काठमाडौं-राहत सामग्री लिएर पहिलो पटक उनी सिन्धुपाल्चोक पुग्दा त्यहाँको दृश्य भयावह थियो। अधिकांश घर ध्वस्त थिए। परिवार सदस्य र घर गुमाएकाहरु छटपटाइरहेका थिए। पीडितसँग अभिव्यक्त गर्न आँसु बाहेक अरु केही बाँकी थिएन। पहिलो भूकम्पको पाँचौं दिन काठमाडौं अवतरण गरेका उनी 'जेटल्याक' बेवास्ता गर्दै ३ ट्रक राहत सामग्री लिएर सिन्धुपाल्चोक हानिएका थिए।'एउटा ठूलो इमोशन जागेर आयो । यहाँ आएर के गर्ने केही योजना थिएन तर मभित्र एक किसिमको दृढ विश्वास र आँट जाग्योे', झन्डै एक महिना राहत वितरण गरी अष्ट्रेलिया फर्किन लागेका गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेले भने, 'हामी कहिलै मर्दिन भने जरसी बाँच्दा रहेछौं ।' भूकम्पको मुख्य धक्का अनुभव गर्न नपाए पनि विभत्स दृश्यहरुले उनीभित्र वैराग्यको सञ्चार भएको रहेछ। 'त्यो सब देखेपछि धनसम्पत्ति भन्ने कुरा पनि केही हैनरहेछ भन्ने लाग्यो । साँच्चै दुःखमा छटपटाइरहेकालाई मल्हम लगाउनुको आनन्द अर्बौ रुपैयाँ कमाउनुभन्दा बढी रहेछ भन्ने अनुभव भएको छ।'
हुन पनि अष्ट्रेलियन अर्बपति घले नेतृत्वको एनआरएनले यो पटक सहयोग रकम प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा बुझाएन । प्रधानमन्त्रीलाई चेक दिएन । र त्यसको फोटो पनि खिचाएन । बरु राहत वितरणको नेतृत्व गर्दै अध्यक्ष घले श्रीमती जमुनासँगै आफैँ जिल्ला–जिल्ला, गाउँ–गाउँ पुगे । चिउराका बोरा आफैँ पनि बोके । भूकम्प घाइतेलाई मल्हम लगाउन सँगै चिकित्सक टोली लिएर हिँडे । 'सरकारलाई पन्छाउन खोजेको हैन । उसका आफ्नै कार्यशैली र संयन्त्रहरु छन्', उनले सुनाए, 'यो पटक हामी वास्तविक पीडितसम्म आफैँ छिटो पुग्न चाह्यौं ।'
पीडितका नाउँमा जथाभावी राहत उठाएर अनियमितता होला भनेर सरकारले एकद्वार प्रणाली लागू गरेको अवस्थामा यो काम त्यति सहज थिएन । 'वास्तविक पीडितले राहत पाउन् र त्यो नदोहोरियोस' भन्ने मोडल सरकारविरोधी हैन भनेर बुझाउन उनी आफैँ सिंहदरबार धाए । 'मलाई नेपालको राजनीति चरित्र र सरकारको कार्यशैली धेरै थाहा छैन तर हामी इमान्दार छौं । पीडित समक्ष जान नरोक्नुहोस् भनेर हामीले बुझाउन सक्यौंं', उनले सुनाए ।
नेपालमा काम गर्ने गैर सरकारी संस्थाहरु पारदर्शिताको विषयमा सधैँ आलोचित छन् । एनआएनलाई त्यो अपजस नलागोस् भन्नका लागि घलेले काम थालेका रहेछन् । राहतका लागि संकलन भएको पैसा र खर्चको छुट्टै लेखा परीक्षण गर्न यही साता एनआरएनले लन्डन मुख्यालय भएको अन्तर्राष्ट्रिय अकाउन्ट कम्पनी बेकर टेलीलाई नियुक्त गरेछ । 'सरकारलाई विश्वासमा लिन भन्दा पनि संस्थामा पारदर्शिताको संस्कार बसाउन पनि यो नगरी नहुने काम हो', उनको बुझाइ छ, 'एक दुई महिनाभित्रै हामी प्रतिवेदन सार्वजनिक गर्नेछौं ।'
***
वैशाख १२ पछि अष्ट्रेलियका यी अर्बपतिको जीवनले केही फरक मोड लिएको छ । 'मेरो जीवनको समग्र कोर्स नै बद्लिएयो नि', उनले स्वामीशैलीमा सुनाए, 'मान्छे स्वार्थी प्राणी हो । पहिला ज्यानकै कुरा आउँदा रहेछ । आपतमा हामी पहिला आफूलाई हेर्दो रहेछौं, त्यसपछि आफ्नालाई हेर्दोरहेछौं ।' नेपाल र नेपालीसँग गाँसिएको त्यही आफ्नोपनसँग लहरिँदै घले अष्ट्रेलियाकोे कारोबार तत्क्षण छोडेर काठमाडौं फर्किएका रहेछन् ।
'बाहिरी पहिचानको लागि अध्यक्ष पदको जिम्मेवारी एउटा पक्ष हो । यो पटक म अध्यक्ष हुँ भनेर मात्र बसिनँ', राहत वितरणमा सबै किसिमको कामको स्वाद चाखेका उनले आफ्नो अस्तव्यस्त अनुभव एक सासमै सुनाए । दिनको १७ घण्टासम्म काम गरेर आराम गर्न पाउँदा निकै सुखानुभूति भएको उनको अनुभव छ । 'सबै साथीहरुलाई खट्नु भयो । सबैले त्यति नगरेको भए एनआरएनले यो सफलता पाउने थिएन', कतिपय स्थानमा राहत लिएर जाने पहिलो टोली एनआरएन बन्न सकेकोमा उनलाई विशेष सन्तुष्टि रहेछ ।
मेलबर्न स्थित एमआइटी होल्डिङ्सलाई समेत नेतृत्व दिइरहेका उनको विश्वास छ, हरेक निकायको माथिल्लो तह पारदर्शी, शुद्ध र सक्रिय हुनुपर्छ । फोहोर मुहानबाट झरेको पानी सुनकै करुवामार्फत पिए पनि शुद्ध हुन सक्दैन । यही विश्वासले राहत वितरणका सबै मोर्चामा घले आफैँ सक्रिय भएका रहेछन् । अध्यक्ष स्वयं नै जिल्ला पुगेर राहत वितरणमा संलग्न हुँदा धेरै पक्षमा सकारात्मक 'इन्डिकेटर' देखिएका छन् । 'अनियमितता नियन्त्रण र चुस्त व्यवस्थापन स्वत हुनेरहेछ', घलेले सुनाए । पहिलो चरणको राहतका लागि १० करोडको कोषमा उनी र श्रीमती जमुनाले एक एक करोड रुपैयाँ सुरुमै हालेका थिए । अहिले त्यो कोषमा १५ करोड रुपैयाँ जम्मा भएको छ । एनआरएनले त्यही कोषबाट ११ जिल्लाका १४ हजारभन्दा बढीलाई राहत बाँडेको छ । 'विश्वभरिका नेपालीले एनआरएनप्रति देखाएको यो विश्वास हो', भन्छन्, 'हामीले यो पटक शून्य प्रशासनिक खर्चमा काम गरेका छौं । अब व्यवस्थापनको चिन्ता होला हामीलाई पैसाको खाँचो हुनेछैन ।'
राहातको दोस्रो चरणमा एनआरएनले ३५ करोड रुपैयाँको कोष बनाएर भूकम्प पीडितका लागि एक हजार घर निर्माण गर्दैछ । यो महत्वकांक्षी योजनाको फाइल बोकेर घले शनिबार दिउसो अष्ट्रेलिया उडेका छन् ।
'गहिरो नदीको माछाले पानी बाहिरको संसार थाहा नपाए जस्तो भएको छु', थाइ एयरवेजमा उडान गर्नुअघि उनले बालुवाटार स्थित निवासमा भने, 'त्यहाँ पुगेर फेरि एक पटक म राहत वितरण कर्मलाई फर्केर हेर्नेछु ।'
नदी तरिसकेपछि एउटा यात्रुले डिलमा बसेर संसार र नदीतर्फ हेरे जस्तैै ।