झापा-पूर्वोत्तर भारतका नेपालीभाषीले भूकम्पपीडितका लागि पठाएको ठूलो परिमाणको राहत सामग्री झापाको काँकरभिट्टामा अलपत्र परेको छ। जिल्ला प्रशासनले भन्सार शुल्कको अड्को थापेर राहत भित्र्याउन अवरोध गरेपछि सामग्री थन्किएको हो।‘हामी त आपतमा परेका नेपाली दाजुभाइलाई सहयोग गरौं भनेर आएका थियौं', बिहीबार काँकरभिट्टाको मेची भन्सार कार्यालय परिसरमा भौंतारिरहेको अवस्थामा भेटिएका नाम्ची सिक्किमका नरबहादुर राई भन्दै थिए ‘तर, यहाँको सरकारको सिस्टम अर्कै रहेछ। अब फर्किनु कि जानु भइयो।'
उनको यो दोधार र छटपटीको कारण थियो, राहत सामग्रीमा लगाउन खोजिएको भारी भन्सार महसुल। सिक्किमका नेपालीभाषी भारतीयले घरघरबाट उठाएर काठमाडौं लैजान भनेर ल्याएको एक दर्जनभन्दा बढी गाडीमा रहेको राहत सामग्रीमा मेची भन्सार काँकरभिट्टाले भन्सार शुल्कको अवरोध लगायो। जसकारण सिक्किमबाट आएका मनकारीहरू दिनभरि काँकरभिट्टामा स्थानीय अगुवासँग गुहार माग्दै हिँडिरहे। तर, स्थानीय प्रशासनले ‘नियमबाहिर जान नमिल्ने' हठ देखाउँदा टाढाबाट आएका राहत सामग्री भन्सार परिसरमै थन्किएका छन्।
बिहीबार काँकरभिट्टा आइपुगेका भारत सिक्किमका स्थानीयले नेपालतिर राहत पठाउन खोज्दा मेची भन्सार कार्यालयले भन्सार महसुल नतिरी लैजान नपाइने बतायो। उनीहरूले आफैं राहत लिएर प्रभाव क्षेत्र जाने इच्छा गरेका थिए। ‘नेपालका जनता विपत्तिमा छन् भनेर हामीले सहयोग गरेका हौं', सिक्किमबाट राहत लिएर आइपुगेका सांगे शेर्पाले भने, ‘अब यसको पनि भन्सार तिर्नुपर्ने हो भने हामीले सामान फिर्ता लानुपर्छ, त्यत्रो पैसा हामीसँग छैन।'
पीडित परिवारका लागि कलकत्ताको एक संस्थाले ल्याएको ७ लाख रुपैयाँको राहत सामग्री भने बिहीबार ८० हजार रुपैयाँभन्दा बढी राजस्व तिरी काठमाडाँै लगिएको छ। भारत कलकत्तास्थित रामकृष्ण आश्रमले काठमाडौंका भूकम्पपीडित परिवारका लागि एक ट्रक खाद्य सामग्री पठाएको हो। त्यस क्रममा मेची भन्सार कार्यालयमा ८३ हजार ५ सय राजस्व बुझाइएको थियो।
राहतमा कलकत्ता आश्रमबाट काठमाडौं आश्रममार्फत सम्बन्धित पीडित परिवारलाई दिने गरी ल्याइएको ६ लाख ४० हजार रुपैयाँबराबरको पानी, चामल, दाल, खानेतेल, चिनी र औषधिलगायत सामग्री छन्।
त्यसै गरी सिक्किम नाम्चेका प्रवासी नेपाली मजदुरले दोलखाका भूकम्पपीडित परिवारका लागि १२ वटा जिपमा ल्याएको राहत सामग्री भन्सारमा अलपत्र परेको छ। प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलका अनुसार व्यक्ति वा संस्थाबाट आएका राहत सामग्री सरकारलाई बुझाए भन्सारमा राजस्व लाग्दैन। तर, आफैं संस्थामार्फत लान्छु र पीडित परिवारलाई बुझाउँछु भन्दा भन्सार तिर्नुपर्छ।