काठमाडौं-दर्ता भएका ट्रेडमार्क प्रयोग नगरी ओगटेर मात्र बस्नेमा गुट्खा कम्पनी अगाडि देखिएपछि सरकारले यिनीहरूलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। केही समयदेखि ट्रेडमार्क अनुगमन गरिरहेको उद्योग विभागले गुट्खा कम्पनीहरूले धेरै ट्रेडमार्क दर्ता गरेर राखेको भन्दै केहीलाई स्पष्टीकरण सोध्न लागेको जनाएको छ। अनुगमनका क्रममा केही कम्पनीले सयभन्दा धेरै ट्रेडमार्क दर्ता गरेको तर प्रयोग नगरेको पाइएको थियो।देशका अधिकांश गुट्खा उद्योग अनुगमन गरिसकेको विभागले जनाएको छ। ‘हामीले अधिकांश गुट्खा कम्पनीको अनुगमन गरिसकेका छौं,' विभागका महानिर्देशक महेश्वर न्यौपानेले बुधबार नागरिकसँग भने, ‘गुट्खा कम्पनीमै धेरै ट्रेडमार्क होल्ड गरेर राखेको पाइयो।'
विभागले पहिलो चरणमा ३१ र ३४ वर्गमा पर्ने गुट्खा, मदिरा, पान पराग र केही खाद्य उद्योगमा अनुगमन थालेको हो। धेरै ट्रेडमार्क दर्ता यस्ता उद्योगले गरेको देखिएकाले सुरुमा तिनमा अनुगमन गरिएको विभागको भनाइ छ। यसमा पनि विभागले गुट्खा, पान पराग कम्पनीका फाइल अगाडि बढाएको छ।
विभागले काठमाडौं, झापा, मोरङ, सुनसरी, नेपालगन्ज, भैरहवा, बुटवल लगायत ठाउँमा अुनगमन गरिसकेको छ। ती ठाउँबाट प्रतिवेदनसमेत आइसकेको छ। प्रतिवेदन आइसकेका कम्पनीसँग प्रयोग नभएका ट्रेडमार्क भेटिएको, कतिपय दर्ता भएका ट्रेडमार्कको उद्योग नै सञ्चालन नभएको भेटिएको महानिर्देशक न्यौपानेले बताए।
उनका अनुसार अनुगमन गर्दा दर्ता भएका तर प्रयोग नभएका धेरै ट्रेडमार्क भेटिएका छन्। रिपोर्ट बनाउन काम लगभग सकिएको र केही दिनभित्रै गुट्खा कम्पनीलाई ‘दर्ता भएका ट्रेडमार्क किन प्रयोग भएनन्?' भनेर स्पष्टीकरण सोध्न लागिएको विभागले जनाएको छ।
गुट्खा कम्पनीहरूले भारतीय बजारमा आएका र टेलिभिजनमा प्रचारित विज्ञापनका आधारमा ट्रेडमार्क दर्ता गर्ने गरेको पाइएको छ। उनीहरू नेपाली बजारमा आउनुअघि नै यहाँका उद्योगले ट्रेडमार्क दर्ता गरेर राख्ने गरेका छन्।
अनुगमन क्रममा केही कम्पनीले भारतीय कम्पनीका ट्रेडमार्क दर्ता गरेर राखेको पाइएको थियो। धेरै ट्रेडमार्क दर्ता गर्ने कम्पनीले केही उत्पादन गरेको भए पनि सबै प्रयोगमा आएका छैनन्। यस्ता कम्पनीले दर्ता गरेको सबै ट्रेडमार्क सुर्ती तथा गुट्खाजन्य छन्। विभागका अनुसार यस्ता कम्पनीले दर्ता गरेका अधिकांश ट्रेडमार्क भारतीय कम्पनीका छन्। रजनीगन्धा, पान पराग, डबल गुट्खा छाप, कमला पसम, मजिरा, भिमल, शिकार जस्ता ट्रेडमार्क दर्ता गराएका छन्।
देशभरका गुट्खा कम्पनीको अनुगमन गर्दा यस्तै किसिमको प्रवृत्ति देखिएको विभागले जनाएको छ। यसैको आधारमा स्पष्टीकरण र कारबाही अघि बढाएको हो।
ट्रेडमार्कको चोरी र होल्ड राख्ने प्रवृत्ति बढेपछि विभागले अनुगमन थालेको हो। बौद्धिक सम्पत्तिमा कपिराइटका विषयमा धेरै विवाद र दुरुपयोग भएको सुनिएको बेला ट्रेडमार्क चोरी र होल्ड गरेर राख्ने प्रवृत्ति देखिएको हो।
अहिले खासगरी गुट्खा, सूर्ती, मदिराका ट्रेडमार्क धेरै चोरी र होल्ड गरेर राखिएको विभागको तथ्यांकले देखाएको छ। खासगरी भारतमा दर्ता भएका उत्पादनका ट्रेडमार्क नेपालमा दर्ता छन्। ‘भारतमा दर्ता भएका र टेलिभिजनमा देखिएका सबै दर्ता गरेर राखेको पाइएको छ,' न्यौपानेले भने, ‘तिनीहरू कारबाहीको दायरामा ल्याउँछौं।'
ट्रेडमार्क होल्ड गर्नुको उद्देश्य बार्गेनिङ गर्नु भएको विभागको भनाइ छ। भारतमा प्रायः गुट्खा प्रतिबन्ध छ। भारतका कम्पनी नेपालमा बजार खोज्न आउँछन्। नेपालमा बिक्री गर्न खोज्दा पहिले नै उनीहरूको ट्रेडमार्क दर्ता भइसकेको हुन्छ। नेपालमा बेच्न आफ्नो ट्रेडमार्क दर्ता गरेर राख्नेसँग किन्नुपर्ने हुन्छ। विभागका अनुसार मिल्दोजुल्दो नाम राखेर दर्ता गर्ने धेरै छन्। अरुले दर्ता गरेको ट्रेडमार्गमा न्यु, सुपर जस्ता शब्द जोडेर नयाँ दर्ता गर्ने चलन छ।