काठमाडौ-नेपाली कामदारको भारतपछिको दोस्रो ठूलो रोजगार गन्तव्य मलेसियासँग चाँडै श्रम सम्झौता हुने भएको छ। सरकारले पठाएको सम्झौताको संशोधित मस्यौदा स्वीकार गरेको क्वालालम्पुरले दुवै पक्षलाई अनुकूल हुने समयमा सम्झौता गर्न तयार रहेको प्रतिक्रिया दिएको छ।श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्झौताको संशोधित मस्यौदा मलेसिया पठाएको थियो। अन्य गन्तव्य साउदी अरब र कुबेतले भने कुनै प्रतिक्रिया नदिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।
यी मुलुकसँग श्रम सम्झौता गर्न लामो समयदेखि पहल भइरहेको छ। सरकारले सबै मुलुकमा पटक–पटक मस्यौदा पठाइसकेको छ। साउदी र कुबेतले यताबाट पठाएको मस्यौदा संशोधन गरेर फिर्ता पठाइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले पटक–पटक मस्यौदा पठाएपछि मलेसिया सम्झौता गर्न तयार भएको बताए। अन्तिम मस्यौदा तयार भइसकेकाले ऊसँग चाँडै सम्झौता हुने उनले बताए। ‘यसअघि नै सम्झौतामा हस्ताक्षर भइसक्थ्यो, भूकम्पले पर धकेल्यो,' उनले भने।
वैदेशिक रोजागारीमा जाँदा चर्को पैसा तिर्नुपर्ने वाध्यता हटाउन सम्बन्धित मुलुकसँग सम्झौता गर्न लागिएको हो। रोजगारदाताले कामदारलाई निःशुल्क भिसा उपलब्ध गराउनुपर्ने प्रावधानसहितको सम्झौता गर्ने गरी काम थालिएको मन्त्रालयको भनाइ छ। यसो भए कामदारले राहत पाउनेछन्। मस्यौदामा कामदारको लागत खर्च कम गर्न छनोट प्रक्रियामा हुने अस्वस्थ प्रतिस्पर्धा र विचौलियाको संलग्नता निरुत्साहित गर्न आवश्यक व्यवस्थासमेत समेटिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता बुद्धिबहादुर खड्काले तीन देशसँग सम्झौता गर्न लागे पनि मलेसियाले मात्र प्रक्रिया अघि बढाएको बताए। ‘हस्ताक्षर गर्ने दिन मलेसियाका अधिकारी आउने वा नेपालका उता जाने भन्ने मात्र टुंगो लाग्न बाँकी छ,' उनले भने, ‘अहिले भूकम्पको विपतले गर्दा उनीहरुलाई बोलाउन पनि सकिएको छैन। हामी जाने अवस्था पनि छैन। त्यसमाथि अहिले सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक लगाइएको छ।'
साउदी अरब र कुबेतका लागि परराष्ट्र मन्त्रालयसँग छलफल गरेर अघि बढ्ने खड्काले बताए। ‘दुई देशबीच पनि चाँडै टुंगो लाग्छ। हामीले दिएको मस्यौदामा उनीहरुले पुनः प्रतिक्रिया दिए भने हामी सच्च्याएर अघि बढ्छौं,' उनले भने।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को प्रावधानअनुसार श्रमिकको सेवा, सुविधा, अधिकार तथा सुरक्षाका लागि कामदारको स्रोत र रोजगारदाता मुलुकबीच श्रम सम्झौता हुनुपर्छ। नेपालले हालसम्म कतार, युनाइटेड अरब इमिरेट्स (युएई), बहराइन, जापान र दक्षिण कोरियासँग मात्र श्रम सम्झौता गरेको छ।
नेपाली कामदारले गन्तव्य मुलुकमा करार बमोजिम पारिश्रमिक नपाउने, कार्यस्थलको वातावरण उपयुक्त नहुने, आवासको उचित प्रबन्ध नहुने, फरक संस्कृति र वातावरणमा घुलमिल हुन अप्ठेरो हुने, कार्यस्थल तथा सडकमा दुर्घटना परी अंगभंग वा ज्यानसमेत गुमाउनुपर्ने जस्ता समस्या झेल्दै आएका छन्। यस्ता समस्या न्यूनीकरणमा सरकार संवेदनशील नभएको गुनासो बढेपछि सम्झौताको प्रक्रिया अघि बढेको हो।