अपार्टमेन्ट हेरेपछि सरकारी रिपोर्ट: दुइटा बस्नै नमिल्ने, १९ मर्मतपछि मात्रै
२८ वैशाख २०७२
•
६ मिनेट पाठ
अपार्टमेन्ट हेरेपछि सरकारी रिपोर्ट: दुइटा बस्नै नमिल्ने, १९ मर्मतपछि मात्रै
काठमाडौं-विनाशकारी भूकम्पपछि सरकारले काठमाडौं उपत्यकामा रहेका आवासीय अपार्टमेन्टमा गरेको निरीक्षणबाट दुइटामा ‘बस्नै नमिल्ने' गरी क्षति पुगेको तथा १९ वटालाई मर्मत नगरी बस्न नमिल्ने निर्क्याेल गरेको छ।सहरी विकास तथा भवन निर्माण विभागको टोलीले राजधानीको धापासी–८ स्थित ‘पार्क भ्यु होराइजन अपार्टमेन्ट' र कुलेश्वरस्थित ‘कुलेश्वर अपार्टमेन्ट फेज टु' मा बस्नै नमिल्ने प्रारम्भिक प्रतिवेदन तयार गरेको हो। यी अपार्टमेन्टमा विभागले खतराको सूचक ‘रातो स्टिकर' टाँसेको छ। यी अपार्टमेन्टभित्र पस्नसमेत अनुपयुक्त रहेको टोलीले औंल्याएको छ।
प्रतिवेदनअनुसार यी दुई अपार्टमेन्टका पिलर र बिम ‘क्र्याक' छन्। अधिकांश भित्ता चर्किएका छन्। त्यस्ता भित्ता कुनै पनि बेला भत्कन सक्ने र भवनको समग्र ‘स्ट्रक्चर' मा क्षति पुर्या उन सक्ने टोलीले जनाएको छ।
त्यस्तै, लाजिम्पाटको लाजिम्पाट अपार्टमेन्ट, कुलेश्वरको कुलेश्वर अपार्टमेन्ट फेज वान, सनराइज अपार्टमेन्ट, कुलेश्वरकै मेट्रो अपार्टमेन्ट, ताहाचलको कलश अपार्टमेन्ट, धोबीघाटका मर्करी स्टर्लिङ र सनराइज टावर, सानेपाको इम्पेरियल कोर्ट, सुन्धाराको सिटिसी मल र बखुन्डोलको सिटी भ्यु अपार्टमेन्टले पहेँलो स्टिकर पाएका छन्। 
पहेँलो स्टिकर पाउनेमा सानो गौचरणको केएल अपार्टमेन्ट, धुम्बाराहीको ग्रान्डी, चन्डोलको प्रस्टिज अपार्टमेन्ट, टोखाको ग्रान्डी टावर, बालुवाटारको विनायक अपार्टमेन्ट, हात्तीवनका सिटी स्केप ए र सिटी स्केप बी तथा विशालनगरको सेन्ट्रल पार्क पनि छन्।
पहेँलो स्टिकर पाएका भवन र अपार्टमेन्ट व्यापक मर्मत नगरी बस्नयोग्य हुँदैनन्। यिनमा लामो समय भित्र पस्न पनि निषेध गरिएको छ। सामान निकाल्न केही बेर भने पस्न मिल्छ।
अहिलेसम्म निरीक्षण गरिएका मध्ये सातवटालाई मात्र सामान्य मर्मत गरी तत्काल बस्न मिल्ने भनी हरियो स्टिकर दिइएको छ। तिनमा भाटभटेनीको इन्द्रेणी अपार्टमेन्ट, लाजिम्पाटको कम्फर्ट हाउजिङ टिसिएच टावर, भाटभटेनी अपार्टमेन्ट, धुम्बाराही अपार्टमेन्ट तथा ठैबस्थित साउदर्न हाइट, टिसिएच फेज टु कम्फर्ट हाउजिङ र टिसिएच कम्युनिटी लिभिङ इन्डिभिजुअल हाउजिङ रहेको विभागको प्रतिवेदनमा उल्लेख छ। 
वैशाख १२ को ७.६ म्याग्निच्युडको भूकम्पपछि उपत्यकामा रहेका अपार्टमेन्टको अवस्था के छ, भित्र पस्न मिल्छ/मिल्दैन र बसोबास गर्न मिल्छ/मिल्दैन भनी क्षति निर्क्योल गर्न सरकारी टोलीले अनुगमन तथा निरीक्षण गरिरहेको छ। यस्ता अपार्टमेन्ट निरीक्षण गर्न विभागले काठमाडौं जिल्ला डिभिजन कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सागरकृष्ण जोशीको नेतृत्वमा ६ सदस्यीय इन्जिनियर टोली खटाएको छ। 
‘पार्क भ्यु होराइजन र कुलेश्वर अपार्टमेन्ट फेज टु दुइटैमा रातो स्टिकर टाँसेका छौं। दुवैमा भित्र पस्नै मिल्दैन, यसका भित्ता भत्केर झुन्डिएका छन्,' टोली नेता जोशीले सोमबार नागरिकसँग भने, ‘तिनमा बसोबास गरिरहेकाले सामान झिक्न जानुपर्योम भन्दै भित्र नजानुहोला, माथिबाट भित्ता खसेर ठूलो दुर्घटना हुनसक्छ।'
भूकम्पबाट ज्यान जोगाउन पार्क भ्यु होराइजनभित्रबाट भाग्ने क्रममा माथिबाट भित्ता खसेर लागेका एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एकजना गम्भीर घाइतेसमेत भएको त्यहीँ बसोबास गरिरहेकाले जानकारी दिएका छन्।
हालसम्म निर्माण स्वीकृति पाएका ७० अपार्टमेन्टमध्ये ३० वटामा मानिस बसोबास गरिरहेका छन्। तीमध्ये जोशीको टोलीले सोमबारसम्म २७ वटाको अनुगमन तथा निरीक्षण पूरा गरेको छ। टोलीले निरीक्षण गरेका अपार्टमेन्टमा रातो, पहेँलो र हरियो स्टिकर टाँसेको हो। टोलीले बुझाएको प्रारम्भिक प्रतिवेदनका आधारमा विस्तृत अध्ययन हुने पनि विभागले जनाएको छ।
विभागका अनुसार उपत्यकामा केही अपार्टमेन्ट निर्माणाधीन छन् भने केहीले निर्माण सुरु नै गरेका छैनन्। इन्जिनियर टोलीले १० तलाभन्दा अग्ला अपार्टमेन्ट नचर्किए पनि खतरापूर्ण हुनसक्ने भन्दै निरीक्षण गरिरहेको छ। ‘अब एक/दुई दिनमै सबै अपार्टमेन्ट अनुगमन र निरीक्षण पूरा गर्छौं,' जोशीले भने। 
उनका अनुसार हालसम्म गरिएको अनुगमन तथा निरीक्षणपछि अधिकांश अपार्टमेन्ट पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस