‘तत्कालीन र दीर्घकालीन योजना आवश्यक'
२६ जेष्ठ २०७२
•
९ मिनेट पाठ
‘तत्कालीन र दीर्घकालीन योजना आवश्यक'
काठमाडौं-भूकम्प र नयाँ राजनीतिक सहमतिपछि आर्थिक समृद्धिको लागि सरकारले चरणबद्ध योजना बनाएर अघि बढ्नुपर्नेमा उद्योगी र अर्थविदले जोड दिएका छन्। सरकारले कम्तीमा ३ चरणका आर्थिक एजेन्डा बनाएर लागू गर्नुपर्ने उनीहरुले सुझाए।भूकम्पपछि अर्थतन्त्रमा ठूलो असर परेको भन्दै उनीहरुले आर्थिक एजेन्डालाई परिस्थितिअनुरुप बदलेर योजना बनाउनुपर्ने बताए। पहिलो चरणमा ‘डिजास्टर रिकभरी'मा जोड दिनुपर्ने, त्यसपछि मध्यम र दीर्घकालीन एजेन्डा बनाएर सरकारले काम थाल्नुपर्ने उनीहरुको सुझाव छ। 
‘भूकम्पपछिको अवस्थामा सरकारले तीन तहका योजना बनाउनु पर्छ,' अर्थविद डिल्लीराज खनालले भने, ‘पहिलो– तत्काल गर्नुपर्ने पुनर्निर्माण, दोस्रो– तीन वर्षभित्रमा गरिने मध्यकालीन योजना र तेस्रो– पाँच वर्षको दीर्घकालीन योजना।'
अघि बढिरहेको अर्थतन्त्रमा वैशाख १२ गतेको भूकम्पले ‘ब्रेक' लगाइदिएको छ। नीति, नियम, कार्ययोजना, वार्षिक बजेट कार्यक्रम र प्राथमिकता परिवर्तन गर्नुपर्ने अवस्था छ। सबै व्यवसायी तथा अर्थविदको साझा धारणा छ– भूकम्पले भत्काएका संरचनाको तत्काल पुननिर्माण। ‘सरकारको पहिलो चरणको कार्यक्रम पुनर्निर्माण नै हो,' नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले भने, ‘तत्काल गर्नुपर्ने पुनर्निर्माणकै काम ढिला भइरहेको छ।'
भूकम्पले लाखौं घर ध्वस्त भएका छन्। उद्योग व्यवसाय, विद्युतगृह लगायत संरचनामा क्षति भएको छ। तिनलाई पहिलो चरणमा सक्ने गरी काम गर्नुपर्ने व्यवसायीको सुझाव छ। 
अर्थविद खनालले पनि पुनर्निर्माणलाई दीर्घकालीन आर्थिक वृद्धिको आधार बनाउनुपर्ने बताए। ‘अन्य देशले विनाशलाई आर्थिक वृद्धिको आधार बनाएको उदाहरण छन्,' उनले भने, ‘हामी पनि त्यसै गरी अघि बढ्नुपर्छ।'
अर्का अर्थविद विश्वम्भर प्याकुरेल सरकारले स्पष्ट खाका बनाएर आर्थिक एजेन्डा अघि बढाउनुपर्ने बताउँछन्। दातृ निकायले दिएको पैसा खर्च गर्न नसक्ने अवस्थामा रहेकाले समय तालिका सहितको आर्थिक एजेन्डा बनाउनुपर्नेमा उनले जोड दिए। 
पहिलो चरणमा तत्कालीन अवरोध हटाउनु पर्नेमा खनालले जोड दिए। घट्न पुगेको आर्थिक कारोबार उकास्न पुनर्निमार्णलाई आधार बनाउनपर्ने उनको भनाइ छ। पुनर्निर्माणको लागि कम्तीमा पनि १० खर्बको कोष बनाउनुपर्ने उनले बताए। 
नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष पशुपति मुरारका पुनर्निर्माणको काममा जनतालाई नै प्रत्यक्ष सहभागी गराउनुपर्ने विचार राख्छन्। भूकम्पले ध्वस्त निजी घर र संरचना बनाउने काम व्यक्ति विशेषलाई नै दिनुपर्ने उनले बताए। ‘पीडित वा निर्माणकर्तालाई प्रत्यक्ष पैसा दिनुपर्छ,' मुरारकाले भने, ‘यसो हुँदा निजी क्षेत्रले काम पाउँछ।' पहिलो चरणको काममा निजी क्षेत्रलाई सहाभागी बनाएमात्र अर्थतन्त्र चलायमान हुने उनको धारणा छ। पुनर्निर्माणको कामले रोजगारी सिर्जना, पुँजी चलायमान र राजस्व संकलन हुने हुँदा यसलाई आधार बनाएर मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने उनको सुझाव छ। 
दोस्रो चरणमा मध्यकालीन योजनालाई अघि लानुपर्ने अर्थविदको सुझाव छ। उनीहरूले भूकम्पपछिको पुनर्निर्माणलाई मात्र ध्यान दिएर अहिले चलिरहेका योजनालाई पछाडि धकेल्न नहुने सुझाए। ‘अन गोइङ (चालु) परियोजनाहरुलाई छोड्नु हुँदैन,' खनालले भने, ‘यी परियोजनाले नै अर्थतन्त्रलाई अघि बढाउने हो।'
कम्तीमा तीन वर्षभित्र सकिने योजना बनाएर काम थाल्नुपर्नेमा व्यवसायीले जोड दिए। दातृ निकायले दिएको पैसा खर्च हुने गरी योजना बनाएर बजेट विनियोजन गर्नुपर्ने उनीहरूको सुझाव छ। निजी क्षेत्रलाई निर्माण कार्यमा सहभागी गराएर अर्थतन्त्र बजबुत बनाउने आधार खडा गर्नुपर्नेमा उनीहरुले जोड दिए। 
व्यवसायीले स्पष्ट रुपमा यी–यी क्षेत्र काम गर्ने भनेर दीर्घकालीन योजना बनाउनु पर्नेमा पनि जोड दिए। ‘सरकारले ५–७ क्षेत्र पहिल्याएर विकास योजना बनाउनु पर्छ,' परिसंघका शर्माले भने, ‘सबै क्षेत्रमा हात हालेर मात्र हुँदैन, केही क्षेत्रमा स्पष्ट खाका बनाएर विकास गर्नुपर्छ।' 
शर्माले देशमा विकास गर्न सकिने केही क्षेत्रबारे सरकारलाई पहिले नै सुझाव दिइसकेको बताए। उनका अनुसार पर्यटन, उत्पादनमूलक, सेवामूलक लगायत क्षेत्रमा योजना बनाएर काम गर्नुपर्छ।
महासंघका मुरारकाले पनि दुई वर्षअघि नै आर्थिक क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भनेर सुझाव दिइसकेको जानकारी गराउँदै विशेष क्षेत्र छुट्ट्याएर आर्थिक एजेन्डा बनाउनुपर्नेमा जोड दिए। ‘भूकम्पको बाबजुद उद्योगमा लगानी गर्न स्वदेशी, विदेशी सबै तयार छन्,' मुरारकाले भने, ‘सरकारले नीतिगत रुपमा स्पष्ट योजना बनाएर आफ्नो खाका तयार गर्नुपर्छ।'
दीर्घकालीन योजना औद्योगिक क्षेत्रको विकास गर्ने गरी बनाउनुपर्ने उनीहरूको भनाइ छ। भूकम्पपछि दाता सम्मेलन हुन लागेको र लगानी धेरै आउने भन्दै यस बेला सरकारले स्पष्ट योजना बनाउन चुक्न नहुने उनीहरूले बताए। 
‘सरकारले रकम भित्र्याउन दाता सम्मेलन गर्दैछ,' परिसंघका शर्माले भने, ‘तर सरकारले के तयारी गरेको छ, कस्तो योजना दातासमक्ष पेस गर्दैछ हामीलाई अहिलेसम्म थाहा छैन।' उनी नेपालको पुनर्निर्माण गर्न ठूलो रकम भित्र्याउनु पर्ने भएकाले सरकारले स्पष्ट योजना बनाउनुपर्ने धारणा राख्छन्। यो क्रममा निजी क्षेत्रसँग पनि छलफल गर्नुपर्छ। 
अर्थविद खनालले पनि भूकम्पपछि वातावरण फरक भएको भन्दै दीर्घकालीन योजनाको लागि दाताबाट अनुदानमै जोड दिनुपर्ने बताए। ‘भूकम्पपछि दाताले अनुदान दिन सक्छन्,' खनालले भने, ‘अहिलेको अवस्थामा यसमै जोड दिनुपर्छ।'
दीर्घकालीन योजनाको लागि आवश्यक बजेट जुटाउन कार्यक्रम तर्जुमा, स्पष्ट नीति–नियम, खर्च गर्ने विश्वसनीय आधार हुनुपर्ने उनले बताए। खनालले भूकम्पबाट अति प्रभावित १४ जिल्लाको लागि स्पष्ट नीतिसहितको कार्यक्रम चाहिने बताए। हाइटीमा भूकम्पपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ‘डेथ रिलिफ फन्ड' बनाएर काम गरेको उदाहरण दिँदै दातृ निकायले नेपालमा पनि यस्तै किसिमका कार्यक्रम गर्न सक्ने तर यसको लागि सरकारको स्पष्ट योजना र नीति चाहिने उनको धारणा छ।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस