छलफलै नगरी ‘निःशुल्क मलेसिया' प्रचार
१२ जेष्ठ २०७२
•
८ मिनेट पाठ
छलफलै नगरी ‘निःशुल्क मलेसिया' प्रचार
काठमाडौ-सरकारले बिनाखर्च मलेसियालगायत खाडी मुलुकमा कामदार पठाउने तयारी गरे पनि यसबारे सम्बन्धित मुलुक र व्यवसायीसँग छलफलै नगरेको खुलेको छ। नेपालले यसबारे छलफलै नगरी एकतर्फी प्रचार गरेको भन्दै गन्तव्य मुलुकका म्यानपावर व्यवसायी र सरकारी प्रतिनिधिले आपत्ति जनाउन थालेपछि यस्तो खुलासा भएको हो।श्रम तथा रोजगार मन्त्रालयले यसै साता मलेसियालगायत खाडी मुलुकमा शून्य लागतमा कामदार पठाउने निर्णय गर्दैछ। 

नेपालका म्यानपावर व्यवसायीले कामदारसँगबाट चर्काे शुल्क उठाएको गुनासो बढेको भन्दै मन्त्रालयले मलेसिया र खाडी मुलुकमा निःशुल्क टिकट र भिसामा बाहेक कामदार पठाउनै बन्द गर्ने तयारी गरेको हो। एकलौटी निर्णय भए नेपाली कामदारका लागि गन्तव्य मुलुकमा रोजगारको सम्भावना नै गुम्न सक्ने सम्बन्धित व्यवसायी औंल्याउँछन्। 

सरकारले निःशुल्क टिकट र भिसाको निर्णय गर्नुपूर्व सम्बन्धित मुलुकसँग छलफल र सम्झौता गरेर मात्र कोटा निर्धारण गर्नुपर्नेमा एकतर्फी निर्णय गर्न लागेको उनीहरुको आरोप छ। 
मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटीले निःशुल्क टिकट र भिसामा मात्र व्यवसायीलाई कामदार पठाउन दिइने, नत्र ती मुलुकमा पठाउनै बन्द गर्ने बताए। ‘हामीले कामदार पठाउँदा निःशुल्क पठाउने हो, मन्त्रीज्यू अहिले राहतका लागि गोरखा जानुभएको छ, आएपछि निर्णय हुन्छ,' उनले जानकारी दिए, ‘सम्बन्धित मुलुकले निःशुल्क टिकट र भिसा दिन नमाने कामदार पठाउन बन्द गर्छाैं।'
सरकारले पहिले निर्णय गरेर सम्बन्धित मुलुकसँग पत्राचार गरिने सिवाकोटीले जनाए। ‘त्यसलगत्तै श्रम, परराष्ट्र र वैदेशिक रोजगार व्यवसायीको टोली ती मुलुक जाने र औपचारिक जानकारी गराउने अवधारणा बनेको छ,' उनले भने।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले सरकारले संयन्त्र बनाएर मात्र निःशुल्क टिकट र भिसा निर्णय लागू गरिनुपर्ने बताए। उनका अनुसार व्यवसायीले निःशुल्क लागतमा कामदार पठाउन तयार छन् तर सरकारले सम्बन्धित मुलुकमा गएर छलफल र सम्झौता नगरी एकलौटी गर्दा नेपालको रोजगार गुम्न सक्ने हुँदा सरकार संवेदनशील हुनुपर्छ। ‘नेपालका लागि सुनिश्चित कोटा हुनुपर्छ, श्रम सम्झौता हुनुपर्छ,' उनले भने। 

अस्वस्थ प्रतिस्पर्धाबाट कामदार कोटा ल्याउँदा व्यवसायीले ठूलो रकम कमिसनबापत सम्बन्धित मुलुकमा लगानी गर्नुपर्ने बाध्यता छ। यही बाध्यताले नेपालका सबै म्यानपावरले अवैध बाटो (हुन्डी) बाट कमिसन पठाइसकेका छन्। यस्तो रकम साढे दुई अर्ब हाराहारी छ। 

‘अब मिहिनेत गरेर, विदेशमा मार्केटिङ गरेर निःशुल्क टिकट र भिसा ल्याउनुपर्छ,' सिवाकोटीले भने। 

संघका पूर्व दित्तीय उपाध्यक्ष तथा व्यवसायी कुमुद खनालले नेपालले मात्र निःशुल्क देऊ भनेर यस्तो कोटा आउन नसक्ने बताए। ‘हामीजस्तै व्यवसायी सम्बन्धित मुलुकमा छन्, त्यहाँ पनि खुला अर्थतन्त्र छ, त्यहाँको सरकारले त्यहाँका व्यवसायीलाई निःशुल्क गर भन्न सक्दैन। दबाब दियो भने अन्य मुलुकबाट कामदार ल्याउँछ,' खनालले भने, ‘यस्तो माग गर्दा बरु रोजगार नै गुम्न सक्छ।' कामदार माग निजी क्षेत्रले गर्ने भएकाले सम्बन्धित मुलुकको सरकारले निजी क्षेत्रलाई ‘यस्तो गर उस्तो गर' भनेर निर्देशन नदिने उनले सुनाए।
नेपालमा एकतर्फी रूपमा निःशुल्क कामदार पठाउने प्रचारले मलेसिया, कतारका सरकारी अधिकारी र त्यहाँका व्यवसायी रुष्ट भएर कामदारै लिन छाडेको खनाल बताउँछन्। ‘मेरै कम्पनीमा पनि केही कामदारको माग छ तर उनीहरुले दैनिक इमेल गरेर सोधिरहेका छन्,' उनले भने। 

ती मुलुकमा नेपालबाट मात्र कामदार नजाने हुनाले त्यहीँबाट कामदार माग गर्नसक्ने उनको आँकलन छ।

खनालका अनुसार मलेसियामा १४ देश, दुबईमा २० देश, साउदी र कतार, ओमन र बहराइनमा १७ देशका कामदार पुग्छन्। व्यवसायीलाई बढी दबाब दिइए नेपालबाट कामदार लानै छाड्ने उनको भनाइ छ।
मलेसियामा बंगलादेशबाट कामदार लैजान निषेध छ तर नेपालको रोजगार विवाद भए बंगलादेशको कामदार खुलाउन सक्ने व्यवसायी औंल्याउँछन्। एक महिनाअघि कतारले पनि बंगलादेशका कामदारलाई रोजगार खुला गरेको थियो।

सरकारले डलर अकाउन्टको सुविधा नदिँदा हुन्डीमार्फत कमिसन पठाउनुपर्ने बाध्यता उनले सुनाए। ‘सात वर्षदेखि डलर अकाउन्टको सुविधा मागेका छौं तर त्यो सुविधा नपाउँदा हुन्डीबाट पैसा गइरहेको छ,' खनालले भने। 

म्यानपावर व्यवसायीले मात्र होइन, चाइनाबाट सामान ल्याउने व्यापारी र विदेश पढ्ने विद्यार्थीले समेत हुन्डीबाटै विदेश पैसा पुर्याोउने गरेका छन्। मलेसियाबाट नेपाली कामदार माग ल्याउन म्यानपावर व्यवसायीले २ अर्ब ५० करोड कमिसन मलेसियाका एजेन्टलाई बुझाएको सूची व्यवसायीले नै मन्त्रालयमा बुझाएका थिए।

कामदार कोटा ल्याउन चर्को प्रतिस्पर्धा गरेका व्यवसायीले कमिसन बढी तिर्ने होडमा मलेसियामा मात्र यति ठूलो रकम फसेको बताउँदै आएका छन्। उनीहरु यो रकम डुब्न नदिन पनि तत्काल शून्य लागतमा मलेसिया निर्णय रोक्न दबाब दिइरहेका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस