्रो अवस्था राम्रो देखिन्छ,' भट्टराईले भने, ‘६ महिनाभित्र नेपालमा शतप्रतिशत आर्थिक कारोबार हुन्छ।'
सरोकारवाला भन्छन्, ‘अब ब्रान्ड, कम्पनीहरूले सधैंको जस्तो आफ्नो व्यावसाय गर्नुपर्छ। निरन्तर उपभोक्तसँग मिलेर काम गर्नुपर्छ।' उनीहरूको मान्यता छ– विपद्पछि वस्तुको माग घट्दैन तर आवश्यकता र प्राथमिकता परिवर्तन हुन सक्छ। बिलासी आवश्यकताभन्दा अन्य कुरा प्राथमिकतामा परेको हुन्छ। त्यसलाई ब्रान्डले बुझ्नु पर्छ। 
विज्ञका अनुसार ब्रान्डले बजारको उल्लेख्य हिस्सा उपत्यका र विपत्तिप्रभावित क्षेत्रभन्दा बाहिर छ भन्ने पनि बिर्सनु हुन्न। नेपालको हकमा हरेक बस्तुको झन्डै ६० प्रतिशत बजार राजधानीबाहिर छ। अति प्रभावित जिल्लाले कुल बजारको ५ प्रतिशत हिस्सा ओगट्ने व्यवसायी बताउँछन्। उनीहरूको भनाइ छ, ‘मेजरिटी बजारलाई कदापि बिर्सन हुँदैन।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस