‘निःशुल्क मलेसिया’ रोक्न लबिङ
११ जेष्ठ २०७२
•
७ मिनेट पाठ
‘निःशुल्क मलेसिया’ रोक्न लबिङ
काठमाडौं–नेपाली कामदारलाई बिनाशुल्क मलेसिया पठाउने सरकारी तयारीविरुद्ध म्यानपावर व्यवसायीले लबिङ थालेका छन्। कामदार कोटा कसले धेरै ल्याउने भन्ने होडमा अवैध बाटो (हुन्डी) मार्फत मलेसिया पठाएको अढाइ अर्ब कमिसन रकम डुब्ने देखिएपछि उनीहरू सरकारी तयारीविरुद्ध उभिएका हुन्। सरकारले भिसा र टिकटका लागि पैसा लिने म्यानपावरलाई मलेसिया कामदार पठाउन रोक्ने तयारी गरेपछि व्यवसायी आफंै अवैध बाटोबाट पैसा पठाइरहेको विषयमा बोल्न बाध्य भएका हुन्।

‘कोटा कमिसनबापत गैरकानुनी बाटो अर्थात् हुन्डीबाट मलेसिया पैसा पठाइरहेका थियौं’ भनेर हाकाहाकी भनिरहेका व्यवसायी त्यही पैसा खेर जाने तर्क गर्दै सरकारले गर्न खोजेको निःशुल्क भिसा र टिकटसम्बन्धी निर्णय नै रोक्न उच्च तहमा लबिङ गरिरहेका छन्। उनीहरु अहिले गैरकानुनी रुपमा विदेश पुर्याएको पैसा फस्नबाट सरकारले नै रोकिदिनुपर्ने कुतर्क गरिरहेका छन् । ‘कानुनतः हुन्डी वा अन्य गैरकानुनी माध्यमबाट विदेश पैसा पठाउन पाइँदैन । यसो भन्नु विधिको शासनमाथि नै चुनौती हो,’ श्रम तथा यातायात मन्त्रालयका एक अधिकारीले भने।

कामदारको माग ल्याउन कमिसन बढी बुझाउने होडमा अहिले २ अर्ब ५० करोड रुपैयाँ मलेसियामा फसेको व्यवसायीको दाबीले विगतमा पनि अर्बौं रुपैयाँ अवैध बाटो बाहिरिएको देखाउँछ ।
ठूला व्यवसायीले ३० लाखदेखि ६ करोडसम्म मलेसियाली एजेन्टलाई कमिसनबापत बुझाइसकेको मन्त्रालयस्रोत बताउँछ । श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटीले बिहीबारको बैठकमा निःशुल्क टिकट र भिसामा मात्र कामदार पठाउने प्रसंग निकाल्नेबित्तिकै केही व्यवसायीले मलेसियामा कमिसनबापत ठूलो रकम गइसकेकाले यो निर्णय तत्काल नगर्न दबाब दिएका थिए।

‘केही व्यवसायीले तत्काल निःशुल्क भिसा र टिकटको नियम लागू गर्दा रकम फस्ने भन्दै हारगुहार गरे,’ सिवाकोटीले नागरिकसँग भने। व्यवसायीले मन्त्रालयमा बुझाएको विवरणअनुसार पछिल्लोपटक इन्टरनेसनल म्यानपावर रिक्रुमेन्ट प्रालिले ६ करोड, वाइड स्पेसले ५ करोड, कोसीले ३ करोड, ट्रस्ट नेपालले १ करोड, क्याराभानले १ करोड, प्याराडाइजले २ करोड, गुरुङ म्यानेजमेन्टले १ करोड, सुवास ह्युमन रिसोर्सले २ करोड, मदिना इन्टरनेसनलले ५० लाख, द रिभर ओभरसिजले २ करोड, एससिएमले १ करोड, रारा इम्प्लोयमेन्टले ५० लाख रुपैयाँ मलेसियाली एजेन्टलाई कमिसनको रुपमा अवैध बाटोबाट पठाएका छन् ।

‘२ सयभन्दा बढी व्यवसायीले मलेसियामा कमिसनका नाममा लगानी गरेको सूची मन्त्रालयमा छ,’ ती अधिकारीले भने, ‘थोरैमा ३० लाख र बढीमा ६ करोडसम्म एउटै व्यवसायीले लगानी गरेका छन् ।’ अवैध बाटोबाट लगानी गरेकाले यसमा मन्त्रालय जिम्मेवार नहुने उनले बताए। एक साताअघि राजधानीमा आयोजित म्यानपावर व्यवसायीको भेलामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेले सार्वजनिक रुपमा नै मलेसियालगायत खाडी मुलुकमा व्यवसायीको लगानी रहेकाले तत्काल निःशुल्क टिकट र भिसाले समस्या हुने बताएका थिए । रारा इम्प्लोयमेन्टका सञ्चालक गैरेले कमिसन दिनुपर्ने बाध्यताले अवैध बाटोबाट पठाएको पैसा डुब्ने खतरा बढेको बताए। इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालिका सञ्चालक वाइबी राईले मलेसियामा आफ्नो ठूलो लगानी रहेको स्विकारेका छन् । ‘हो मेरो लगानी छ। बाध्यताले लगानी गर्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘सरकारले लगानी गरेकालाई केही समय दिएर मात्र निःशुल्क टिकट र भिसा प्रक्रिया अघि बढाउनुपर्छ ।’

कमिसनमा लगानी गैरकानुनी रहेको गैरेले स्विकारे । ‘गैरकानुनी भन्दैमा व्यवसायी नै डुब्नुपर्छ भन्ने छैन । सरकारले बाटो देखाउनुपर्छ,’ उनले भने । संघका अध्यक्ष हंशराज वाग्लेले व्यवसायीको यो कदमलाई गैरकानुनी भने । ‘गैरकानुनी लगानीलाई कसरी संरक्षण गर्न सकिन्छ ?,’ उनले प्रश्न गरे। ‘पैसा डुब्छ भन्ने पहिला नै थाहा थियो, किन लगानी गरेको ?’ उनका अनुसार सरकारले निर्णय गर्न लागेको निःशुल्क टिकट र भिसामा संघले समर्थन जनाइसकेको छ । निःशुल्क कामदार पठाउँदा व्यवसायी र कामदार दुवैलाई फाइदा हुने उनले बताए।
व्यवसायीहरु भने मलेसियामा एउटा कामदारको माग ल्याउन ५० हजार रुपैयाँसम्म कमिसन दिनुपर्ने दाबी गर्छन् । व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाका कारण कमिसन लगानी बढ्दै गएको छ । त्यसको सोधभर्ना गर्न व्यवसायीले कामदारसँग चर्काे शुल्क उठाउँछन् । मलेसियाका लागि सरकारले ८० हजार रुपैयाँ लागत तोके पनि व्यवसायीले १ लाख ५० हजारसम्म उठाउँदै आएका छन्।

व्यवसायीले चर्काे शुल्क उठाउन थालेपछि सरकारले शून्य लागतमा कामदार पठाउने तयारी थालेको हो ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस