आधा पनि खर्च भएन पुँजीगत बजेट
१९ जेष्ठ २०७२
•
६ मिनेट पाठ
आधा पनि खर्च भएन पुँजीगत बजेट
काठमाडौं-आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी रहे पनि सरकारले पुँजीगत बजेट आधा खर्च गर्न सकेको छैन। अघिल्ला वर्षहरुमा सरकारी कर्मचारीले पुँजीगत बजेट खर्च हुन नसक्नुमा समयमै बजेट नआएको र बारम्बार हुने बन्द हडताललाई कारण देखाउने गर्थे। यो वर्ष बजेट समयमै आएको र बन्द हडतालजस्ता अवरोध नभएको अवस्थामा पनि सरकारले खर्च गर्न सकेको छैन।महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको जेठ १८ सम्ममा ४३ अर्ब ९९ करोड रुपैयाँ पुँजीगत बजेट खर्च भएको छ। यो लक्ष्यको ३७. ६८ प्रतिशत मात्र हो। सरकारले यो वर्ष एक खर्ब १६ अर्ब रुपैयाँ पुँजीगत बजेटविनियोजन गरेको छ। अघिल्ला वर्षहरुमा भने यो समयसम्म आइपुग्दा ५० प्रतिशतभन्दा माथि पुँजीगत बजेट खर्च भएको हुन्थ्यो। 
‘वर्षको सुरु देखि नै पुँजीगत खर्च बढन नसकेको अवस्थामा वैशाख १२ को भूकम्प पछि झनै बढ्न सकेन,' अर्थ मन्त्रालयका एक अधिकारीले भने ‘सबै सरकारी संयन्त्र भूकम्प प्रभावित जिल्लाका पीडितहरुलाई राहत र पुनर्स्थापनामा संलग्न भएकाले पुँजीगत बजेट खर्च हुन नसकेको हो।' 
भूकम्पका कारण करिब ३ दर्जन जिल्ला प्रभावित भएको र १४ जिल्ला अति प्रभावित बनेका छन्। यी जिल्लाहरुमा तथ्यांक संकलनलगायतका कामका लागि इन्जिनियरसहितका सरकारी कर्मचारी टोली खटिएको छ। भूकम्पकै कारण प्रभावित जिल्लामा मात्र नभएर अन्य जिल्लाहरुमा पनि काम हुन सकेको छैन। 
पुँजीगत खर्चजस्तै चालु खर्च पनि यो वर्ष धेरै बढेको छैन। सरकारले ३ खर्ब ९८ अर्ब रुपैयाँ चालु खर्च हुने अनुमान गरेको थियो। अहिलेसम्म यस्तो खर्च २ खर्ब ४६ अर्ब रुपैयाँ भएको छ। यो लक्ष्यको ६१.८६ प्रतिशत हो। चालु खर्च नबढेकाले यस वर्ष सरकारलाई थप दबाब परेको छैन। यसको बजेट रकमान्तर गरी सरकारले अन्य क्षेत्रमा खर्च गर्न सक्ने छ।
महालेखाका अनुसार यो अवधिमा सरकारी राजस्व पनि घटेको छ। सरकारले यो वर्ष ५ खर्ब १४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो। जेठ १८ सम्म ३ खर्ब ३९ करोड रुपैयाँ मात्र राजस्व उठेको छ। यो लक्ष्यको तुलनामा ६६.०१ प्रतिशत मात्र हो। अन्य महिनाका तुलनामा वर्षको अन्त (असार) मा केही बढी राजस्व उठने प्रचलन अनुसार सरकारले यो वर्ष साढे ४ खर्बभन्दा माथि राजस्व उठने अनुमान गरेको छ। यस्तै सरकारले अहिलेसम्म वित्तीय व्यवस्था अन्तर्गत ६६ अर्ब १८ करोड रुपैयाँ खर्च गरेको छ। 
यो वर्ष पुँजीगत खर्च बढ्न नसके पछि मध्यावधी समीक्षामार्फत बजेट नै घटाइएको छ। बजेटमा पुँजीगत खर्च शिर्षकमा १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन भएकामा मध्यावधी समीक्षामार्फत ९९ अर्ब २४ करोड रुपैयाँमा झारिएको छ। 
पुँजीगत खर्च गर्ने जिम्मेवारी लिएका मन्त्रालयहरुले खर्च बढ्न नसक्नुमा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद ऐन र अन्य बजेटरी प्रक्रियालाई बाधकका रुपमा औल्याउने गरेका छन्। सम्पूर्ण सरकारी संयन्त्र भूकम्प पिडितको राहत र उद्धारमा लागेकाले यस पछि भने खर्च हुन नसक्नुलाई न्यायोचित मान्न सकिन्छ। 
महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको कुल खर्च पनि ५७.७६ प्रतिशत मात्र भएको छ। चालु बजेटले ६ खर्ब १८ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकामा जेठ १८ सम्ममा ३ खर्ब ५६ अर्ब रुपैयाँ मात्र खर्च भएको छ। 
सरकारले बजेट खर्च गर्न नसक्दा वैदेशिक सहयोगको औचित्य पनि देखिएको छैन। यो वर्ष दातृ निकायहरुबाट वैदेशिक ऋण तथा अनुदानको प्रतिवद्धता उच्च रुपबाट आएको छ। चालु आवको ६ महिनाकै अवधिमा मात्रै यस्तो प्रतिवद्धता २ खर्ब १७ अर्ब रुपैयाँको आएको छ। वैदेशिक अनुदान र ऋणमा सञ्चालित परियोजनाहरुले खर्च बढाउन नसक्दा विदेशी सहयोगको पनि औचित्य नदेखिएको हो।
चालु आव अन्ततिर पुगे पनि सरकारले महत्व दिएर राष्ट्रिय गौरवका रुपमा प्रस्तुत गरेका आयोजनाहरुमा खर्च बढेको छैन। बहुवर्षीय ठेक्का लागेका कतिपय आयोजनाहरुले पनि रकम खर्च गर्न सकेका छैनन्। 
जग्गा प्राप्तिको समस्या, वन क्षेत्रको रुखहरुको कटान समयमा नहुने, ठेकेदारहरुको व्यवस्थापकिय अक्षमता, निर्माण सामाग्रीको अभाव, प्राविधिक जनशक्तिको अभाव, प्रभावकारी अनुगमन एंव मूल्यांकनको अभाव, स्थानीय बासिन्दाको अस्वाभाविक मागजस्ता विषयहरुले पुँजीगत बजेट खर्च नसकेको बताइएको छ।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस