काठमाडौं– आगामी आर्थिक वर्षको बजेट सीमा रु. ८ खर्ब ८० अर्बको रहने योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले बाएका छन्। यो गत आर्थिक वर्षको बजेट (रु. ६ खर्ब १८ अर्ब)भन्दा २ खर्ब ६२ अर्ब रुपैयाँले बढी हो। आगामी आर्थिक वर्षका लागि भूकम्पअघि करिब १ खर्ब बढाएर सिलिङ निर्धारण गरिएकोमा भूकम्पपछिको आवश्यकतालाई सम्बोधन गर्न डेढ खर्ब जति बजेट सीमा बढाइएको उनले बताए। तर, भूकम्पका क्षति र पुनःनिर्माणलाई सम्बोध गर्न पुनःनिर्माण कोषअन्तर्गत छुट्टै बजेट परिचालन हुने उनले बताए। संसदको विकास समितिलाई सम्बोधन गर्दै उनले हरेक वर्षको बजेटले राजस्व असुलीको लक्ष्य उच्च राख्ने तर लक्ष्य पूरा गर्न गाह्रो हुने परिस्थिति प्रत्येक वर्ष दोहोरिने गरेको बताए।
अर्थसचिव सुमनप्रसाद शर्मामाले बजेटको सिलिङ बढाउनु वा बढी बजेट विनियोजन गर्नुले मात्र विकास नहुने धारणा राखे। ‘सिलिङ त बढाएर १२ खर्बसम्म पनि अहिले नै पुर्याउन सकिन्थ्यो,’ अर्थसचिव शर्माले भने, ‘तर, छुट्याइएको बजेट अर्थात् पूँजीगत खर्च हुन नसक्दा प्रत्येक वर्ष बजेट फ्रिजको समस्या दोहोरिएको छ।’ चालू आर्थिक वर्षमा पनि हालसम्म ३८ प्रतिशत मात्र पूँजीगत खर्च भएको र कुलमा ५९ प्रतिशत बजेट मात्र खर्च भएको उनले बताए।
भूकम्पअघिसम्म सरकारले ‘इजी बजेट’को अवधारणाअनुसार कार्यान्वयन गर्न सकिने गरी बजेट ल्याउने र कार्यान्वयनलाई जोड दिने अवधारणा बनाएको उनले बताए। ‘कार्यान्वय बर्ष मनाउने तयारीसहितको नयाँ बजेट ल्याउने काम भइरहेको थियो,’ उनले भने, ‘तर कार्यान्वय वर्ष भने मनाउन नसकिने भएको छ।’
नयाँ आर्थिक वर्षका लागि नियमित बजेटअन्तर्गत कार्यक्रमहरुलाई सुचारु गर्दै नयाँ कार्यक्रम थपिने, भूकम्पपछिको पुनर्निमाणका लागि छुट्टै कोषअन्तर्गत बजेट परिचालन गर्ने अर्थसचिव शर्माले बताए। बजेट कार्यान्वयमा गएपछि आवश्यक परेमा विशेष तथा पूरक बजेट पनि ल्याउन सकिने अवस्था रहने उनले बताए।
विश्वका करिब ३७ देश र २७ ओटा अन्तराष्ट्रिय संस्थाहरु संलग्न हुने दाता सम्मेलनपछि केही विषयहरुको निर्णयमा पुग्न सहज हुने उनले बताए।
आगामी आर्थिक वर्ष ६ प्रतिशतसम्मको आर्थिक वृद्धिदर(कुल गार्हस्थ्य उत्पादन वृद्धि दर) प्राप्त गर्ने गरी नयाँ बजेट ल्याउने जेठ मसान्तभित्रै ल्याउने तयारी गरेको भए पनि विपत्तीपछिको अवस्थामा ५ प्रतिशतसम्मकै वृद्धिदरमा पनि चित्त बुझाउनु पर्ने अवस्था भएको अर्थ मन्त्रालयको धारणा छ।