काठमाडौं- राष्ट्रिय योजना आयोगले पुनर्स्थापना, पुनर्निर्माण र नवनिर्माणमा कुल बजेटको ५० प्रतिशत छुट्ट्याउने गरी आगामी आर्थिक वर्षको नयाँ बजेट तथा कार्यक्रम तयार पार्न सबै मन्त्रालयलाई निर्देशन दिएको छ।भूकम्पबाट ठूलो जनधनको क्षति भएकाले र पुनर्स्थापना तथा पुनर्निर्माण पहिलो प्राथमिकतामा राखी पुरानो बजेट-कार्यक्रम परिवर्तन गर्न लागिएको हो। आयोगले यसअघि पूर्वाधार निर्माणलाई प्राथमिकता राख्दै ७ खर्ब ३५ अर्ब रुपैयाँको सीमा निर्धारण गरेर मन्त्रालयगत सिलिङ पठाइसकेको थियो।
हरेक मन्त्रालयलाई पुँजीगततर्फ पुनर्निर्माणमा छुट्ट्याइएको ५० प्रतिशतको १५ प्रतिशत अन्य निकायले गर्ने काम (क्रस कटिङ) मा सहयोगी हुने गरी विनियोजन गर्न आयोगले निर्देशन दिएको छ। बजेटको राष्ट्रिय सीमा कायमै राखेर प्राथमिकताका आधारमा लक्षित कार्यक्रम परिवर्तन तथा परिमार्जन गरी बजेट तयार पार्न निर्देशन दिइएको आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलले बताए।
'भूकम्पमा हजारौंको ज्यान गएको छ। हजारौं बेघरबार भए, सरकारले यसलाई पहिलो प्राथमिकता दिनुपर्छ,' उनले आइतबार नागरिकसँग भने, 'सबै मन्त्रालयले यसअघि पठाएको सिलिङभित्रै रहेर कार्यक्रम परिमार्जन गर्नुपर्नेछ। वैदेशिक सहयोग थपघट हुने देखिए सिलिङ पनि परिवर्तन हुन सक्छ।'
परिमार्जित बजेट तथा कार्यक्रम आगामी जेठ ५ गतेसम्म छलफल सकेर आफ्नो महाशाखासँग सम्बन्धित मन्त्रालयको छलफलको तालिका समेत समावेश गरेर मन्त्रालयहरुले आयोगमा बुझाउनुपर्नेछ। यसअघि सकिएको बजेट तथा कार्यक्रम बिर्सेर नयाँ तालिका बनाएर अर्थलगायत मन्त्रालयले नयाँ छलफलमा जोड दिनुपर्ने आयोग सदस्य चन्द्रमणि अधिकारीले बताए।
'विपत्तिमा राज्यले पुनर्निर्माण तथा पुनर्स्थापनामा जोड दिनुपर्ने हुँदा मन्त्रालयलाई अनावश्यक चालू खर्च बजेटमा नराख्न निर्देशन दिइएको छ,' उनले भने, 'नयाँ शिराबाट बजेटको छलफल भएको र नयाँ कार्यक्रममा समावेश गरिने चालु खर्च १५ प्रतिशत कटाएर तयार पार्न भनिएको छ।'
संसदले घोषणा गरेको संकल्प प्रस्ताव सम्बोधन गर्ने गरी बजेट तथा कार्यक्रम तयार पार्न पनि आयोगले सबै मन्त्रालयलाई लिखित निर्देशन दिएको छ। अधिकारीका अनुसार चालु आवमा खर्च हुन नसक्ने बजेट यकिन गरी र क्षेत्रगत शीर्षकको विवरणसमेत ७ दिनभित्र आयोग र अर्थ मन्त्रालयलाई जानकारी गराउनुपर्नेछ।
चालु आवमा पुँजीगत शीर्षकमा खर्च नहुने बजेट संकलन गरेर नयाँ बजेटमा समावेश गरी पुनर्निर्माणमा खर्च गर्ने सरकारको योजना छ। आयोग, अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयबीच सोमबारदेखि नयाँ बजेटबारे छलफल सुरु हुने आयोगले जानकारी दिएको छ।
पुनर्स्थापना, पुनर्निर्माण र नवनिर्माणका काममा सोझै सम्बन्ध राख्नेबाहेक हाल पहिलो प्राथमिकताका आयोजना दोस्रो र दोस्रोलाई तेस्रो प्राथमिकतामा राख्न पनि आयोगले मन्त्रालयलाई निर्देशन दिएको छ। तत्काल काम सुरु गर्न नसकिने राष्ट्रिय गौरवका आयोजनालाई उक्त सूचीमा राख्नेबारे पुनर्विचार गर्नुपर्ने अधिकारीले बताए।
सरकारले बजेट तथा कार्यक्रम परिमार्जन गरेपछि हाल सुस्त गतिमा काम भएका ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिमसेती जलविद्युत आयोजना, पूर्व–पश्चिम विद्युतीय रेलमार्गलगायत काम सुरु नभएका आयोजना ओझेलमा पर्ने सम्भावना देखिएको छ। उनका अनुसार तत्काल परिमाण नदेखिने आयोजना विगतमा राष्ट्रिय गौरवको सूचीमा राखिए पनि यो वर्ष हटाइनेछ।
वार्षिक कार्यक्रम तथा बजेटका विषयमा छलफल गर्दा मितव्ययिता अपनाउँदै सरकारले ढुवानी र निर्माणमा प्रयोग हुनेबाहेक २ पांग्रे र ४ पांग्रे कुनै पनि सवारी नकिन्ने निर्णय भएको छ। सरकारी कार्यलयमा फर्निचार किन्दा सोफासेट, कार्पेट, पर्दा किन्ने बजेट नराख्न निर्देशन दिइएको छ।
यसैगरी, परिमार्जित कार्यक्रममा सह–सचिवभन्दा माथिका पदाधिकारीले पाउँदै आएको सवारी इन्धन सुविधामा १५ प्रतिशत कटौती गर्ने र सरकारको संस्थागत प्रतिनिधित्व हुनेबाहेक सरकारको खर्चमा वैदेशिक भ्रमण गर्न रकम नराखिने भएको छ। तर, कर्मचारकिो तलब, पोसाक रासन, औषधीलगायत अत्यावश्यक वस्तुको बजेट भने कटौती हुनै छैन।
७ सय ३५ अर्ब रुपैयाँको बन्दोवस्त गर्न सरकारले पाँच सय १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ। वैदेशिक ऋण तथा अनुदान एक सय ४८ अर्ब आउने र ७५ अर्ब रुपैयाँ हाराहारी आन्तरिक ऋण उठाउने योजना तय भएको थियो। भूकम्पका कारण राजस्व संकलन र आन्तरिक ऋण प्राप्तिमा समस्या आउन सक्ने आयोगको अनुमान छ।
आयोगले आगामी वर्ष साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। राजनीतिक अस्थिरता रही रहे पनि ६ प्रतिशतको वृद्धिदर सजिलै हासिल गर्न सकिने आयोगको विश्लेषण थियो। तर, अब ४ देखि ५ प्रतिशतसम्म हासिल भए पनि त्यो उपलब्धिमूलक हुने आयोग अधिकारीको भनाइ छ।
चालु वर्षको ६ खर्ब १८ अर्ब रुपैयाँमध्ये ५ खर्ब ५८ अर्ब रुपैयाँ (करिब ८८ प्रतिशत) खर्च हुने आयोगको अनुमान छ। यो कुल विनियोजित बजेटभन्दा ८८ अर्ब रुपैयाँ कम हो। आयोगले कुल गार्हस्थ उत्पादन, मूल्यवृद्धि र हालसम्मको खर्चको आधारमा अर्को वर्षको आकार, आम्दानी र खर्च प्रक्षेपण गरेको थियो।
चालु वर्षको बजेटका लागि आएको वैदेशिक सहयोग खर्चको अहिलेसम्मको अवस्था सन्तोषजनक छैन। भूकम्पपीडितका लागि वैदेशिक निकायको सहयोग प्रतिबद्धता आइरहेकाले बजेटमा सहयोग घट्न पनि सक्ने अधिकारीको दाबी छ।