म्यागी चाउचाउ प्रतिबन्धित, अन्य ब्रान्डको पनि गुणस्तर जाँच हुने
२१ जेष्ठ २०७२
•
६ मिनेट पाठ
म्यागी चाउचाउ प्रतिबन्धित, अन्य ब्रान्डको पनि गुणस्तर जाँच हुने
काठमाडौं-मानव स्वास्थ्यका लागि हानिकारक पदार्थ भेटिएपछि भारतमा प्रतिबन्धित म्यागी चाउचाउ नेपालमा पनि बिक्रीवितरण रोक लगाइएको छ। भारतमा परीक्षण गर्दा म्यागीमा उच्च परिमाणमा विषालु धातु सिसा (लेड) र हानिकारक मोनोसोडियम ग्लुटामेट (एमएसजी) भेटिएको थियो। लगत्तै दिल्लीलगायत विभिन्न राज्यहरूले यसको बिक्रीमा प्रतिबन्ध लगाएका थिए। म्यागीले भारतीय बजारमा ठूलो हिस्सा ओगटेको छ।विशेष गरी डिपार्टमेन्टल स्टोरहरुमा बिक्री गरिने नेपालमा आयातित म्यागी पनि हानिकारक हुन सक्ने भन्दै बिहीबार कृषि विकास मन्त्रालयले यसको आयात र बिक्री–वितरणमा तत्काल रोक लगाउने निर्णय गरेको हो। 
‘हामीले तत्कालका लागि म्यागी चाउचाउ बेच्न रोक लगाएका छौं,' कृषि सचिव उत्तमकुमार भट्टराईले नागरिकसँग भने, ‘भारतमा हानिकारक वस्तु भेटिएकाले यहाँ पनि रोक लगाउनुपरेको हो।'
सरकारले अन्य ब्रान्डका चाउचाउको पनि गुणस्तर परीक्षण गरिने जनाएको छ।
खाद्य तथा गुण नियन्त्रण विभागले भारतबाट आयातित म्यागीको परीक्षण सुरु गरिसकेको छ। परीक्षणको नतिजा आउन केही समय लाग्ने भएकाले भारतकै परीक्षणका आधारमा रोक लगाइएको भट्टराईले जनाए।
उनका अनुसार विभागबाट परीक्षण नतिजा नआउन्जेल म्यागी नबेच्न र उपभोग नगर्न अनुरोध गरिएको छ। ‘हामीले व्यापारीलाई आयात र बिक्री नगर्न, उपभोक्तालाई प्रयोग नगर्न अनुरोध गरेका छौं,' भट्टराईले भने, ‘ल्याब टेस्टबाट नकारात्मक नतिजा आए प्रतिबन्ध कायम राख्दै थप कारबाही गर्ने र सकारात्मक आए बिक्रीवितरण गर्न दिइनेछ।' 
विभागले परीक्षण अवधिमा नै बिक्री–वितरण नहोस् भनेर प्रतिबन्धबारे भन्सार विभागका क्षेत्रीय कार्यालयमा सूचना पठाइसकिएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए। 
ल्याब परीक्षणपछि नकारात्मक रिपोर्ट आए आयातकर्तालाई खाद्य ऐनअर्न्तगत कारबाही गरिने उनले बताए। 
नेपालमा म्यागीको आयातकर्ता को हो, अहिलेसम्म यकिन हुन सकेको छैन।
बिहीबार विभागले प्रेस विज्ञप्ति जारी गरी नेस्ले इन्डियाद्वारा उत्पादित म्यागी ब्रान्ड चाउचाउमा अत्यधिक सिसा पाइएको समाचार विभिन्न सञ्चार माध्यममा आएको जनाउँदै अर्को सूचना नआउन्जेल आयात र बिक्री–वितरणमा बन्देज लगाएको प्रस्ट्याएको छ। 
भारतमा गरिएको परीक्षणले अन्य चाउचाउ पनि परीक्षण गर्नुपर्ने पाठ सिकाएको कर्ण बताउँछन्। पहिलो चरणमा म्यागीको नमुना परीक्षण सकेपछि अन्य ब्रान्डको पनि गरिने कर्णले बताए। ‘यस घटनाले हामीलाई चाउचाउप्रति सचेत बनाएको छ,' उनले भने, ‘अब बजारमा पाइने अन्य स्वदेशी–विदेशी ब्रान्डका चाउचाउ परीक्षण हुन्छ।' 
प्रयोगशाला परीक्षणबाट अखाद्य पुष्टि भए बिक्रीमा रोक लगाइने वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्वासेले बताए। अहिलेसम्म आयात रोक्न कसैले जानकारी नगराएको जनाउँदै उनले कृषि विभागबाट अनुरोध आए रोक्न सकिने प्रस्ट पारे। 
बुधबार भारत, नयाँदिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले १५ दिनका लागि म्यागी बिक्री–वितरणमा रोक लगाइएको बताएका थिए। उनले पत्रकार सम्मेलनमा म्यागीको परीक्षण गरिने र भारतीय खाद्य मानकअनुसार भेटिए प्रतिबन्ध फुकुवा गरिने बताए। यसअघि केरलाबाट म्यागीको स्टक जफत गरिएको थियो।
भारतको उत्तर प्रदेशको खाद्य सुरक्षा तथा औषधि प्रशासनले गत वर्ष फेबु्रअरीमा उत्पादित म्यागी चाउचाउमा स्वाद बढाउन अत्यधिक एमएसजी हालेको र प्रशस्त सिसा फेला पारेपछि त्यो खेपको उत्पादन फिर्ता लिन आदेश दिएयता यो ब्रान्डमाथि निगरानी सुरु भएको हो। म्यागीमा तोकिएभन्दा सात गुणा बढी १७ पिपिएम सिसा फेला परेको थियो। 




नेस्ले सन् १८६६ मा स्विट्जरल्यान्डमा स्थापना भएको चर्चित बहुराष्ट्रिय कम्पनी हो। यसले म्यागी, नेस्क्याफे, बार–वान, नेस्ले मिल्क, स्लिम मिल्क, दहीलगायत दुग्ध र पोषणजन्य खानेकुरा उत्पादन गर्छ। धेरै उत्पादनमध्ये म्यागी कम्पनीको चर्चित खानेकुरा हो। भारतमा उत्तर प्रदेशबाट सुरु भएको विवाद देशव्यापी भइसकेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस