काठमाडौं-महाभूकम्पपछि उपत्यकाका आवासीय अपार्टमेन्टको अवस्था जाँच्न खटिएको सरकारी टोलीले काठमाडौं उपत्यकामा रहेका अपार्टमेन्टमा ‘तत्काल बस्न नहुने' प्रारम्भिक अनुमान गरेको छ।
सहरी विकास तथा भवन निर्माण विभागले महाभूकम्पपछि उपत्यकामा रहेका अपार्टमेन्टको अवस्था के छ, भित्र पस्न मिल्छ कि मिल्दैन, बसोबास गर्न मिल्छ कि मिल्दैन र कति क्षति पुगेको छ निर्क्योल गर्न पहिलो चरणको निरीक्षण गरेर केही अपार्टमेन्टमा तत्काल बस्न नहुने प्रारम्भिक अनुमान गरेको हो। क्षति पुगेका अपार्टमेन्टमा पुनः बसोबास गर्नुअघि व्यापक मर्मत गर्नुपर्ने विभागले जनाएको छ।यस्ता अपार्टमेन्ट निरीक्षण गर्न विभागले ६ सदस्यीय इन्जिनियर टोली खटाएको छ। विभागको काठमाडौं जिल्ला डिभिजन कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सागरकृष्ण जोशीको नेतृत्वमा खटेको टोलीले राजधानीको धापासीस्थित पार्क भ्यु होराइजन अपार्टमेन्टमा तत्कालका लागि भित्र जानै नहुने निष्कर्ष निकालेको छ।
वैशाख १२ मा गएको ७.६ म्याग्निच्युडको महाभूकम्पपछि उपत्यकामा रहेका अधिकांश अपार्टमेन्टमा क्षति पुगेको छ। भवन निर्माण विभागले सरकारी भवनहरूको मात्र निरीक्षण गर्ने भए पनि ‘संयुक्त आवास ऐन' का कारण यस्ता अपार्टमेन्ट पनि निरीक्षण गरिरहेको हो।
इन्जिनियर टोलीले एक सातायता १५ वटा अपार्टमेन्ट निरीक्षण गरेको छ। तर, कुनै पनि अपार्टमेन्टभित्र टोली पसेको छैन। ‘पार्क भ्यु होराइजनभित्र पस्नै मिल्दैन,' टोलीनेता जोशीले मंगलबार नागरिकसँग भने, ‘त्यसका भित्ता झुन्डिएका छन्, भित्र जाँदा माथिबाट खसेर दुर्घटना हुनसक्छ, त्यही भएर त्यहाँ बस्नु असाध्यै चुनौतीपूर्ण छ।'
टोलीले पार्क भ्युलाई रातो स्टिकर (खतरा) दिएको छ। ‘यसका भित्ता हटाएर मात्र भित्र पस्न मिल्छ,' जोशीले भने, ‘त्यसपछि यसमा बस्न मिल्छ वा मिल्दैन भन्ने विस्तृत अध्ययन गर्छौं। त्यतिन्जेलसम्म पार्क भ्युभित्र बस्न मात्र होइन छिर्न पनि मिल्दैन।'
उनका अनुसार पहिलो चरणमा बसोबास भइरहेका अपार्टमेन्ट निरीक्षण गरिएका छन्। हाल यस्ता अपार्टमेन्ट काठमाडौं उपत्यकामा २५ वटा छन्। तीमध्ये मंगलबारसम्म १५ वटाको प्रारम्भिक निरीक्षण भएको हो। हालसम्म उपत्यकामा ७० अपार्टमेन्टले निर्माण स्वीकृति पाएका छन्। त्यसमध्ये संयुक्त आवास ऐन बन्नुअघि निर्माण भएका ७ र त्यसपछिका १८ गरी २५ वटा पूर्ण सञ्चालनमा छन्।
केही अपार्टमेन्ट निर्माणाधीन छन् भने केहीले निर्माण सुरु नै नगरेको विभागले जनाएको छ। ‘दस तलेभन्दा अग्ला अपार्टमेन्ट नचर्किए पनि निरीक्षण गर्नुपर्छ,' जोशीले भने, ‘त्यस्ता अपार्टमेन्ट पनि खतरापूर्ण हुनसक्छन्।'
पहिलो चरणमा गरिएको निरीक्षणपछि अधिकांश अपार्टमेन्ट पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेको उनको भनाइ छ। ललितपुर हात्तीवनस्थित सिटीस्केच अपार्टमेन्ट र काठमाडौं धुम्बाराहीस्थित ग्रान्ड अपार्टमेन्ट पुनः सञ्चालनमा ल्याउनुअघि व्यापक मर्मत गर्नुपर्ने उनले बताए।
‘ती अपार्टमेन्टको संरचनामा कुनै समस्या नदेखिए पनि भित्ता चर्किएका छन् र तिनको मर्मत नगरी बस्नयोग्य हुँदैनन्,' उनले भने, ‘व्यापक मर्मतपछि मात्र ती अपार्टमेन्ट सुरक्षित हुनेछन्।' टोलीले दुवैलाई पहेँलो स्टिकर दिएको छ।
टोलीले निरीक्षण गरेका १५ मध्ये चारवटा अपार्टमेन्टलाई ‘बस्नयोग्य' भन्दै हरियो स्टिकर दिएको छ। यस्ता अपार्टमेन्टमा धापासीको ओरिएन्टल, लाजिम्पाटको इएसिएच, भाटभटेनीको इन्द्रेणी र भाटभटेनी अपार्टमेन्ट परेका छन्।
रातो स्टिकरले खतरा, पहेँलोले मर्मतपछि बस्न मिल्ने र हरियोले तुरन्तै बस्नयोग्य भन्ने संकेत गर्ने भए पनि निरीक्षण टोली नेता जोशीले सबै अपार्टमेन्टभित्रै पसेर विस्तृत अध्ययन नगरेसम्म यसै भन्न नसकिने बताए। अबको चार–पाँच दिनभित्र पहिलो चरणको निरीक्षण पूरा हुने उनले जानकारी दिए।
‘त्यसपछि हामी ती सबै अपार्टमेन्टभित्र छिर्छौं र भित्री अवस्थाबारे विस्तृतमा अध्ययन गर्छौं,' उनले भने, ‘त्यसपछि बल्ल अपार्टमेन्टहरू मर्मत गर्न मिल्छ कि मिल्दैन वा पूरै भत्काउनुपर्ने हो वा होइन भन्ने वास्तविक अवस्था स्पष्ट हुने छ।'
अपार्टमेन्टका भित्ता चर्किएको वा प्लास्टर उप्किएको मात्र छन् भने डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। इन्जिनियरिङ हिसाबमा पनि घर निर्माण गर्दा पहिलो पिलरसहितको ‘फ्रेम' मात्र बनाउनुपर्ने र ढलान गरेपछि मात्र ‘वाल' लगाउँदै जानुपर्ने उनले जानकारी दिए।
अधिकांश घर निर्माण गर्दा फ्रेमसँगै वाल पनि लगाउने गरिन्छ। त्यसो गर्दा त्यस्तो खालको वालले तीन तलाभन्दा माथि थाम्न नसक्ने उनले बताए। ‘घरको भित्ता चर्किनु साधारण हो,' उनले भने, ‘फ्रेम मात्र बनाउँदै लगरे पछि वाल थपेर घर बनाउँदा भुइँचालोबाट वाल भत्किए पनि घर भने सुरक्षित हुन्छ।'
सहरी विकास मन्त्रालयका पूर्वसचिव तथा भवन इन्जिनियर किशोर थापाका अनुुसार ‘पिलर सिस्टम' का घर ठाडो भए, पिलर, बिम र बरन्डा क्र्याक छैन भने त्यहाँ आरामसँग बस्न मिल्छ तर पिलर नभएका ‘वाल सिस्टम' का घरको भित्ता वारपार वा ठाडो तरिकाले पूर्ण रूपमा चर्किएको छ भने त्यस्ता घरमा बस्न मिल्दैन।
त्यसैगरी ठूला भूकम्प गएपछि घरको भित्र र बाहिरका प्लास्टर चर्किनु साधारण विषय भएको उनको भनाइ छ। अग्ला घरका भुइँतला वा पहिलो तलामा प्लास्टर चर्किए वा पेटी चर्किए वा छुट्टिँदैमा डराउनु नपर्ने पनि उनले सुझाएका छन्।
उनका अनुसार पिलर सिस्टमका घरमा कोठा छुट्ट्याउने भित्ताले छेकबारको काम मात्र गर्ने भएका कारण भूकम्पमा परेर चर्किँदैमा डराइहाल्नु पर्दैन र यो खतरापूर्ण पनि हुँदैन। लामो खालको ठाडो चिरा परेको छ र भित्ताको दुवैतिर चर्किएको छ भने त्यस वरपर मात्र असुरक्षा हुन्छ। भूकम्पपछि घरका ‰याल, ढोकाका चुकुल लागेन भने पनि डराउनु पर्दैन। सामान्य चर्केका घर मर्मत गरे पुग्ने तर आकार–प्रकार नै बदलिएका घर भने पुनर्निर्माण गर्नुपर्ने उनले सुझाव दिए।